1
2
3
4
5परमेश्वर परमप्रभु यसो भन्नुहुन्छ— आकाश सृष्टि गरेर त्यो फैलाउनुहुने, अनि पृथ्वी र त्यसबाट उत्पन्न हुने सबैलाई फैलाउनुहुने, र त्यसमा भएका मानिसहरूलाई सास अनि त्यसमा हिँड्डुल गर्नेहरूलाई आत्मा दिनुहुने:
6“म, परमप्रभुले तिमीलाई मेरो धार्मिकताअनुसार बोलाएको छु। म तिम्रो हात समात्नेछु, र तिम्रो रक्षा गर्नेछु। तिमीलाई नै म जाति-जातिहरूका निम्ति करार र अन्यजातिहरूका निम्ति ज्योति बनाउनेछु,
7अन्धाहरूका आँखा खोल्नलाई, कैदीहरूलाई कारागारबाट र अन्धकारमा बस्नेहरूलाई कैदी राख्ने तहखानाबाट निकाल्नलाई।
8“म परमप्रभु हुँ, मेरो नाउँ त्यही हो! मेरो महिमा म अरूलाई दिनेछैनँ, अथवा मेरो प्रशंसा मूर्तिहरूलाई दिनेछैनँ।
9हेर, पहिलेका कुराहरू भइसके, र नयाँ कुराहरू म बताउँछु। ती हुनभन्दा अघि नै म तिनका विषयमा तिमीहरूलाई प्रकाशित गर्नेछु।
10परमप्रभुको निम्ति एउटा नयाँ भजन गाओ, उहाँको प्रशंसा पृथ्वीको पल्लो छेउदेखि गर, हे तिमी समुद्रमा यात्रा गर्ने र त्यसमा भएका सारा थोक हो, हे टापूहरू र तिनका सबै बासिन्दा हो!
11मरुभूमि र त्यसमा भएका नगरहरूले आ-आफ्ना सोर उचालून्। केदार बसेका बस्तीहरूसमेतले गाऊन्, सेलाका मानिसहरू आनन्दले गाऊन्। तिनीहरू पर्वतका टाकुराबाट कराऊन्।
12तिनीहरूले परमप्रभुलाई महिमा देऊन्, र टापूहरूमा उहाँका प्रशंसाको घोषणा गरून्।
13परमप्रभु शक्तिशाली पुरुषझैँ निस्कनुहुनेछ। एक जना योद्धालेझैँ उहाँले आफ्नो जोश देखाउनुहुनेछ। उहाँ कराउनुहुनेछ, र ठूलो सोरले युद्ध-ध्वनि उठाउनुहुनेछ। उहाँ आफ्ना शत्रुहरूमाथि विजयी हुनुहुनेछ।
14“धेरै समयसम्म म चूपचाप बसें। म शान्त बसें, र आफैलाई रोकिराखें। तर बच्चा पाउन लागेकी स्त्रीझैँ अब म कराउँछु, मलाई स्वाँ-स्वाँ हुन्छ र सास फेर्छु।
15म पहाड़ र डाँड़ाहरूलाई उजाड़ पार्नेछु, र तिनका सारा वनस्पतिलाई सुकाइदिनेछु। नदीहरूलाई म टापूमा परिवर्तन गरिदिनेछु, र दहहरूलाई सुकाइदिनेछु।
16म अन्धाहरूलाई तिनीहरूले नचिनेको बाटोमा डोर्याउनेछु। तिनीहरूले नजानेको बाटोमा म तिनीहरूलाई बाटो देखाउँदै लानेछु। म तिनीहरूका अगि अँध्यारोलाई उज्यालो र खाल्टाखुल्टी ठाउँलाई सम्म बनाउनेछु। यी कामहरू म गर्नेछु। म तिनीहरूलाई त्याग्नेछैनँ।
17तर देवताहरूमा भरोसा राख्नेहरू, र मूर्तिहरूलाई ‘तपाईंहरू नै हाम्रा ईश्वर हुनुहुन्छ’ भन्नेहरू ठूलो लाजमा पर्नेछन्।
18“हे बहिरा हो, सुन! हे अन्धा हो, हेर र देख!
19मेरो दासबाहेक अन्धो अरू को छ? अथवा मैले पठाउने समाचारवाहकजस्तो अरू को बहिरा छ? ममा समर्पित हुनेझैँ अन्धा को छ? परमप्रभुको दासजस्तो अन्धा को छ?
20तैंले धेरै कुराहरू देखेको छस्, तर ध्यान दिएको छैनस्। तेरा कान त खुल्लै छन्, तर तैंले केही सुन्दैनस्।
21आफ्नो धार्मिकताको खातिर आफ्नो व्यवस्थालाई महान् र महिमित पार्न परमप्रभुलाई खुशी लाग्यो।
22तर यो एउटा यस्तो जाति हो, जो ठगिएका र लुटिएका छन्। तिनीहरू सबै खाल्डामा जाकिएका छन् अथवा तिनीहरू झ्यालखानमा लुकाइएका छन्। तिनीहरू लुटिएका छन्, तिनीहरूलाई छुटाउने कोही छैन। तिनीहरू लूट बनाइएका छन्, र तिनीहरूलाई फर्काई पठाइदेओ भन्ने कोही छैन।
23तिमीहरूमध्ये को छ, जसले यस कुरालाई सुन्छ। वा आउने समयमा ध्यान दिन्छ?
24याकूबलाई लूट बन्न, र इस्राएललाई डाँकूहरूका वशमा पर्न कसले सुम्पिदियो? के परमप्रभुले होइन र, जसको विरुद्धमा हामीले पाप गरेका छौं? किनकि तिनीहरू उहाँको बाटोमा हिँड़ेनन्, तिनीहरूले उहाँको व्यवस्था पालन गरेनन्।
25यसैकारण उहाँले तिनीहरूमाथि आफ्नो बलिरहेको रीस र लड़ाइँको हिंसा पोखाउनुभयो। त्यसैले तिनीहरूका चारैतिर आगो सल्कियो, तापनि तिनीहरूले बुझेनन्। त्यसले तिनीहरूलाई भस्म पार्यो, तापनि तिनीहरूले त्यो कुरा मनमा राखेनन्।