1इस्राएलीहरूले यर्दन पारि पूर्वमा अर्नोन बेँसीदेखि हेर्मोन डाँड़ासम्म, र अराबाको पूर्वपट्टिको जम्मै क्षेत्र जितेर कब्जा गरेका देश, र तिनीहरूले मारेका ती देशका राजाहरू यी नै हुन्:
2हेश्बोनवासी एमोरीहरूका राजा सीहोन, जसले अर्नोन खोलाको छेउमा भएको अरोएरदेखि, बेँसीको माझदेखि आधा गिलाद र अम्मोनीहरूका सिमानाको यब्बोक नदीसम्मै,
3र पूर्वीय अराबा, किन्नरेत झीलदेखि
4अस्तारोत र एद्रईमा बस्ने रपाईहरूको बचेका बाशानका राजा ओग,
5जसले हेर्मोन डाँड़ा, सलका र सारा बाशानमा गशूरीहरू र माकातीहरूको सिमानासम्म र हेश्बोनका राजा सीहोनको सिमानासम्म र आधा गिलादमा राज्य गर्दथे।
6परमप्रभुका दास मोशा र इस्राएलीहरूले उनीहरूलाई जिते। परमप्रभुका दास मोशाले रूबेनीहरूलाई, गादीहरूलाई र मनश्शेको आधा कुललाई अधिकारको निम्ति त्यो दिएका थिए।
7पश्चिम यर्दन वारि लेबनानका बेँसीको बाल-गाददेखि सेइरको उकालोमा भएको हालाक डाँड़ासम्मको देशका जुन-जुन राजाहरूलाई यहोशू र इस्राएलीहरूले जितेका थिए, र यहोशूले जुन-जुन देश इस्राएलका कुललाई तिनीहरूका भाग-भागअनुसार अधिकारको निम्ति दिएका थिए, ती यी नै हुन्—
8पहाड़ी देश, तराई, अराबा, पहाड़, उजाड़-स्थान र नेगेव भनिने दक्षिण देश, अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू रहने देशहरू:
9यरीहोका राजा, एक, बेथेलका नजिकको ऐका राजा, एक,
10यरूशलेमका राजा, एक, हेब्रोनका राजा एक,
11यर्मूतका राजा, एक, लाकीशका राजा, एक,
12एग्लोनका राजा, एक, गेजेरका राजा, एक,
13दबीरका राजा, एक, गेदेरका राजा, एक,
14होर्माका राजा, एक, आरादका राजा, एक,
15लिब्नाका राजा, एक, अदुल्लामका राजा, एक,
16मक्केदाका राजा, एक, बेथेलका राजा, एक,
17तप्पूहका राजा, एक, हेपेरका राजा, एक,
18अपेकका राजा, एक, लश्शारोनका राजा, एक,
19मादोनका राजा, एक, हासोरका राजा, एक,
20शिम्रोन-मोरनका राजा, एक, अक्षापका राजा, एक,
21तानाकका राजा, एक, मगिद्दोका राजा, एक,
22कादेशका राजा, एक, कर्मेलको योक्नाम राजा, एक,
23डोरको डाँड़ाका राजा, एक, गिलगालको गयीमका राजा, एक,
24र तिर्साका राजा, एक, यी सबै गरेर एकतीस राजाहरू थिए।