1निस्तार-चाड़को छ दिनअघि येशू बेथानियामा आउनुभयो। त्यहाँ लाजरस बस्थे, जसलाई येशूले मृतकबाट जीवित पार्नुभएको थियो।
2तिनीहरूले उहाँको निम्ति त्यहाँ बेलुकीको भोजन तयार गरे। मार्थाले सेवा-टहल गर्थिन्, अनि लाजरसचाहिँ उहाँसँगै खान बस्नेहरूमध्ये एक जना थिए।
3तब मरियमले आधा लिटर जति कीमती जटामसीको सुगन्धित अत्तर ल्याएर येशूका पाउमा मलिन्, अनि उहाँका पाउ आफ्ना केशले पुछिन्, र अत्तरको बास्नाले घर भरियो।
4तर उहाँका चेलाहरूमध्ये एक जना, अर्थात् उहाँलाई पक्राउन खोज्ने यहूदा इस्करियोतले भन्यो,
5“यो अत्तर तीन सय चाँदीका सिक्कामा बेचेर त्यो रकम गरीबहरूलाई दिए हुँदैनथ्यो?”
6तर त्यसले गरीबहरूको ख्याल राखेर यो भनेको थिएन, किनकि त्यो चोर थियो, र पैसाको थैलो त्यसैले राख्थ्यो, अनि त्यहाँबाट चोर्ने गर्थ्यो।
7येशूले भन्नुभयो,
8
9यहूदीहरूको एउटा ठूलो भीड़ले उहाँ त्यहाँ हुनुहुन्छ भन्ने थाहा पायो, र येशूको खातिरमा मात्र होइन, तर उहाँले मृतकबाट जीवित पार्नुभएको लाजरसलाई पनि हेर्न भनी तिनीहरू आएका थिए।
10यसैले मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने मतो गरे।
11किनभने तिनैले गर्दा यहूदीहरूमध्ये धेरै जना छुटिएर गई येशूमाथि विश्वास गर्न लागेका थिए।
12भोलिपल्ट चाड़मा आउने ठूलो भीड़ले येशू यरूशलेममा आउँदैहुनुहुन्छ भन्ने सुन्यो,
13र मानिसहरू खजूरका हाँगाहरू लिएर उहाँलाई स्वागत गर्न कराउँदै निस्के,
14अनि गधाको एउटा बछेड़ो भेट्टाएर येशू त्यसमाथि चढ्नुभयो, जस्तो लेखिएको छ,
15
16यी कुराहरू उहाँका चेलाहरूले पहिले बुझेनन्। तर येशूको महिमा भएपछि यी कुरा उहाँको विषयमा लेखिएका थिए, र यी काम उहाँको निम्ति तिनीहरूले गरेका हुन् भन्ने तिनीहरूले सम्झे।
17उहाँले लाजरसलाई चिहानबाट बोलाएर मृतकबाट जीवित पार्नुहुँदा उहाँका साथमा हुने भीड़का मानिसहरूले उहाँको गवाही दिई नै रहे।
18उहाँले यो चिन्ह गर्नुभएको थियो भनी सुनेका हुनाले पनि भीड उहाँलाई भेट्न गएको थियो।
19तब फरिसीहरूले एक-अर्कालाई भन्न लागे, “हेर, तिमीहरूबाट केही हुने होइन। देख्तछौ, संसारै त्यसको पछि लागिसक्यो!”
20चाड़मा आराधना गर्न जानेहरूमध्ये कोही-कोही ग्रीकहरू पनि थिए।
21तिनीहरू गालीलको बेथसेदा निवासी फिलिपकहाँ आएर यसो भनेर बिन्ती गरे, “हजूर, हामी येशूलाई भेट्न चाहन्छौ।”
22फिलिपले गएर अन्द्रियासलाई भने, र अन्द्रियास र फिलिप गएर येशूलाई भने।
23येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
24
25
26
27
28
29त्यहाँ खड़ा भएको भीड़ले यो सुनेर भन्यो, “यो मेघ गर्जन हो!” अरूहरूले भने, “स्वर्गदूत उनीसँग बोलेका हुन्!”
30येशूले जवाफ दिनुभयो,
31
32
33उहाँको मृत्यु कुन प्रकारले हुने हो, सो सङ्केत दिनलाई उहाँले यसो भन्नुभएको थियो।
34भीड़ले उहाँलाई सोध्यो, “ख्रीष्ट सदासर्वदा रहनुहुन्छ भन्ने व्यवस्थाबाट हामीले सुनेका छौं। तपाईं कसरी भन्न सक्नुहुन्छ, मानिसको पुत्र उचालिनैपर्छ? यो मानिसको पुत्रचाहिँ को हो?”
35येशूले तिनीहरूलाई भन्नुभयो,
36
37उहाँले तिनीहरूका सामुन्ने यतिका चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँमाथि विश्वास गरेनन्।
38यो आवश्यक थियो, कि यशैया अगमवक्ताको वचन पूरा होस्,
39यसकारण तिनीहरूले विश्वास गर्न सकेनन्, किनभने यशैयाले फेरि यसो भनेका छन्,
40
41यशैयाले यी कुरा भने, किनकि तिनले उहाँको महिमा देखे, र उहाँको विषयमा भने।
42तरै पनि शासकहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे, तर फरिसीहरूको डरले गर्दा, र तिनीहरूले सभाघरबाट निकालिदिन्छन् भन्ने डरले त्यो स्वीकार गरेनन्।
43किनभने परमेश्वरको प्रशंसाभन्दा मानिसको प्रशंसा तिनीहरू बढ़ी रुचाउँथे।
44येशूले उच्च स्वरले भन्नुभयो,
45
46
47
48
49
50