1यी कुरा भनिसकेर येशू आफ्ना चेलाहरूसँग किद्रोन खोल्सापारि जानुभयो। त्यहाँ एउटा बगैँचा थियो। येशू आफ्ना चेलाहरूसँग त्यहाँ प्रवेश गर्नुभयो।
2उहाँलाई पक्राइदिने यहूदाले पनि त्यो ठाउँ चिनेको थियो, किनभने येशू आफ्ना चेलाहरूसँग त्यहाँ धेरैजसो भेला हुनुहुन्थ्यो।
3तब बत्ती, राँको र हतियारहरू लिएका सिपाहीहरूको एक दल र मुख्य पूजाहारी र फरिसीहरूले पठाएका पहरेदारहरू लिएर यहूदा त्यहाँ आयो।
4तब आफूमाथि आइपर्ने सबै कुरा थाहा पाएर येशू अगि आउनुभयो, र तिनीहरूलाई भन्नुभयो,
5तिनीहरूले उहाँलाई भने, “नासरतका येशूलाई।”
6जब उहाँले तिनीहरूलाई
7फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो,
8येशूले जवाफ दिनुभयो,
9
10सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्य पूजाहारीको कमारालाई प्रहार गरे र त्यसको दाहिने कान च्वाट्टै काटिदिए। त्यस कमाराको नाउँ माल्खस थियो।
11येशूले पत्रुसलाई भन्नुभयो,
12त्यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।
13पहिले तिनीहरूले उहाँलाई हन्नासकहाँ लगे, जो त्यस सालका प्रधान पूजाहारी कैयाफाका ससुरा थिए।
14यी तिनै कैयाफा थिए, जसले ‘जनताको निम्ति एक जना मानिस मर्नमा नै कल्याण छ’ भनी यहूदीहरूलाई सल्लाह दिएका थिए।
15सिमोन पत्रुस र येशूका अर्का एक जना चेला येशूको पछि लागे। ती अर्काचाहिँ चेला प्रधान पूजाहारीका चिनारु थिए, र येशूसँगै प्रधान पूजाहारीको आँगनमा पसे।
16तर पत्रुस बाहिर ढोकामा उभिरहेका थिए। ती अर्काचाहिँ चेलाले, जो प्रधान पूजाहारीका चिनारु थिए, बाहिर निस्केर ढोकामा बस्ने ठिटीलाई भनेर पत्रुसलाई भित्र ल्याए।
17तब ढोकामा बस्ने त्यस ठिटीले पत्रुसलाई भनी, “के तिमी पनि यस मानिसका चेलाहरूमध्ये एक जना हौ?”
18त्यहाँ कमारा र पहरेदारहरू आगोको भुङ्ग्रो ताप्दै उभिरहेका थिए, किनभने जाडो थियो। अनि पत्रुस पनि तिनीहरूसँग उभिएर आगो ताप्न लागे।
19अब प्रधान पूजाहारीले येशूलाई उहाँका चेलाहरू र उहाँका शिक्षाका विषयमा सोधे।
20येशूले तिनलाई जवाफ दिनुभयो,
21
22येशूले यी कुरा भन्नुहुँदा नजिकमा उभिएका पहरेदारहरूमध्ये एक जनाले यसो भन्दै येशूलाई थप्पड़ लायो, “के प्रधान पूजाहारीलाई यसरी जवाफ दिन्छस्?”
23येशूले त्यसलाई भन्नुभयो,
24तब हन्नासले उहाँलाई बाधिँएकै अवस्थामा प्रधान पूजाहारी कैयाफाकहाँ पठाए।
25सिमोन पत्रुस उभिएर आगो ताप्दैथिए। तिनीहरूले तिनलाई भने, “के उनका चेलाहरूमध्ये एक जना तिमी पनि होइनौ?”
26प्रधान पूजाहारीका कमाराहरूमध्ये एक जना, जसका नातेदारको कान पत्रुसले काटेका थिए, त्यसले सोध्यो, “के मैले तिमीलाई तिनीसँग बगैँचामा देखिनँ र?”
27तब फेरि पत्रुसले इन्कार गरे। अनि तुरुन्तै भाले बास्यो।
28तब तिनीहरूले येशूलाई कैयाफाको घरबाट महलतिर लगे। त्यति बेला बिहानपख थियो। बिटुलिएर निस्तार-चाड़को भोज खान पाउँदैनौं भन्ने डरले तिनीहरू महलभित्र पसेनन्।
29यसकारण तिनीहरूकहाँ बाहिर निस्केर पिलातसले भने, “यस मानिसको विरुद्धमा तिमीहरू के अभियोग लाउँछौ?”
30तिनीहरूले उनलाई भने, “यदि यो मानिस अपराधी नभए हामी यसलाई तपाईंकहाँ सुम्पनेथिएनौं।”
31पिलातसले तिनीहरूलाई भने, “तिमीहरू यिनलाई लैजाओ, र तिमीहरूको आफ्नै व्यवस्थाबमोजिम यिनको इन्साफ गर।”
32उहाँको मृत्यु कुन रीतिले हुनेछ त्यसको सङ्केत दिएर उहाँले भन्नुभएको वचन पूर्ण होस् भनेर यसो भएको थियो।
33पिलातस फेरि महलभित्र पसे, र उनले येशूलाई बोलाएर भने, “के तिमी यहूदीहरूका राजा हौ?”
34येशूले जवाफ दिनुभयो,
35पिलातसले जवाफ दिए, “के म यहूदी हुँ र? तिम्रै जाति र मुख्य पूजाहारीहरूले तिमीलाई मेरो हातमा सुम्पिदिए। तिमीले के गर्यौ?”
36येशूले जवाफ दिनुभयो,
37पिलातसले उहाँलाई सोधे, “के तिमी राजा नै हौ त?”
38पिलातसले उहाँलाई सोधे, “सत्य के हो?” यति भनेर उनी यहूदीहरूकहाँ बाहिर निस्केर गए, र तिनीहरूलाई भने, “म यिनमा केही दोष भेट्टाउँदिनँ।
39निस्तार-चाड़मा एक जनालाई मैले तिमीहरूका निम्ति छोडिदिने तिमीहरूको प्रथा छ। त के तिमीहरू चाहन्छौ, कि यहूदीहरूका राजालाई छोडिदिऊँ?”
40तर तिनीहरू फेरि यसो भन्दै कराए, “यसलाई होइन, तर बारब्बालाई।” बारब्बाचाहिँ डाँकू थियो।