1हाम्रा माझमा घटेर पूरा भएका घटनाहरूको विवरण संग्रह गर्ने काम धेरै जनाले आफ्नो हातमा लिएका छन्।
2तिनीहरू जो सुरुदेखि नै वचनका प्रत्यक्ष गवाह र सेवकहरू थिए, तिनीहरूले यी कुरा हामीलाई सुम्पिदिए।
3माननीय थियोफिलस, मैले आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी गरेको छु, र तपाईंको निम्ति क्रमैअनुसारको एउटा विवरण लेख्न मलाई असल लाग्यो,
4ताकि तपाईंलाई बताइएका विषयहरूको सत्यता तपाईंलाई थाहा होस्।
5यहूदियाका राजा, हेरोदको पालोमा, अबियाका दलका जकरिया नाउँ भएका एक जना पूजाहारी थिए। तिनकी पत्नी हारून-वंशकी थिइन्। तिनको नाउँ एलीशिबा थियो।
6ती दुवै परमेश्वरको सामुन्ने धर्मी थिए, र परमप्रभुका सबै आज्ञा र धार्मिक-विधानहरूमा निर्दोष भई हिँड्थे।
7तर तिनीहरूको कोही सन्तान थिएन, किनभने एलीशिबा बाँझी थिइन्, र ती दुवैको उमेर ढल्किसकेको थियो।
8जब जकरिया परमेश्वरको सामुन्ने आफ्ना दलको पालोमा पूजाहारी काम गरिरहेका थिए,
9तब पूजाहारीका सेवाको रीतअनुसार चिट्ठा हाल्दा परमप्रभुको मन्दिरभित्र पसेर धूप बाल्ने काम जकरियालाई पर्यो।
10धूप बाल्ने बेलामा मानिसहरूको सारा भीड बाहिर प्रार्थना गरिरहेको थियो।
11परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे।
12जकरिया तिनलाई देखेर आत्तिए, र भयभीत भए।
13तर दूतले तिनलाई भने, “नडराऊ जकरिया, किनभने तिम्रो प्रार्थनाको सुनाइ भएको छ। अब तिम्री पत्नी एलीशिबाले तिम्रो निम्ति एउटा छोरो जन्माउनेछिन्, र तिमीले तिनको नाउँ यूहन्ना राख्नू।
14तिमीलाई रमाहट र आनन्द हुनेछ, र धेरै जना तिनको जन्ममा रमाउनेछन्।
15किनभने तिनी परमप्रभुको सामुन्ने महान् हुनेछन्। तिनले दाखमद्य र अरू कुनै पनि मद्य कहिल्यै पिउनेछैनन्, र आफ्नी आमाको गर्भदेखि नै तिनी पवित्र आत्माले भरिपूर्ण हुनेछन्।
16तिनले इस्राएलका सन्तानहरूमा धेरैलाई तिनीहरूका परमप्रभु परमेश्वरतिर फर्काउनेछन्।
17बाबुहरूका मन छोरा-छोरीहरूतिर र अनाज्ञाकारीहरूलाई धर्मीहरूको बुद्धितिर फर्काउन र प्रभुको निम्ति योग्य तुल्याइएको एक जाति तयार पार्न उहाँको अगि तिनी एलियाको आत्मा र शक्तिमा जानेछन्।”
18तब जकरियाले दूतलाई भने, “यो मैले कसरी जान्ने? म बूढ़ो भएँ र मेरी पत्नीको उमेर पनि ढल्किसकेको छ।”
19स्वर्गदूतले तिनलाई भने, “म गब्रिएल हुँ, म परमेश्वरको सामुन्ने उभिरहन्छु। तिमीसँग कुरा गर्न र यो खुसीको समाचार सुनाउन म पठाइएको हुँ।
20जुन दिनसम्म यी कुरा पूरा हुँदैनन्, तबसम्म तिमी गूँगो हुनेछौ र बोल्न सक्नेछैनौ, किनभने तिमीले मेरा वचनमाथि विश्वास गरेनौ, जुन वचन आफ्नो समयमा पूरा हुनेछन्।”
21मानिसहरू जकरियालाई पर्खिरहेका थिए र मन्दिरमा ढिलो गर्दा चकित भए।
22तिनी बाहिर निस्केर आउँदा उनीहरूसँग बोल्नै सकेनन् र तिनले मन्दिरमा दर्शन देखेछन् भन्ने उनीहरूले बुझे। तिनले उनीहरूलाई इशारा गर्न लागे, अनि तिनी गूँगो भइरहे।
23तिनको सेवाका दिन समाप्त भएपछि तिनी आफ्नो घर गए।
24यसपछि तिनकी पत्नी एलीशिबा गर्भवती भइन्, र पाँच महिनासम्म लुकेर बसिन् र यसो भनिन्,
25“मानिसहरूका बीचमा मेरो कलङ्क हटाउनलाई अब परमप्रभुले ममाथि यसरी कृपा गर्नुभएको हो।”
26छैटौँ महिनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो।
