1तब पिलातसले येशूलाई लगेर कोर्रा लाउन लाए।
2अनि सिपाहीहरूले काँढ़ाको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए, र उहाँलाई बैजनी रङ्गको वस्त्र पहिराइदिए,
3र उहाँको नजिक आएर भने, “प्रणाम, यहूदीहरूका राजा!” अनि तिनीहरूले उहाँलाई थप्पड़ लाए।
4फेरि बाहिर निस्केर पिलातसले तिनीहरूलाई भने, “हेर, म यिनलाई तिमीहरूकहाँ बाहिर ल्याइरहेछु, र तिमीहरूलाई जनाउन चाहन्छु, म यिनमा केही दोष पाउँदिनँ।”
5तब काँढ़ाको मुकुट र बैजनी रङ्गको वस्त्र पहिरिएका येशू बाहिर आउनुभयो, र पिलातसले तिनीहरूलाई भने, “हेर, यो मानिस!”
6जब मुख्य पूजाहारीहरू र पहरेदारहरूले उहाँलाई देखे, तिनीहरू यसो भन्दै चिच्च्याउन लागे, “त्यसलाई क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
7यहूदीहरूले उनलाई जवाफ दिए, “हाम्रो एउटा व्यवस्था छ, र त्यस व्यवस्थाअनुसार यो मर्नैपर्छ, किनकि यसले आफैलाई परमेश्वरको पुत्र तुल्याएको छ।”
8यो कुरो सुनेर पिलातस झन् डराए।
9उनी फेरि महलभित्र पसे र येशूलाई सोधे, “तिमी कहाँका हौ?” तर येशूले उनलाई केही जवाफ दिनुभएन।
10यसकारण पिलातसले उहाँलाई भने, “के तिमी मसँग बोल्दैनौ? तिमीलाई छोडिदिने अधिकार मसँग छ, र तिमीलाई क्रूसमा टाँग्ने अधिकार पनि मसँग छ भन्ने तिमीलाई थाहा छैन?”
11येशूले जवाफ दिनुभयो,
12त्यसपछि पिलातसले उहाँलाई छोडिदिन बढ़ी प्रयत्न गरे। तर यहूदीहरू यसो भन्दै कराए, “यदि तपाईंले यस मानिसलाई छोडिदिनुभयो भने तपाईं कैसरका मित्र हुनुहुन्न। आफैलाई राजा हुँ भनी दाबी गर्ने प्रत्येक कैसरको विरुद्धमा खड़ा हुन्छ।”
13पिलातसले यी कुरा सुनेर येशूलाई बाहिर ल्याए, र उनी “ढुङ्गाका पाटी” भनिने ठाउँमा (जसलाई हिब्रूमा गब्बथा भनिन्छ) न्याय आसनमा बसे।
14त्यस समय निस्तार-चाड़का तयारीको दिन थियो। दिउँसोको करीब बाह्र बजेको थियो। पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा!”
15तर तिनीहरू यसो भन्दै चिच्च्याए, “लैजानुहोस्, लैजानुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्!”
