1उज्जियाह राजा मरेको वर्षमा मैले परमप्रभुलाई अग्लो र उच्च सिंहासनमा विराजमान हुनुभएको देखें। उहाँको वस्त्रको छेउले मन्दिरै ढाकेको थियो।
2उहाँको मास्तिर सराफहरू
3अनि एउटाले अर्कालाई यसो भन्दै तिनीहरू पुकार्दैथिए:
4तिनीहरूका सोरले ढोकाहरू र जगहरू हल्लिए, र मन्दिर धूवाँले भरियो।
5मैले भनें, “धिक्कार! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, र मैले मेरा आँखाले सर्वशक्तिमान् परमप्रभु महाराजाधिराजलाई देखेको छु।”
6तब चिम्टाले वेदीबाट आगोको भुङ्ग्रो हातमा लिएर सराफहरूमध्ये एक जना मकहाँ उड़ेर आए।
7तिनले मेरो मुख त्यस भुङ्ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्चित भयो।”
8तब मैले परमप्रभुको यो आवाज सुनें, “म कसलाई पठाऊँ, र हाम्रा निम्ति को जाने?”
9उहाँले मलाई भन्नुभयो, “जाऊ गएर यी मानिसहरूलाई भन,
10
11तब मैले भनें “हे परमप्रभु कहिलेसम्म?” र उहाँले भन्नुभयो, “जबसम्म सहरहरू विनाश भएर बासिन्दाविनाका हुँदैनन्, र घरहरू निर्जन हुँदैनन्, र खेतहरूचाहिँ ध्वंस र नष्ट हुँदैनन्,
12जबसम्म परमप्रभुले हरेक मानिसलाई टाढ़ा पठाउनुहुन्न, र पूर्ण रूपमा देश परित्याग गरिँदैन।
13अनि यदि त्यस देशमा दशौँ भाग रह्यो भने त्यो फेरि पनि उजाड़ पारिनेछ। तर जसरी तारपीन र फलाँटका रूखहरू काटेर ढाले तापनि ठुटोचाहिँ रहिरहन्छन्, त्यसरी नै त्यस देशमा पवित्र बीउचाहिँ ठुटो हुनेछ।”