6येशूले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो, तर उहाँले तिनीहरूलाई भन्नुभएको कुरा तिनीहरूले बुझेनन्।
7यसकारण येशूले फेरि तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, भेड़ाहरूको ढोका मै हुँ।
8मभन्दा अघि आउने सबै चोर र डाँकूहरू हुन्, तर भेड़ाहरूले तिनीहरूका कुरा सुनेनन्।
9ढोका म नै हुँ, यदि कोही मानिस मबाट भित्र पस्यो भने त्यो बचाइनेछ, र भित्र-बाहिर आउने-जाने गर्नेछ, र खर्कमा चर्न पाउनेछ।
10“चोर त चोर्न, मार्न र नाश पार्न मात्र आउँछ। म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ।
11म असल गोठालो हुँ। असल गोठालाले आफ्ना भेड़ाहरूका निम्ति आफ्नो प्राण अर्पण गर्छ।
12भाडाको मान्छेचाहिँ भेड़ाहरूको आफ्नै गोठालोजस्तो होइन। त्यसले त ब्वाँसोलाई आएको देखेर भेड़ाहरूलाई छोडी त्यो भाग्छ, र ब्वाँसोले भेड़ाहरूलाई गाँजी लैजान्छ, र तितरबितर पारिदिन्छ।
13त्यो भाग्छ, किनभने त्यो भाडाको मान्छे हो, त्यसले भेड़ाको केही वास्ता गर्दैन।
14“म असल गोठालो हुँ, म आफ्ना भेड़ाहरूलाई चिन्छु, अनि मेरा भेड़ाहरूले मलाई चिन्छन्।
15जसरी पिताले मलाई चिन्नुहुन्छ, म पितालाई चिन्छु, अनि म भेड़ाहरूका लागि आफ्नो प्राण अर्पण दिन्छु।ⓛ
16“मेरा अरू भेड़ा छन्, जो यस गोठका होइनन्। तिनीहरूलाई पनि मैले ल्याउनुपरेको छ, र तिनीहरूले मेरो सोर सुन्नेछन्, र तिनीहरू एउटै बगाल हुनेछन्, र एउटै गोठालो हुनेछ।
17पिताले मलाई यसैकारण प्रेम गर्नुहुन्छ, किनकि म आफ्नो प्राण फेरि फिर्ता लिने हेतुले अर्पण गर्छु।
18कसैले मबाट मेरो प्राण लिन सक्दैन, तर म आफ्नै इच्छाले आफ्नो प्राण अर्पण गर्दछु। आफ्नो प्राण अर्पण गर्ने अधिकार मसित छ, अनि फेरि लिने अधिकार पनि मसित छ। यो आज्ञा मैले मेरा पिताबाट पाएको छु।”
19यी वचनका कारणले यहूदीहरूमा फेरि मतभेद भयो।
20तिनीहरूमध्ये धेरैले भन्दथिए, “यसलाई भूत लागेको छ, र यो बौलाएको छ। तिमीहरू यसको कुरा किन सुन्छौ?”
21अरूहरूले भन्दथिए, “भूत लागेको मानिसको कुरा यस्तो हुँदैन। के भूतले अन्धाका आँखा खोल्न सक्तछ र?”
22यरूशलेममा मन्दिर समर्पणको चाड थियो।
23यो हिउँदको समय थियो। येशू मन्दिरभित्र सोलोमनको दलानमा टहलिरहनुभएको थियो।
24यहूदीहरूले उहाँका चारैपट्टि भेला भएर सोधे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ? तपाईं ख्रीष्ट हुनुहुन्छ भने हामीलाई स्पष्ट भनिदिनुहोस्।”
25येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “मैले तिमीहरूलाई भनिसकेको छु, तर तिमीहरू विश्वास गर्दैनौ। मेरा पिताको नाउँमा जे काम म गर्दछु, तिनैले मेरो गवाही दिन्छन्।
27“मेरा भेड़ाहरूले मेरो सोर सुन्छन्, र तिनीहरूलाई म चिन्छु, र तिनीहरू मेरो पछि आउँछन्।
28तिनीहरूलाई म अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नष्ट हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोसी लैजानेछैन।
29मेरा पिताले ती मलाई दिनुभएको छ; उहाँ सबैभन्दा महान् हुनुहुन्छ। पिताको हातबाट कसैले तिनीहरूलाई खोसी लानेछैनन्।
30पिता र म एक हौं।”
31यहूदीहरूले उहाँलाई हानौं भनी फेरि ढुङ्गा उठाए।
32येशूले तिनीहरूलाई भन्नुभयो, “मैले तिमीहरूलाई मेरा पिताबाट धेरै असल काम देखाएँ, तीमध्ये कुन कामको निम्ति तिमीहरू मलाई ढुङ्गाले हान्न चाहन्छौ?”
33यहूदीहरूले उहाँलाई जवाफ दिए, “असल कामको लागि हामी तिमीलाई ढुङ्गाले हान्दैनौं, तर ईश्वर-निन्दा गरेको कारणले, किनकि तिमी मानिस भएर पनि आफैलाई परमेश्वर तुल्याउँछौ।” ⓜ
35यदि जसकहाँ परमेश्वरको वचन आयो, तिनीहरू देवहरू कहलाइन्छन् भने (धर्मशास्त्र भङ्ग हुन सक्दैन),
36पिताले पवित्र तुल्याएर संसारमा पठाउनुभएको व्यक्तिले ‘म परमेश्वरको पुत्र हुँ’ भन्दा कसरी ईश्वर-निन्दा हुन्छ?
37यदि मैले मेरा पिताका काम गरेको छैनँ भने ममाथि विश्वास नगर।
38तर यदि म पिताका काम गर्दछु र पनि तिमीहरू ममाथि विश्वास गर्दैनौ भने यी कामहरूमाथि विश्वास गर, र तिमीहरूले थाहा पाउन सक्नेछौ र बुझ्नेछौ, कि पिता ममा हुनुहुन्छ, र म पितामा छु।”
39तिनीहरूले फेरि उहाँलाई पक्रन खोजे, तर उहाँ तिनीहरूका हातबाट उम्कनुभयो।
40अनि उहाँ फेरि यर्दन पारि त्यस ठाउँमा जानुभयो, जहाँ यूहन्नाले पहिले बप्तिस्मा दिने गर्थे, र उहाँ त्यहीँ बस्नुभयो। ⓞ
41धेरै मानिसहरू उहाँकहाँ आउन लागे, र तिनीहरूले भने, “यूहन्नाले कुनै चिन्हहरू गरेनन्, तर यूहन्नाले यिनको विषयमा जे-जति भनेका थिए त्यो सत्य रहेछ।”