1म ख्रीष्टमा साँचो बोलिरहेछु, मैले ढाँटेको छैनँ। मेरो विवेकले पवित्र आत्मामा मलाई गवाही दिन्छ।
2मेरो हृदयमा असाध्य शोक र मनमा अटूट वेदना छ।
3म त यहाँसम्म पनि चाहन सक्थें कि मेरा भाइहरू र मेरा जातिको नाताले मेरा कुटुम्बहरूका खातिर म नै श्रापित होऊँ, र ख्रीष्टबाट परित्यक्त होऊँ!
4तिनीहरू इस्राएलीहरू हुन्, अनि पुत्र हुने अधिकार, महिमाको दर्शन, करार, व्यवस्थाको प्रदान, मन्दिरको आराधना र प्रतिज्ञाहरू तिनीहरूका आफ्नै हुन्।
5पूर्वजहरू तिनीहरूका नै हुन्, र ख्रीष्ट पनि शरीरअनुसार तिनीहरूकै वंशका हुनुहुन्छ, सर्वोच्च परमेश्वर, जसको युगानयुग स्तुति होस्। आमेन।
6तर परमेश्वरको वचन विफल भएको होइन। किनकि इस्राएलबाट जन्मेका सबै इस्राएल होइनन्,
7न त अब्राहामका सन्तान हुँदैमा सबै तिनका छोरा-छोरी हुन्। तर धर्मशास्त्रमा भनेअनुसार, “इसहाकबाट नै तिनीहरूको सन्तान गनिनेछ।”
8यसको अर्थ, शरीरबाट जन्मेकाहरू परमेश्वरका सन्तान होइनन्, तर करारबाट उत्पन्न भएकाहरू नै अब्राहामका सन्तान हुन्।
9त्यस प्रतिज्ञाले यसो भन्दछ, “तोकिएको समयमा म फर्केर आउनेछु, र साराको एउटा छोरो हुनेछ।”
10त्यसो मात्र होइन, जब रिबेकाले एउटै पुरुष हाम्रा पुर्खा इसहाकबाट गर्भधारण गरिन्,
11र जुम्ल्याहा बालकहरू जन्मनु अघिबाटै, तिनीहरूले कुनै असल वा खराब गर्न अघि नै, कर्मले होइन तर उहाँको बोलावटअनुसार परमेश्वरका चुनाउको उद्देश्य ठहरिओस् भनेर
12रिबेकालाई यसै भनिएको थियो, “जेठोले कान्छाको सेवा गर्नेछ।”
13जसो लेखिएको छ, “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छ ठानें।”
14अब हामी के भनौं? के परमेश्वरमा अन्याय छ त? कदापि होइन!
15उहाँ मोशालाई भन्नुहुन्छ, “जसमाथि म कृपा गर्न चाहन्छु, त्यसलाई म कृपा गर्नेछु, र जसलाई म टिठ्याउन चाहन्छु, त्यसलाई म टिठाउनेछु।”
16यसकारण मानिसको इच्छा वा प्रयासमाथि यो निर्भर गर्दैन, तर परमेश्वरको कृपामाथि निर्भर गर्दछ।
17कि धर्मशास्त्रले फारोलाई भन्छ, “म मेरो शक्ति तँमा देखाऊँ, र सारा पृथ्वीमा मेरो नाउँको घोषणा गरिओस् भन्ने अभिप्रायले मैले तँलाई खड़ा गरें।”
18यसकारण उहाँले इच्छा गर्नुभएकाहरूलाई उहाँले कृपा गर्नुहुन्छ, र उहाँले इच्छा गर्नुभएकाहरूको हृदयलाई उहाँले कठोर पार्नुहुन्छ।
19तब तिमी मलाई भन्नेछौ, “परमेश्वरले अझै किन दोष लगाउनुहुन्छ? किनकि उहाँको इच्छालाई कसले विरोध गर्न सक्छ?”
20तर मानिस भएर परमेश्वरलाई जवाफ लाग्ने तिमी को हौ? के ढालेर बनाएको वस्तुले आफूलाई बनाउनेलाई “मलाई किन यस्तो बनाएको?” भन्छ र?
21के एउटै माटोको ढिकाबाट एउटा आदरको भाँड़ो, र अर्कोचाहिँ तुच्छ कामको लागि बनाउने माटोमाथि कुमालेको अधिकार छैन र?
22यदि परमेश्वरले आफ्नो क्रोध प्रकट गर्न र आफ्नो शक्ति प्रदर्शन गर्नलाई विनाशको लागि तयार पारिएको क्रोधका पात्रहरूलाई अत्यन्त धैर्यसाथ सहनुभएको छ भने, के भयो त?
23यदि महिमाको निम्ति अघिबाटै तयार पार्नुभएको उहाँका कृपा-पात्रहरूलाई आफ्नो महिमाको सम्पत्ति प्रकट गर्नलाई उहाँले यसो गर्नुभयो—
24अर्थात् हामी, जसलाई यहूदीहरूबाट मात्र होइन, तर अन्यजातिहरूबाट पनि उहाँले बोलाउनुभएको छ भने, के भयो त?
25जस्तो होशेको पुस्तकमा पनि उहाँ भन्नुहुन्छ,
26
27इस्राएलको बारेमा यशैया घोषणा गर्छन्,
28
29यशैयाले यो भविष्यवाणी गरेका छन्,
30अब हामी के भनौं? धार्मिकताको पछि नलाग्ने अन्यजातिहरूले धार्मिकता प्राप्त गरेका छन्, अर्थात् विश्वासद्वारा पाइने धार्मिकता।
31तर व्यवस्थामाथि आधारित भएको धार्मिकताको पछि लाग्ने त्यस इस्राएलले त्यो व्यवस्था पूरा गर्न सकेन।
32किन सकेन? किनकि धार्मिकता कर्महरूमाथि आधारित छ भन्ठानेर तिनीहरूले विश्वासद्वारा धार्मिकता खोजेनन्। तिनीहरू ठेस लाग्ने ढुङ्गामा ठक्कर खाएर लड़ेका छन्।
33जस्तो लेखिएको छ,