1यूहन्नाले भन्दा येशूले धेरै चेलाहरू बनाउँदैहुनुहुन्छ र बप्तिस्मा पनि दिँदैहुनुहुन्छ भन्ने फरिसीहरूले सुने।
2(वास्तवमा येशू आफैले त होइन, तर उहाँका चेलाहरूले बप्तिस्मा दिन्थे।)
3जब येशूले यो थाहा पाउनुभयो, उहाँ यहूदिया छोड़ेर फेरि गालीलमा फर्कनुभयो।
4उहाँलाई सामरिया भएर जानुपर्थ्यो।
5र उहाँ सामरियाको सुखार भनिने नगरमा आइपुग्नुभयो। यो नगरचाहिँ याकूबले आफ्ना छोरा योसेफलाई दिएका जमिनको नजिकै पर्थ्यो।
6त्यहाँ याकूबको इनार थियो। येशू यात्राले थाक्नुभएको हुनाले त्यस इनारको छेउमा बसिरहनुभएको थियो। प्राय: मध्यान्ह भएको थियो।
7एउटी सामरी स्त्री पानी भर्न त्यहाँ आई। येशूले त्यसलाई भन्नुभयो,
8उहाँका चेलाहरू सहरमा खानेकुरा किन्न गएका थिए।
9तब सामरी स्त्रीले उहाँलाई भनी, “तपाईं यहूदी भएर म सामरी स्त्रीको हातबाट कसरी पानी पिउनुहुन्छ?” (यहूदीहरूले सामरीहरूसँग केही सम्बन्ध राख्दैनन्।)
10येशूले त्यसलाई भन्नुभयो,
11त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईंसित उघाउने भाँड़ो छैन, र इनार पनि गहिरो छ। तब तपाईंले कहाँबाट त्यो जिउँदो पानी ल्याउनुहुन्छ?
12के तपाईं हाम्रा पुर्खा याकूबभन्दा ठूला हुनुहुन्छ? उनले हामीलाई यो इनार बनाइदिए, र उनी आफैले, उनका सन्तान र उनका गाईबस्तुले यही इनारको पानी पिए।”
13येशूले त्यसलाई भन्नुभयो,
14
15त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, मलाई त्यही पानी दिनुहोस्, र म तिर्खाउनेछैनँ, र यहाँ पानी भर्न आइरहनुपर्दैन”।
16येशूले त्यसलाई भन्नुभयो,
17त्यस स्त्रीले भनी, “मेरो पति छैन।”
18
19त्यस स्त्रीले उहाँलाई भनी, “हजूर, तपाईं अगमवक्ता हुनुहुन्छ भनी म थाहा पाउँछु।
20हाम्रा पुर्खाहरूले यस डाँड़ामा आराधना गरे, अनि तपाईंहरू भन्नुहुन्छ, कि आराधना गर्ने स्थान यरूशलेम हो।”
21येशूले तिनलाई भन्नुभयो,
22
23
24
25त्यस स्त्रीले उहाँलाई भनी, “म जान्दछु, कि मसीह आउनुहुन्छ (जसलाई ख्रीष्ट भनिन्छ), र जब उहाँ आउनुहुन्छ, तब उहाँले नै हामीलाई सबै कुरा बताउनुहुनेछ।”
26येशूले तिनलाई भन्नुभयो,
27त्यति नै बेला उहाँका चेलाहरू आए, र उहाँलाई एउटी स्त्रीसँग कुरा गरिरहनुभएको देखेर छक्क परे, तर “तपाईं के चाहनुहुन्छ?” अथवा “तपाईं त्यस स्त्रीसँग किन बातचीत गर्दैहुनुहुन्छ?” भनेर कसैले सोधेनन्।
28तब त्यो स्त्री आफ्नो गाग्रो छोड़ेर नगरतिर गई, र मानिसहरूलाई भनी,
29“आओ, एक जना मानिसलाई हेर, जसले मैले गरेका सबै काम मलाई बताइदिनुभयो। कतै उहाँ नै ख्रीष्ट त हुनुहुन्न?”
30तब तिनीहरू नगरबाट निस्केर उहाँकहाँ गए।
31यसै बीचमा चेलाहरूले उहाँलाई यसो भनेर बिन्ती गरे, “रब्बी, भोजन गर्नुहोस्।”
32तर उहाँले तिनीहरूलाई भन्नुभयो,
33यसकारण चेलाहरूले आपसमा भने, “के कसैले उहाँलाई भोजन ल्याइदियो कि कसो?”
34येशूले तिनीहरूलाई भन्नुभयो,
35
36
37
38
39“मैले जे गरें उहाँले मलाई सबै भनिदिनुभयो” भन्ने त्यस स्त्रीको गवाहीले गर्दा त्यस नगरका सामरीहरूमध्ये धेरैले उहाँमाथि विश्वास गरे।
40यसकारण जब सामरीहरू उहाँकहाँ आए, तब तिनीहरूले उहाँलाई तिनीहरूसँग बस्न बिन्ती गरे, र उहाँ दुई दिन त्यहाँ बस्नुभयो।
41अनि उहाँका वचनको कारण अरू धेरैले उहाँमाथि विश्वास गरे।
42त्यस स्त्रीलाई तिनीहरूले भने, “अब तिमीले भनेका कुराले गर्दा हामीले विश्वास गरेका होइनौं, तर हामी आफैले सुनेका कारणले साँच्चै उहाँ संसारका मुक्तिदाता हुनुहुन्छ भनी हामीले जानेका छौं।”
43दुई दिनपछि त्यहाँबाट निस्केर उहाँ गालीलमा जानुभयो।
44(येशू आफैले गवाही दिनुभयो, कि आफ्नो निज देशमा कुनै अगमवक्ताको आदर हुँदैन।)
45जब उहाँ गालीलमा आउनुभयो, तब उहाँले यरूशलेममा चाड़को बेलामा जे गर्नुभएको थियो ती सब काम देखेका हुनाले गालीलीहरूले उहाँलाई स्वागत गरे, किनभने तिनीहरू पनि चाड़मा गएका थिए।
46त्यसपछि उहाँ फेरि गालीलको काना नगरमा आउनुभयो, जहाँ उहाँले पानीलाई दाखमद्य बनाउनुभएको थियो। कफर्नहुममा एक जना उच्च अधिकारी थिए, जसको छोरो बिरामी थियो।
47येशू यहूदियाबाट गालीलमा आउनुभएको छ भन्ने सुनेर तिनी उहाँकहाँ गए, अनि तिनको छोरालाई आएर निको पारिदिन भनी उहाँलाई बिन्ती गरे, किनकि तिनको छोरो मर्नै आँटेको थियो।
48येशूले तिनलाई भन्नुभयो,
49ती उच्च अधिकारीले उहाँलाई भने, “हजूर, मेरो छोरो मर्नुभन्दा अघि नै आइदिनुहोस्।”
50येशूले तिनलाई भन्नुभयो,
51अनि तिनी जाँदैगर्दा बाटैमा तिनका चाकरहरूले तिनलाई भेटेर तिनको छोरा बाँच्यो भनी तिनलाई बताए।
52कुन घड़ीदेखि त्यसलाई सन्चो हुन लाग्यो भनी तिनले तिनीहरूलाई सोध्दा तिनीहरूले भने, “हिजो दिउँसो एक बजेदेखि जरोले तिनलाई छोड़्यो।”
53येशूले तिनलाई
54यहूदियाबाट गालीलमा आएर येशूले गर्नुभएको यो दोस्रो चिन्ह थियो।