1हप्ताको पहिलो दिन बिहान अँध्यारो छँदै मरियम मग्दलिनी चिहानमा आइन्, र तिनले ढुङ्गा चिहानबाट हटाइएको देखिन्।
2तिनी सिमोन पत्रुस र येशूले माया गर्नुहुने अर्को चेलाकहाँ दगुरेर गइन्, र तिनीहरूलाई भनिन्, “तिनीहरूले प्रभुलाई चिहानबाट बाहिर लगेछन्, र उहाँलाई कहाँ राखेका छन्, सो हामी जान्दैनौं।”
3तब पत्रुस र अर्को चेला बाहिर निस्केर चिहानतिर गए।
4ती दुवै सँगसँगै दगुरे, तर अर्को चेला पत्रुसलाई उछिनेर चिहानमा अगाडि आइपुग्यो।
5चिहानभित्र निहुरेर हेर्दा, तिनले अघि बेह्रेका सूती कपड़ाहरू मात्र पड़िरहेका देखे, तर तिनी भित्र पसेनन्।
6सिमोन पत्रुस त्यसको पछिपछि आए, र चिहानभित्र पसे, अनि तिनले पनि मलमलका बेह्रने कपड़ाहरू मात्र त्यसै पड़िरहेका देखे।
7उहाँको शिरमा बाँधिएको रूमालचाहिँ मलमलका कपड़ाहरूसँग थिएन, तर अलग्गै एक ठाउँमा पट्याएर राखिएको थियो।
8तब चिहानमा पहिले आइपुग्ने अर्को चेला पनि भित्र पसे, र त्यो देखेर तिनले विश्वास गरे।
9किनभने तिनीहरूले उहाँ मृतकबाट जीवित भई उठ्नुपर्छ भन्ने धर्मशास्त्रको वचन अहिलेसम्म बुझेका थिएनन्।
10त्यसपछि ती चेलाहरू आफ्ना घर फर्के।
11तर मरियम चिहान बाहिर रुँदै उभिरहेकी थिइन्। तिनले रुँदै चिहानतिर निहुरेर हेरिन्,
12र जहाँ येशूको मृत शरीर राखिएको थियो, त्यहाँ सेता वस्त्र लाएका दुई स्वर्गदूतहरूलाई, एक जना शिरतिर र अर्का पाउतिर बसिरहेका तिनले देखिन्।
13उनीहरूले तिनलाई भने, “नारी, किन रुन्छ्यौ?”
14यी कुरा भनेर तिनी पछिल्तिर फर्किन्, र तिनले येशूलाई उभिरहनुभएको देखिन्, तर येशू नै हुनुहुन्छ भनी चिनिनन्।
15येशूले तिनलाई भन्नुभयो,
16येशूले तिनलाई भन्नुभयो,
17येशूले तिनलाई भन्नुभयो,
18मरियम मग्दलिनी गइन्, र चेलाहरूलाई सुनाइन्, “मैले प्रभुलाई देखें।” अनि उहाँले भन्नुभएका कुरा तिनीहरूलाई तिनले भनिदिइन्।
19त्यही दिन, अर्थात् हप्ताको पहिलो दिनको साँझ, जब यहूदीहरूको डरले चेलाहरू ढोकाहरू बन्द गरेर भित्र बसेका थिए, येशू आएर तिनीहरूका माझमा उभिनुभयो, र तिनीहरूलाई भन्नुभयो,
20यति भनेर उहाँले तिनीहरूलाई आफ्ना हात र कोखा पनि देखाउनुभयो। प्रभुलाई देखेर चेलाहरू अति खुसी भए।
21तब येशूले फेरि तिनीहरूलाई भन्नुभयो,
22अनि यति भनेर उहाँले तिनीहरूमाथि श्वास फुकेर भन्नुभयो,
23
24येशू आउनुहुँदा बाह्र जनामध्ये एक जना, दिदुमस भन्ने थोमाचाहिँ, तिनीहरूसँग थिएनन्।
25यसकारण अरू चेलाहरूले तिनलाई भने, “हामीले प्रभुलाई देख्यौं।”
26आठ दिनपछि उहाँका चेलाहरू फेरि घरभित्रै थिए। थोमा पनि तिनीहरूसँग थिए। ढोकाहरू बन्द थिए, तर येशू भित्र प्रवेश गर्नुभयो, र माझमा उभिएर भन्नुभयो,
27तब उहाँले थोमालाई भन्नुभयो,
28थोमाले उहाँलाई भने, “मेरा प्रभु, र मेरा परमेश्वर!”
29येशूले तिनलाई भन्नुभयो,
30येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो, जुनचाहिँ यस पुस्तकमा लेखिएका छैनन्।
31तर यी लेखिएका छन्, कि तिमीहरूले येशू परमेश्वरका पुत्र, ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर, र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्।