यशैया 20:1-6 NNRV2012 - Bible AI

1जुन साल अश्‍शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्‍च सेनापतिले अश्‍दोदमा आएर आक्रमण गरी त्‍यो कब्‍जा गरे,

2त्‍यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्‍नुभयो। उहाँले तिनलाई यसो भन्‍नुभयो, “जा, तेरो शरीरबाट भाङ्‌ग्रा उतार्‌ र तेरा खुट्टाबाट जुत्ता फुकाल्‌।” अनि तिनले त्‍यसै गरे, र तिनी नाङ्गै र खालि खुट्टा हिँड्‌न लागे।

3तब परमप्रभुले भन्‍नुभयो, “जसरी मेरो दास यशैया मिश्रदेश र कूश देशको निम्‍ति चिन्‍ह र शकून होस्‌ भनेर तीन वर्षसम्‍म नाङ्गो र खालि खुट्टा हिँड़्यो,

4त्‍यसरी नै अश्‍शूरका राजाले मिश्रदेशलाई शर्ममा पार्न मिश्रदेशका कैदीहरू र कूश देशबाट निकालिएका जवान र बूढ़ा दुवैलाई नाङ्गो र खालि खुट्टा तथा नाङ्गो चाक भई कैदी बनाएर लानेछन्‌।

5कूश देशमाथि भरोसा गर्नेहरू र मिश्रदेशमा घमण्‍ड गर्नेहरू डराउनेछन्‌ र लज्‍जित हुनेछन्‌।

6त्‍यस दिन समुद्रको यस किनारका बासिन्‍दाहरूले भन्‍नेछन्, ‘हेर, अश्‍शूरका राजाबाट बाँच्‍न जस-जसमाथि हामी भर परेका थियौं र जसकहाँ सहायताको निम्‍ति हामी भागेका थियौं, तिनीहरूकै हालत यस्‍तो भएको छ। तब हामी कसरी भाग्‍न सकौंला’?”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>