1यसकारण म सोध्दछु, “के परमेश्वरले आफ्ना मानिसलाई परित्याग गर्नुभएको छ त?” कदापि होइन! किनकि म पनि त अब्राहामको सन्तान, बेन्यामीनका कुलको एक इस्राएली हुँ।
2परमेश्वरले पहिलेदेखि नै चिन्नुभएका आफ्ना मानिसलाई बहिष्कार गर्नुभएन। के एलियाको विषयमा पवित्र-शास्त्रले भनेको कुरा तिमीहरू जान्दैनौ? उनले इस्राएलको विरुद्धमा परमेश्वरसँग कसरी बिन्ती गर्दछन्,
3“हे प्रभु, तिनीहरूले तपाईंका अगमवक्ताहरूलाई मारेका छन्, तपाईंका वेदीहरू भत्काइदिएका छन् र म मात्र एकलै छोडिएको छु, र तिनीहरू मेरो प्राणको खोजीमा छन्।”
4तर उनलाई परमेश्वरको उत्तर के छ? “बालको सामने घुँड़ा नटेक्ने सात हजार मानिसहरू मैले आफ्नो निम्ति राखेको छु।”
5यसै गरी यस वर्तमान समयमा पनि अनुग्रहद्वारा चुनिएकाहरूको एक बाँकी भाग छ।
6तर अनुग्रहबाट हो भने यो कर्मको आधारमा होइन, नत्रता अनुग्रह अझ अनुग्रह नै रहनेथिएन।
7तब के? इस्राएलले जे खोजेको थियो त्यो पाउन असफल भयो। तर चुनिएकाहरूले त्यो प्राप्त गरे। अरू सबैचाहिँ कठोर बने,
8जस्तो लेखिएको छ:
9र दाऊद भन्छन्,
10
11यसकारण म सोध्दछु, “के लोट्नलाई तिनीहरूले ठक्कर खाएका हुन्?” कदापि होइन! तर इस्राएलको अपराधद्वारा अन्यजातिहरूमा मुक्ति आएको छ, ताकि इस्राएल पनि मुक्तिको निम्ति डाही बनोस्।
12अब यदि तिनीहरूको अपराध संसारको निम्ति सम्पत्ति र तिनीहरूको असफलताचाहिँ अन्यजातिहरूका निम्ति सम्पत्ति हुने हो भनेता तिनीहरूको पूर्ण समावेश झन् कति अर्थपूर्ण होला!
13अब तिमी अन्यजातिहरूलाई भनिरहेछु। अन्यजातिहरूको प्रेरित भएको हुनाले म मेरो सेवालाई महत्त्व दिँदछु,
14यस आशामा कि मेरो आफ्नै यहूदी जातिलाई डाही बनाउन सकूँ, र तीमध्ये कसै-कसैलाई बचाउन सकूँ।
15किनकि यदि तिनीहरूको बहिष्कार हुँदा संसारको निम्ति मिलाप भयो भने, के तिनीहरूको पुन:ग्रहण मृत्युबाट जीवन पाएको समान होइन र?
16यदि मुछेको पीठोको एक अंश प्रथम-भेटीको रूपमा अर्पण गरिएको छ भने, समस्त ढिका पवित्र हुन्छ। यदि जरा पवित्र छ भने हाँगाहरू पनि पवित्र हुन्छन्।
17तर यदि कुनै हाँगाहरू काटिए र असल जैतूनको जराको रस-भण्डारमा सहभागी हुनलाई तिमी एक जङ्गली जैतून भएर पनि तिनीहरूको ठाउँमा कलमी बाँधियौ भने,
18ती हाँगाहरूका सामु घमण्ड नगर। यदि घमण्ड नै गर्नु हो भने, यो याद राख, कि जरालाई थाम्ने तिमी होइनौ, तर जराले पो तिमीलाई थाम्छ।
19तिमी भन्नेछौ, “म कलमी बाँधिन सकूँ भनेर नै हाँगाहरू काटिएका थिए।”
20ठीकै हो, तिनीहरूको अविश्वासले गर्दा नै हाँगाहरू काटिएका हुन्। तिमीहरूचाहिँ तिम्रो विश्वासले मात्र खड़ा छौ। घमण्ड नगर, तर श्रद्धापूर्ण भय राख।
21किनभने यदि परमेश्वरले स्वाभाविक हाँगाहरूलाई बाँकी राख्नुभएन भनेता तिमीलाई पनि बाँकी राख्नुहुनेछैन।
22यसकारण परमेश्वरको दया र कठोरतालाई ध्यानमा राख— पतन भएकाहरूमाथि कड़ा व्यवहार, तर उहाँकै दयामुनि रहिरह्यौ भने तिमीलाई परमेश्वरको दया देखाइनेछ, नत्रता तिमी पनि काटिनेछौ।
23तिनीहरू पनि अविश्वासमा ढीट भएर बसेनन् भनेता कलमी बाँधिनेछन्। किनभने परमेश्वरले तिनीहरूलाई फेरि पनि कलमी बाँध्न सक्नुहुन्छ।
24किनभने यदि तिमी प्राकृतिक जङ्गली जैतून भएर पनि काटियौ र प्रकृतिको विरुद्ध एउटा असल जैतूनको बोटमा कलमी बाँधियौ भनेता यी प्राकृतिक हाँगाहरू आफ्नै निज जैतूनकै रूखमा झन् कति बढ़ी कलमी बाँधिएलान्।
25भाइ हो, आफ्नै अभिमानमा तिमीहरू बुद्धिमान् हुन खोज्छौ कि भनेर तिमीहरू यो रहस्य बुझ भन्ने म चाहन्छु, कि अन्यजातिहरूको संख्या पूर्ण नभएसम्म इस्राएलीहरूको एक अंशमा कठोरता आएको छ।
26यसरी सारा इस्राएलको उद्धार हुनेछ, जस्तो लेखिएको छ:
27
28सुसमाचारको हिसाबले त तिनीहरू तिमीहरूका खातिर परमेश्वरका शत्रुहरू हुन्, तर चुनाउको हिसाबले चाहिँ पूर्वजहरूका खातिर तिनीहरू प्रियहरू हुन्।
29किनभने परमेश्वरका वरदान र बोलावट अटल छन्।
30किनकि जसरी तिमीहरू पनि एक पल्ट परमेश्वरको आज्ञापालन नगर्नेहरू थियौ, तर अब तिनीहरूको अनाज्ञाकारिताले गर्दा तिमीहरूले कृपा पाएका छौ।
31तिमीहरूलाई कृपा देखाइएकोले गर्दा तिनीहरूले पनि कृपा प्राप्त गरून् भनी तिनीहरू अहिले अनाज्ञाकारी भएका छन्।
32किनभने परमेश्वरको कृपा सबै मानिसहरूमाथि होस् भनेर उहाँले सबैलाई अनाज्ञाकारितामा नै सुम्पनुभएको छ।
33
34
35
36