1तेस्रो दिन गालीलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्।
2येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए।
3दाखमद्य सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, “तिनीहरूसित दाखमद्य छैन।”
4येशूले तिनलाई भन्नुभयो,
5उहाँकी आमाले चाकरहरूलाई भनिन्, “उहाँले भन्नुभएबमोजिम तिमीहरूले गर।”
6अब यहूदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय: एक सय लिटर अटाउने ढुङ्गाका छ वटा घ्याम्पाहरू राखिएका थिए।
7येशूले तिनीहरूलाई भन्नुभयो,
8उहाँले तिनीहरूलाई भन्नुभयो,
9भोजका मुखियाले त्यो पानी चाखे, जो अब दाखमद्यमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पानी भर्ने चाकरहरूलाई भने थाहा थियो।
10“हरेक मानिसले पहिले असल दाखमद्य टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाखमद्य राखिदिन्छ। तिमीले त असल दाखमद्य अहिलेसम्म राखिछोड़ेछौ।”
11उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालीलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
12त्यसपछि उहाँ आफ्ना आमा, भाइहरू र चेलाहरूसँग कफर्नहुममा जानुभयो, र केही दिन त्यहाँ बस्नुभयो।
13यहूदीहरूको निस्तार-चाड नजिकै थियो, र येशू यरूशलेममा जानुभयो।
14उहाँले मन्दिरमा गोरु, भेड़ा र ढुकुर बेच्नेहरू र पैसा साट्नेहरूले किनबेच गरिरहेका भेट्टाउनुभयो।
15तब डोरीको एउटा कोर्रा बनाएर उहाँले मन्दिरबाट ती सबैलाई, तिनका भेड़ाहरू र गोरुहरूलाई समेत मन्दिरबाट बाहिर लघार्नुभयो, र पैसा साट्नेहरूको रेचकी घोप्ट्याएर तिनीहरूका टेबिल पल्टाइदिनुभयो।
16ढुकुर बेच्नेहरूलाई उहाँले भन्नुभयो,
17उहाँका चेलाहरूलाई धर्मशास्त्रमा लेखिएको यो कुरा याद भयो, “तपाईंका भवनको जोशले मलाई जलाउनेछ।”
18यहूदीहरूले उहाँलाई भने, “तपाईं यी काम गर्नुहुन्छ, त यिनका निम्ति हामीलाई के चिन्ह देखाउनुहुन्छ?”
19येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
20तब यहूदीहरूले भने, “यस मन्दिरलाई निर्माण गर्न छयालीस वर्ष लाग्यो, र के तपाईं यसलाई तीन दिनमा खड़ा गर्न सक्नुहुन्छ र?”
21तर जुन मन्दिरको विषयमा उहाँ बोल्नुभएको थियो, त्यो उहाँको शरीर थियो।
22जब उहाँ मृतकबाट उठाइनुभयो, तब येशूले भन्नुभएको यो कुरा चेलाहरूलाई स्मरण भयो, र तिनीहरूले धर्मशास्त्रमाथि र येशूले बोल्नुभएको वचनमाथि विश्वास गरे।
23जब उहाँ निस्तार-चाड़का भोजको बेला यरूशलेममा हुनुहुन्थ्यो, तब उहाँले गर्नुभएका चिन्हहरू देखेर धेरैले उहाँको नाउँमा विश्वास गरे।
24तर येशूले आफैलाई तिनीहरूका भरमा छोड्नुभएन,
25किनकि मानिस के हो भनी उहाँ जान्नुहुन्थ्यो। उहाँलाई मानिसको विषयमा कसैले सिकाउनु आवश्यक थिएन, किनकि मानिसको हृदयमा के हुन्छ, सो उहाँ स्वयम् जान्नुहुन्थ्यो।