1यी कुरापछि येशू गालील, अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो।
2अनि एउटा ठूलो भीड उहाँको पछि लाग्यो, किनभने उहाँले रोगीहरूमाथि गर्नुभएका चिन्हहरू तिनीहरूले देखेका थिए।
3येशू डाँड़ामाथि जानुभयो, र आफ्ना चेलाहरूसँग त्यहाँ बस्नुभयो।
4यहूदीहरूको चाड, अर्थात् निस्तार-चाड नजिक थियो।
5तब येशूले आफ्ना चारैतिर हेर्दा एउटा ठूलो भीड आफूकहाँ आइरहेको देखेर फिलिपलाई भन्नुभयो,
6उहाँले तिनको जाँच गर्नलाई यो भन्नुभएको थियो, किनभने उहाँले जे गर्न लाग्नुभएको थियो, सो उहाँलाई थाहा थियो।
7फिलिपले उहाँलाई जवाफ दिए, “प्रत्येकले अलि-अलि पाए तापनि दुई सय चाँदीका सिक्काको रोटीले तिनीहरूलाई पुग्नेछैन।”
8उहाँका चेलाहरूमध्ये एक जना, सिमोन पत्रुसका भाइ अन्द्रियासले भने,
9“यहाँ एक जना ठिटो छ, त्यससँग जौका पाँच रोटी र दुई माछा छन्। तर यति धेरैका निम्ति यतिले के पुग्ला र?”
10येशूले भन्नुभयो,
11तब येशूले रोटी लिनुभयो, र परमेश्वरलाई धन्यवाद चढ़ाउनुभएपछि बस्नेहरूलाई बाँड़िदिनुभयो, र त्यसै गरी माछा पनि बाँड़िदिनुभयो। तिनीहरूले चाहेजति खाए।
12अनि जब तिनीहरूले भरपेट खाए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
13खानेहरूले उबारेका जौका ती पाँच रोटीका टुक्राहरू तिनीहरूले बटुले र बाह्र डाला भरे।
14यसकारण उहाँले गर्नुभएको यो चिन्ह देखेर ती मानिसहरूले भने, “संसारमा आउने अगमवक्ता साँच्चै उहाँ नै हुनुहुँदोरहेछ।”
15तिनीहरू आएर उहाँलाई बलजफतीसँग लगी राजा बनाउन खोज्दैछन् भन्ने थाहा पाएर येशू फेरि एकलै डाँड़ामा जानुभयो।
16साँझ परेपछि उहाँका चेलाहरू समुद्रतिर गए।
17र डुङ्गामा चढ़ेर तिनीहरू समुद्र पारि कफर्नहुमतिर जान लागे। त्यस बेला अँध्यारो भएको थियो, र येशू अझसम्म तिनीहरूकहाँ आउनुभएको थिएन।
18अनि ठूलो बतास चलेकोले, समुद्रको छाल उर्लन लाग्यो।
19पाँच-छ किलोमिटर डुङ्गा खियाएर गएपछि तिनीहरूले येशूलाई समुद्रमाथि हिँड़ेर डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए।
20तर उहाँले तिनीहरूलाई भन्नुभयो,
21तिनीहरूले उहाँलाई खुसीसाथ डुङ्गामा राखे, र तिनीहरू गइरहेको ठाउँमा डुङ्गा तुरुन्तै आइपुग्यो।
22समुद्र पारि रहेको भीड़ले भोलिपल्ट त्यहाँ एउटा मात्र डुङ्गा देखे। तिनीहरूलाई थाहा थियो, कि येशू आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभएको थिएन, तर उहाँका चेलाहरू मात्र गएका थिए।
23तब तिबेरियासबाट अरू डुङ्गाहरू त्यस ठाउँको नजिक आए, जहाँ प्रभुले धन्यवाद चढ़ाएपछि तिनीहरूले रोटी खाएका थिए।
24येशू र उहाँका चेलाहरू त्यहाँ नहुनुभएको थाहा पाएर ती मानिसहरू येशूलाई खोज्दै डुङ्गाहरूमा चढ़ेर कफर्नहुममा गए।
25तिनीहरूले उहाँलाई समुद्र पारि भेट्टाएर उहाँलाई सोधे, “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
26येशूले तिनीहरूलाई जवाफ दिई भन्नुभयो,
27
28तिनीहरूले उहाँलाई भने, “परमेश्वरले चाहनुभएको काम गर्नलाई हामीले के गर्नुपर्छ?”
29येशूले तिनीहरूलाई भन्नुभयो,
30यसकारण तिनीहरूले उहाँलाई भने, “तपाईं के चिन्ह देखाउनुहुन्छ, सो हामी हेरौं, र तपाईंलाई विश्वास गरौं? तपाईं के गर्नुहुन्छ?
31हाम्रा पिता-पुर्खाले उजाड़-स्थानमा मन्न खाए, जसरी लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानलाई स्वर्गबाट रोटी दिनुभयो’।”
32येशूले तिनीहरूलाई भन्नुभयो,
33
34तिनीहरूले उहाँलाई भने, “प्रभु, यो रोटी हामीलाई सधैँ दिनुहोस्।”
35येशूले तिनीहरूलाई भन्नुभयो
36
37
38
39
40
41यहूदीहरू उहाँको विरुद्धमा गनगनाउन लागे, किनभने उहाँले भन्नुभयो,
42तिनीहरूले भने, “के यो योसेफको छोरो, येशू होइन? यसका बुबा र आमालाई हामी चिन्दैनौं र? अहिले यसले कसरी
43येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
44
45
46
47
48
49
50
51
52तब यहूदीहरू आपसमा बहस गर्न लागे, “यस मानिसले कसरी हामीलाई आफ्नो देह खान दिन सक्छ?”
53येशूले तिनीहरूलाई भन्नुभयो,
54
55
56
57
58
59उहाँले यी कुरा कफर्नहुमको सभाघरमा शिक्षा दिँदा भन्नुभएको हो।
60यो सुनेपछि उहाँका चेलाहरूमध्ये धेरैले भने, “यो वचन कठोर छ, कसले यो सुन्न सक्तछ र?”
61तर उहाँका चेलाहरू यस विषयमा गनगनाउँदैछन् भनी जानेर येशूले तिनीहरूलाई भन्नुभयो,
62
63
64
65अनि उहाँले भन्नुभयो,
66यसपछि उहाँका चेलाहरूमध्ये धेरै जना पछि हटे, र उहाँसँग हिँड्न छोड़े।
67येशूले बाह्रैलाई भन्नुभयो,
68सिमोन पत्रुसले जवाफ दिए, “हे प्रभु, हामी कसकहाँ जाऔं? तपाईंसित अनन्त जीवनका वचन छन्
69र हामीले विश्वास गरेका छौं र जानेका छौं, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
70येशूले तिनीहरूलाई जवाफ दिनुभयो,
71यो उहाँले सिमोन इस्करियोतको छोरो यहूदाको विषयमा भन्नुभएको थियो, किनभने बाह्रमध्ये एक जना भएर पनि त्यसले उहाँलाई धोका दिन आँटेको थियो।