1योसेफका सन्तानको भाग यही हो: त्यसको सिमाना यरीहोको पूर्वतिरका पानी, अर्थात् यरीहोका नजिकको यर्दनदेखि लिएर उकालो बाटो जाने उजाड़-स्थान भएर बेथेलको पहाड़ी देशसम्म पुगेको थियो।
2फेरि बेथेलदेखि लूजमा छिचलेर अरकीका सिमानाको अतारोतसम्मै पुगेको थियो।
3तब त्यो पश्चिमतिर ओर्लेर यल्पेतीको सिमाना भई तल्लो बेथ-होरोनको किनार भएर गेजेरसम्मै पुगेर समुद्रमा गएर टुङ्गिएको छ।
4यसरी मनश्शे र एफ्राइम, योसेफका दुई सन्तानले आफ्ना अधिकार लिए।
5एफ्राइमका सन्तानको सिमाना तिनीहरूका वंश-वंशअनुसार यही हो:
6समुद्रसम्म थियो। त्यो सिमाना उत्तरतिरको मिक्मतात भएर पूर्वतिर फर्केर तानत-शीलो पुगी यसको किनार-किनार भएर यानोहसम्म छिचलेको छ।
7अनि त्यो यानोहदेखि अतारोत र नारासम्म झरेर यरीहो पुगी यर्दनमा निस्केको थियो।
8त्यो सिमाना तप्पूहबाट पश्चिमतिर लागेर कनाको खोल्सासम्म झरी समुद्रमा टुङ्गिएको थियो। एफ्राइमका कुलको अधिकार तिनीहरूका वंश-वंशअनुसार यही हो।
9यसदेखि बाहेक, मनश्शेका सन्तानको अधिकारमध्येबाट एफ्राइमका सन्तानका निम्ति छुट्ट्याएर राखेका सबै सहरहरू र तिनका बस्तीहरूसमेत थिए।
10तर तिनीहरूले गेजेरमा रहेका कनानीहरूलाई धपाएनन्। आजको दिनसम्म कनानीहरू एफ्राइमीहरूका बीचमा रहेका छन्, तर उनीहरू बेगारीमा काम गर्ने दासहरू भएका छन्।