1त्यसपछि येशू गालीलमा नै घुमफिर गर्नुभयो, तर उहाँ यहूदियामा जान चाहनुभएन, किनभने यहूदीहरू उहाँलाई मार्ने दाउमा थिए।
2अब यहूदीहरूका छाप्रो-वासको चाड नजिकै थियो।
3यसकारण येशूका भाइहरूले उहाँलाई भने, “यो ठाउँ छाड़ेर यहूदिया जानुहोस्, र तपाईंले गरिरहनुभएका कामहरू तपाईंका चेलाहरूले पनि देखून्।
4जुन मानिसले ख्याति प्राप्त गर्न चाहन्छ, त्यसले गुप्तमा काम गर्दैन। तपाईं यी कामहरू गर्नुहुन्छ भने आफूलाई संसारमा प्रकट गराउनुहोस्।”
5किनकि उहाँका भाइहरूले पनि उहाँमाथि विश्वास गर्दैनथिए।
6येशूले तिनीहरूलाई भन्नुभयो,
7
8
9तिनीहरूलाई यसो भनेर उहाँ गालीलमै रहनुभयो।
10तर उहाँका भाइहरू चाड़मा गएपछि उहाँ पनि खुल्लमखुल्ला होइन, तर गुप्त रूपमा जानुभयो।
11चाड़मा यहूदीहरूले उहाँलाई खोजिरहेका थिए, र “उनी कहाँ छन्?” भनी सोध्दैथिए।
12भीड़हरूका बीचमा उहाँको विषयमा चर्चा हुन लाग्यो। कोही भन्थे, “उनी असल छन्।”
13तर यहूदीहरूको डरले उहाँको विषयमा कोही खुल्लमखुल्ला बोल्दैनथिए।
14चाड़को बीचमा येशू मन्दिरभित्र पस्नुभयो, र शिक्षा दिनुभयो।
15यहूदीहरूले अचम्म मान्दै यसो भने, “कुनै अध्ययन नगरी यिनले कसरी यति विद्या हासिल गरे?”
16तब येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो,
17
18
19
20भीड़ले जवाफ दियो, “तिमीलाई भूत लागेको छ। कसले तिमीलाई मार्न खोज्दैछ?”
21येशूले जवाफ दिई तिनीहरूलाई भन्नुभयो,
22
23
24
25यरूशलेमका कोही-कोही मानिसहरूले भने, “के यिनी उही होइनन्, जसलाई तिनीहरूले मार्न खोज्दछन्?
26हेर, यिनी त खुल्लमखुल्ला बोलिरहेछन्, तर तिनीहरू यिनलाई केही भन्दैनन्! के यिनी नै ख्रीष्ट हुन् भन्ने धर्म-गुरुहरूले साँच्चै थाहा पाए?
27तर हामी जान्दछौं, यी मानिस कहाँबाट आएका हुन्। तर जब ख्रीष्ट देखा पर्नुहुन्छ, उहाँ कहाँका हुनुहुन्छ कसैले थाहा पाउनेछैन।”
28तब येशूले मन्दिरमा सिकाउनुहुँदा, उहाँले उच्च स्वरले भन्नुभयो,
29
30यसकारण तिनीहरूले उहाँलाई पक्रन खोजे, तर कसैले उहाँमाथि हात हालेन, किनभने उहाँको समय अझ आइपुगेको थिएन।
31तर भीड़का धेरै मानिसहरूले उहाँमाथि विश्वास गरे। तिनीहरूले भने, “जब ख्रीष्ट आउनुहुन्छ, तब के यिनले गरेका चिन्हहरूभन्दा बढ़ी चिन्ह उहाँले गर्नुहोला र?”
32भीड़ले उहाँको विषयमा चर्चा गरिरहेको फरिसीहरूले सुने। तब मुख्य पूजाहारीहरू र फरिसीहरूले उहाँलाई पक्रन मन्दिरका पहरेदारहरू पठाए।
33येशूले भन्नुभयो,
34
35तब यहूदीहरूले आपसमा भने, “यिनी कहाँ जान आँटेका छन्, र हामी यिनलाई भेट्टाउनेछैनौं? के यिनी ग्रीकहरूका बीचमा छरपष्ट भई बसेका यहूदीहरूकहाँ गएर ग्रीकहरूलाई शिक्षा दिन चाहन्छन्?
36यिनले भनेको यो वचन के हो? ‘तिमीहरू मलाई खोज्नेछौ, तर भेट्टाउनेछैनौ, र जहाँ म हुन्छु, तिमीहरू आउन सक्दैनौ’?”
37अब चाड़को पछिल्लो दिन, अर्थात् चाड़को प्रमुख दिनमा, उभिएर येशूले उच्च स्वरमा यसो भन्नुभयो,
38
39तर यो कुरो उहाँले पवित्र आत्माको विषयमा भन्नुभएको थियो, जुन पवित्र आत्मा उहाँमाथि विश्वास गर्नेहरूले प्राप्त गर्न लागेका थिए। किनकि पवित्र आत्मा अहिलेसम्म दिइएको थिएन, किनभने येशूको महिमा अझसम्म भएको थिएन।
40यी कुरा सुन्ने कोही-कोही मानिसले भने, “यिनी त साँच्चै अगमवक्ता रहेछन्।”
41अरूहरूले भने, “यिनी ख्रीष्ट हुन्।”
42के धर्मशास्त्रले भनेको छैन, कि ख्रीष्ट दाऊदको वंशबाट र दाऊदकै गाउँ बेथलेहेमबाट आउँछन्?”
43यसैले मानिसहरूका बीचमा उहाँको कारण फाटो भयो।
44तिनीहरूमध्ये कतिले उहाँलाई पक्रन खोजे, तर उहाँमाथि कसैले पनि हात हालेन।
45तब मन्दिरका पहरेदारहरू मुख्य पूजाहारीहरू र फरिसीहरूकहाँ आए। तिनीहरूले यिनीहरूलाई भने “तिमीहरूले त्यसलाई किन ल्याएनौ?”
46पहरेदारहरूले जवाफ दिए, “यस मानिसले जस्तो त कुनै मानिसले कहिल्यै बोलेन!”
47फरिसीहरूले यिनीहरूलाई भने, “तिमीहरू पनि बहकियौ, कि कसो?
48के धर्म-गुरु अथवा फरिसीहरूमध्ये कसैले उसमाथि विश्वास गरेको छ?
49तर यो भीड, जसले व्यवस्था जान्दैन, त्यो श्रापित छ।”
50तिनीहरूमध्ये एक जना निकोदेमस, जो पहिले एक पल्ट येशूकहाँ आएका थिए, तिनले भने,
51“के हाम्रो व्यवस्थाले पहिले मानिसको सुनुवाइ नभई, र त्यसले के गरेको छ सो नजानिकन त्यसलाई दोषी ठहराउँछ र?”
52तिनीहरूले उनलाई जवाफ दिए, “के तिमी पनि गालीलका हौ? धर्मशास्त्र खोजेर हेर, र तिमीले देख्नेछौ, कि गालीलबाट अगमवक्ता निस्कँदैन।” [
53तब हरेक मानिस आ-आफ्ना घर गए।