1
2
3
4तिनीहरूले पुराना भग्नावशेष पुनर्निर्माण गर्नेछन्। नष्ट भएका ठाउँहरू तिनीहरूले फेरि बनाउनेछन्, र पुस्तौँदेखि भग्नावशेष भएर रहेका सहरहरूलाई तिनीहरूले फेरि नयाँ बनाउनेछन्।
5परदेशीहरूले तेरा भेड़ाबाख्राहरूलाई चराउनेछन्, र विदेशीहरूले तेरा जमिन र दाखबारीमा काम गर्नेछन्।
6अनि तिमीहरू परमप्रभुका पूजाहारी भनिनेछौ, तिमीहरूलाई हाम्रा परमेश्वरका सेवक नाउँ दिइनेछ। तिमीहरूले जाति-जातिहरूका धन-सम्पत्ति खानेछौ, र उनीहरूकै धनमा तिमीहरूले गर्व गर्नेछौ।
7तिनीहरूका शर्मको सट्टा मेरा प्रजाले दोबर पाउनेछन्, र अनादरको सट्टा तिनीहरू आफ्ना उत्तराधिकारमा रमाउनेछन्। यसैकारण तिनीहरू आफ्नै देशका दोबर भागका हकदार हुनेछन्, र अनन्तको आनन्द तिनीहरूका निम्ति हुनेछ।
8“किनभने म, परमप्रभुचाहिँ, न्यायलाई प्रेम गर्दछु, डकैत र अधर्म मलाई घृणा लाग्छ। म आफ्नो विश्वसनीयतामा तिनीहरूलाई इनाम दिनेछु, र म तिनीहरूसित सदाको करार बाँध्नेछु।
9तिनीहरूका सन्तान जाति-जातिहरूका बीचमा र तिनीहरूका बालबच्चाहरू मानिसहरूका बीचमा चिनिनेछन्। तिनीहरूलाई देख्ने सबैले ‘ती परमप्रभुबाट आशिष् पाएका सन्तान हुन्’ भनी स्वीकार गर्नेछन्।”
10म परमप्रभुमा साह्रै आनन्दित हुन्छु। मेरो प्राणले मेरा परमेश्वरमा आनन्द मनाउँनेछ। किनकि उहाँले मलाई उद्धारको पोशाक लगाइदिनुभएको छ, र उहाँले मलाई धार्मिकताको वस्त्रले ढाक्नुभएको छ— जसरी दुलहाले आफ्नो शिर पूजाहारीले सिँगारेझैँ सिँगार्छन्, र दुलहीले आफैलाई रत्नहरूले आभूषित गर्छिन्।
11किनकि जसरी भूमिले आफ्नो बिरुवा उमार्छ, र जसरी बगैँचाले बीउहरू उमार्छ, त्यसरी नै परमप्रभु परमेश्वरले धार्मिकता र प्रशंसा सारा जातिहरूका सामुन्ने उत्पत्ति गर्नुहुनेछ।