16तब उनले उहाँलाई क्रूसमा टाँग्न तिनीहरूका हातमा सुम्पिदिए। यसकारण सिपाहीहरूले येशूलाई जिम्मा लिए।
17उहाँ आफ्नो क्रूस आफै बोकेर खप्परे भनिने ठाउँमा जानुभयो, जसलाई हिब्रूमा गलगथा भनिन्छ।
18त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे र उहाँसँग अरू दुई जनालाई टाँगे, एक जनालाई एकापट्टि र अर्कालाई अर्कोपट्टि, अनि माझमा येशूलाई।
19पिलातसले एउटा दोष-पत्र पनि लेखे, अनि क्रूसमाथि टाँसिदिए। त्यसमा यही लेखिएको थियो, “नासरतका येशू, यहूदीहरूको राजा।”
20अब धेरै यहूदीहरूले यो दोष-पत्र पढ़े, किनभने येशू क्रूसमा टाँगिनुभएको ठाउँ सहरको नजिकै थियो। यो हिब्रू, ल्याटिन र ग्रीक भाषामा लेखिएको थियो।
21यहूदीहरूका मुख्य पूजाहारीहरूले पिलातसलाई भने, “‘यहूदीहरूका राजा’ भन्ने होइन, तर ‘यसले म यहूदीहरूका राजा हुँ भन्यो’ भनी लेख्नुहोस्।”
22पिलातसले जवाफ दिए, “मैले जे लेखें, लेखें।”
23जब सिपाहीहरूले येशूलाई क्रूसमा टाँगे, तब तिनीहरूले उहाँका वस्त्र लिएर प्रत्येक सिपाहीलाई एक-एक भाग हुने गरी चार भाग गरे। उहाँको बाहिरी वस्त्र पनि लिए, तर त्यो वस्त्रचाहिँ सिउनी नभएको माथिदेखि तलसम्मै बुनेको सग्लो थियो।
24यसकारण तिनीहरूले आपसमा भने, “योचाहिँ नच्यातौं, तर यो कसको हुने हो भनी चिट्ठा हालौं।” धर्मशास्त्र पूरा होस् भनेर नै यो भएको थियो:
25यसकारण सिपाहीहरूले यो काम गरे।
26जब येशूले आफ्नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्नुभयो, तब उहाँले आफ्नी आमालाई भन्नुभयो,
27तब त्यस चेलालाई पनि उहाँले भन्नुभयो,
28यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्त्र पूरो होस् भनी भन्नुभयो,
29त्यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्पञ्ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्याइदिए।
30जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्नुभयो,
31त्यो दिन तयारीको दिन थियो। यसकारण यहूदीहरूले शबाथमा (विशेष गरी यस शबाथमा, जुनचाहिँ महत्त्वपूर्ण थियो) मृत शरीरहरू क्रूसमा नरहून् भनी पिलातसलाई बिन्ती गरे, र तिनीहरूका खुट्टा भाँचेर तिनीहरूका शरीर लगिऊन् भनी माग गरे।
32तब सिपाहीहरू आएर उहाँसँग क्रूसमा टाँगिएकाहरूका खुट्टा भाँचे, पहिले एक जनाको, त्यसपछि अर्कोको।
33जब तिनीहरू येशूकहाँ आए तिनीहरूले देखे, कि उहाँको मृत्यु अघि नै भइसकेको रहेछ, र उहाँका खुट्टा भाँचेनन्।
34तर सिपाहीहरूमध्ये एक जनाले उहाँको कोखामा भालाले घोच्यो, र तुरुन्तै रगत र पानी निस्क्यो।
35तिमीहरू पनि विश्वास गर्न सक भनी यो देख्नेले गवाही दिएको हो र उसको गवाही साँचो छ, र साँचो बोल्दछु भनी ऊ जान्दछ।
36“उहाँको कुनै पनि हड्डी भाँचिनेछैन” भन्ने धर्मशास्त्रको वचन पूरा होस् भनेर यी कुरा हुन आए।
37अनि फेरि अर्को ठाउँमा धर्मशास्त्र भन्छ, “जसलाई तिनीहरूले घोचेका छन्, तिनीहरूले उहाँलाई हेर्नेछन्।”
38त्यसपछि अरिमाथियाको योसेफ, जो यहूदीहरूको डरले गर्दा गुप्तमा मात्र येशूका चेला थिए, तिनले पिलातसलाई येशूको मृत शरीर लैजान पाऊँ भनी बिन्ती गरे। पिलातसले अनुमति दिए। तब तिनले आएर उहाँको मृत शरीर लगे।
39अनि अघि उहाँकहाँ राती आउने निकोदेमस पनि प्राय: तेत्तीस किलो मूर्र र एलवा मिश्रित द्रव्य लिएर त्यहाँ आए।
40यसरी तिनीहरूले येशूको शरीर यहूदीहरूको दफन-कार्यको रीतिअनुसार सुगन्धित द्रव्यसँग सूती कपड़ामा बाँधे।
41उहाँ क्रूसमा टाँगिनुभएको ठाउँमा एउटा बगैँचा थियो। त्यस बगैँचामा कहिल्यै कोही नराखिएको एउटा नयाँ चिहान थियो।
42किनकि यहूदीहरूका तयारीको दिन थियो, अनि त्यो चिहान पनि नजिकै थियो, र तिनीहरूले येशूलाई त्यही चिहानमा राखे।