1भाइ हो, मेरो आफ्नो हृदयको इच्छा र तिनीहरूका निम्ति परमेश्वरमा मेरो प्रार्थना यही छ, कि तिनीहरूले उद्धार पाऊन्।
2म यो गवाही दिन्छु कि परमेश्वरप्रति तिनीहरूको जोश त छ, तर यो जोश ज्ञानअनुसार छैन।
3किनभने परमेश्वरबाट आउने धार्मिकताको विषयमा नजानेर तिनीहरूको आफ्नै धार्मिकता स्थापित गर्न खोज्दा तिनीहरू परमेश्वरका धार्मिकताको अधीनमा रहेनन्।
4किनभने विश्वास गर्ने धर्मी ठहरिओस् भनेर ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।
5मोशा लेख्छन्, “व्यवस्थामा आधारित भएको धार्मिकता पालन गर्ने मानिस त्यसैबाट जिउनेछ।”
6तर विश्वासमाथि आधारित भएको धार्मिकताले यसो भन्छ, “मन-मनमा यसो नभन, ‘स्वर्गमा को उक्लने’?” (अर्थात् ख्रीष्टलाई तल ल्याउनलाई),
7वा आफ्नो मनमा यसो पनि नभन, “पातालमा को ओर्लने?” (अर्थात् मरेकाहरूबाट ख्रीष्टलाई माथि ल्याउनलाई)।
8तर यसले के भन्छ? “वचन तिम्रो नजिकै छ, तिम्रो मुखैमा र तिम्रो हृदयमा,” अर्थात् विश्वासको वचन, जो हामी प्रचार गर्दछौं।
9किनकि यदि तिमीले येशूलाई प्रभु हो भनी आफ्नो मुखले स्वीकार गर्यौ, र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भनी आफ्नो हृदयमा विश्वास गर्यौ भने तिम्रो उद्धार हुनेछ।
10किनकि मानिसले आफ्नो हृदयले विश्वास गर्छ र ऊ निर्दोष ठहरिन्छ, अनि उसले आफ्नो मुखले स्वीकार गर्छ र उद्धार पाउँछ।
11धर्मशास्त्र भन्छ, “उहाँमाथि भरोसा राख्ने कोही लाजमा पर्नेछैन।”
12किनकि यहूदी र अन्यजातिमा केही भेद छैन। उहाँ एउटै प्रभु सबैका प्रभु हुनुहुन्छ, र उहाँलाई पुकार्नेहरू सबैलाई आफ्नो प्रशस्त आशिष् दिनुहुन्छ।
13किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।”
14तर जसलाई विश्वास गरेकै छैनन् उहाँलाई मानिसहरूले कसरी पुकार्ने? जसको विषयमा सुनेकै छैनन् उहाँमाथि तिनीहरूले कसरी विश्वास गर्ने? र प्रचारकविना तिनीहरूले कसरी सुन्ने?
15र कसैले नपठाईकन मानिसहरूले कसरी प्रचार गर्ने? जस्तो लेखिएको छ, “सुसमाचार प्रचार गर्नेहरूका पाउ कति सुन्दर!”
16तर तिनीहरू सबैले सुसमाचार पालन गरेका छैनन्, किनकि यशैया भन्छन्, “हे प्रभु, हामीबाट सुनेको कुरा कसले विश्वास गरेको छ?”
17जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ।
18तर म सोध्दछु, “के तिनीहरूले सुनेका छैनन्?” निश्चय नै तिनीहरूले सुनेका छन्, किनकि
19म फेरि सोध्छु, “के इस्राएलले बुझेन?” सर्वप्रथम मोशाले भन्छन्,
20तब यशैयाले साहसपूर्वक भन्दछन्,
21तर इस्राएलको विषयमा तिनी भन्छन्,