1त्यसपछि चेलाहरूकहाँ तिबेरियास समुद्रको छेउमा येशूले फेरि आफूलाई प्रकट गर्नुभयो। उहाँले आफूलाई यसरी प्रकट गर्नुभयो:
2सिमोन पत्रुस, दिदुमस भन्ने थोमा, गालीलका काना नगरका नथानेल, जब्दियाका दुई छोराहरू र उहाँका चेलाहरूमध्ये अरू दुई जना एकसाथ थिए।
3सिमोन पत्रुसले तिनीहरूलाई भने, “म माछा मार्न जाँदैछु।” तिनीहरूले उनलाई भने, “हामी पनि तिमीसँग आउँछौं।” तिनीहरू गएर डुङ्गामा चढ़े, तर त्यो रात तिनीहरूले केही पक्रेनन्।
4बिहान हुन लागेको थियो, येशू किनारमा खड़ा हुनुभयो। तर चेलाहरूले उहाँ येशू नै हुनुहुन्छ भनी चिनेनन्।
5येशूले तिनीहरूलाई भन्नुभयो,
6उहाँले तिनीहरूलाई भन्नुभयो,
7येशूले प्रेम गर्नुहुने चेलाले पत्रुसलाई भने, “उहाँ प्रभु पो हुनुहुँदोरहेछ।” “उहाँ प्रभु हुनुहुँदोरहेछ” भन्ने सुनेर सिमोन पत्रुसले आफ्नो बाहिरी वस्त्र कम्मरमा लपेटे, किनभने तिनले वस्त्र खोलेका थिए, र समुद्रमा हामफाले।
8अरू चेलाहरू डुङ्गामै बसी जाल तान्दै आए। तिनीहरू किनारदेखि टाढ़ा होइन, तर प्राय: सय मिटर जतिमा थिए।
9जब तिनीहरू किनारमा उत्रे, तब तिनीहरूले कोइलाको भुङ्ग्रोमा माछा राखिएका र रोटी देखे।
10येशूले तिनीहरूलाई भन्नुभयो,
11तब सिमोन पत्रुसले डुङ्गामा चढ़ेर एक सय त्रिपन्न वटा ठूला-ठूला माछाले भरिएको जाल पाखामा तानी ल्याए, तर यति धेरै भए तापनि जाल फाटेन।
12येशूले तिनीहरूलाई भन्नुभयो,
13येशू आउनुभयो र रोटी लिएर तिनीहरूलाई दिनुभयो, र त्यसै गरी माछा पनि दिनुभयो।
14मृतकबाट जीवित भइउठ्नुभएपछि येशू चेलाहरूकहाँ प्रकट हुनुभएको यो तेस्रो पल्ट थियो।
15जब तिनीहरूले खाइसके, तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो,
16उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो,
17उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो,
18
19कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन्, त्यसको सङ्केत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो,
20पत्रुसले पछि फर्केर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछिपछि आउँदैगरेका देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर, “प्रभु, तपाईंलाई पक्राइदिने को हो?” भनी सोधेका थिए।
21तिनलाई देखेर पत्रुसले येशूलाई भने, “प्रभु, यिनको चाहिँ के हुने?”
22येशूले पत्रुसलाई भन्नुभयो,
23यसैकारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर “म नआएसम्म तिनी पर्खिरहून् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के?” भन्नुभएको थियो।
24यी ती नै चेला हुन्, जसले यी कुराका विषयमा गवाही दिँदछन्, र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौं कि तिनको गवाही साँचो छ।
25येशूले अरू पनि धेरै काम गर्नुभयो। तीमध्ये प्रत्येकको बारेमा लेखिने हो भने, मलाई यस्तो लाग्छ, कि तिनका विषयमा लेखिएका पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्।