27तिनी एउटी कन्ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो। त्यस कन्याको नाउँ मरियम थियो।
28स्वर्गदूतले तिनीकहाँ गएर भने, “हे कृपा-पात्र, तिमीलाई अभिवादन! परमप्रभु तिमीसँग हुनुहुन्छ।”
29तर तिनी त्यस कुराले साह्रै विचलित भइन्, र यो कस्तो किसिमको अभिवादन हो भनी मनमा सोच्न लागिन्।
30स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ।
31अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
32उहाँ महान् हुनुहुनेछ, र परमप्रधानका पुत्र कहलाइनुहुनेछ, र परमप्रभु परमेश्वरले उहाँलाई उहाँका पुर्खा दाऊदको सिंहासन दिनुहुनेछ।
33उहाँले याकूबको वंशमाथि सदासर्वदै राज्य गर्नुहुनेछ, र उहाँको राज्यको अन्त्य हुनेछैन।”
34मरियमले स्वर्गदूतलाई भनिन्, “यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ।”
35स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
36हेर, तिम्री नातेदार एलीशिबाले पनि तिनको वृद्धावस्थामा छोरो गर्भधारण गरेकी छिन्, र जो बाँझी कहलाइएकी थिइन्, तिनी अहिले छैटौँ महिनामा छिन्।
37किनकि परमेश्वरको निम्ति कुनै कुरा असम्भव छैन।”
38अनि मरियमले भनिन्, “हेर्नुहोस्, म परमप्रभुकी दासी, मलाई तपाईंको वचनअनुसार होस्।” तब स्वर्गदूत तिनीबाट बिदा भए।
39ती दिनमा मरियम आतुरीसँग पहाड़तर्फ यहूदियाको एउटा गाउँमा गइन्,
40र जकरियाको घरमा पसेर एलीशिबालाई अभिवादन गरिन्।
41जब एलीशिबाले मरियमको अभिवादन सुनिन् तब तिनको गर्भमा बालक उफ्र्यो, र एलीशिबा पवित्र आत्माले भरिपूर्ण भइन्,
42र एलीशिबाले चर्को सोरले भनिन्, “स्त्रीहरूमा तिमी धन्यकी हौ, र तिम्रो गर्भको फल धन्यको हो।
43ममाथि कसरी यस्तो कृपा भयो कि मेरा प्रभुकी आमा मकहाँ आइन्।
44किनभने हेर, तिम्रो अभिवादन मेरो कानमा पर्ने बित्तिकै बालक मेरो गर्भमा आनन्दले उफ्र्यो।
45तिनी धन्यकी हुन्, जसले परमप्रभुले तिनलाई भन्नुभएको कुरा पूरा हुनेछ भनी विश्वास गरिन्।”
46
47
48
49
50
51
52
53
54
55
56मरियम तिनीसँग प्राय: तीन महिना बसेर आफ्नो घर फर्किन्।
57अब एलीशिबाको सुत्केरी हुने बेला आयो, र तिनले एउटा छोरो जन्माइन्।
58परमप्रभुले तिनीमाथि उहाँको ठूलो अनुग्रह देखाउनुभएको छ भन्ने सुनेर तिनका छिमेकीहरू र नातेदारहरू तिनीसँग रमाए।
59आठौँ दिनमा तिनीहरू बालकलाई खतना गर्न आए, र त्यसको नाउँ त्यसका बाबुको नाउँजस्तै जकरिया राख्न लागेका थिए,
60तर त्यसकी आमाले भनिन्, “होइन, त्यसको नाउँ यूहन्ना राखिनेछ।”
61तिनीहरूले तिनलाई भने, “तिम्रा नातेदारमा यस्तो नाउँ भएको कोही छैन।”
62तब तिनीहरूले त्यसका बाबुलाई इशारा गरी सोधे “तिमी यसको नाउँ के राख्न चाहन्छौ?”
63तिनले एउटा लेख्ने पाटी मगाएर “त्यसको नाउँ यूहन्ना हो” भनेर लेखिदिए। तिनीहरू सबै छक्क परे।
64तुरुन्तै तिनको मुख खुल्यो र तिनको वाक्य फुट्यो र तिनी परमेश्वरको प्रशंसा गर्न लागे।
65तिनीहरूका सबै छिमेकीमा डर छायो। यहूदियाको जम्मै पहाडी मुलुकभरि यस घटनाको चर्चा फैलियो।
66यी कुरा सुन्नेहरू सबैले यो बालक पछि कस्तो हुन्छ होला भनी आफ्ना मनमा गुने। किनकि परमप्रभुको बाहुली त्यसमाथि थियो।
67
68
69
70
71
72
73
74
75
76
77
78
79
80अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्जेल तिनी उजाड-स्थानमा नै बसे।