1यसपछि प्रभुले अरू सत्तरी जनालाई नियुक्त गर्नुभयो, र आफू जान लाग्नुभएको हरेक सहर र गाउँमा आफूभन्दा अगाडि तिनीहरूलाई दुई-दुई जना गरी पठाउनुभयो।
2उहाँले तिनीहरूलाई भन्नुभयो, “फसल त प्रशस्त छ, तर खेतालाहरू थोरै छन्। यसकारण फसलका प्रभुलाई प्रार्थना गर, र उहाँले आफ्नो फसलमा खेतालाहरू पठाइदेऊन्।ⓘ
3जाओ, हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बीचमा भेड़ाका पाठाहरूझैँ पठाउँछु। ⓙ
4न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।ⓚ
5“जुन घरमा पस्छौ पहिले भन, ‘यस घरलाई शान्ति होस्!’
6यदि त्यहाँ शान्तिप्रिय मानिस रहेछ भने तिमीहरूको शान्ति त्यससँग रहनेछ, तर रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ।
7तिनीहरूले दिएका थोकहरू खानपान गरेर त्यसै घरमा बस। किनभने खेताला आफ्नो ज्यालाको योग्य हुन्छ। घर-घर नपसी हिँड़।ⓛ
8“जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्छन्, तब तिमीहरूका सामु राखिदिएको भोजन खाओ,
9त्यहाँ भएका रोगीहरूलाई निको पार, र तिनीहरूलाई भन, ‘परमेश्वरको राज्य तिमीहरूका नजिक आइपुगेको छ।’
10तर जब तिमीहरू कुनै सहरमा पस्छौ, र तिनीहरूले तिमीहरूलाई स्वागत गर्दैनन्, तब निस्केर त्यस सहरका सड़कहरूमा जाओ, र भन, ⓜ
11‘हाम्रा खुट्टामा टाँसिएको तिमीहरूका सहरको धूलोसमेत हामी तिमीहरूका विरुद्धमा टकटक्याउँछौं। तापनि यो जान, कि परमेश्वरको राज्य नजिकै आइपुगेको छ।’
13“धिक्कार तँलाई, खोराजीन! धिक्कार तँलाई, बेथसेदा! किनकि तिमीहरूमा भएका सामर्थ्यका काम टुरोस र सीदोनमा गरिएको भएदेखि तिनीहरूले अघि नै भाङ्ग्रा लाएर खरानीमा बसी पश्चात्ताप गर्नेथिए।ⓞ
14तर न्यायको दिनमा तिमीहरूको भन्दा त टुरोस र सीदोनको हालत सहनीय हुनेछ।
16“जसले तिमीहरूका कुरा सुन्छ, त्यसले मेरो कुरा सुन्छ। जसले तिमीहरूलाई अस्वीकार गर्दछ, त्यसले मलाई अस्वीकार गर्दछ, र जसले मलाई अस्वीकार गर्दछ, त्यसले मलाई पठाउनुहुनेलाई अस्वीकार गर्दछ।”ⓠ
17ती सत्तरी जना आनन्दसाथ फर्केर आई यसो भने, “प्रभुज्यू, तपाईंको नाउँमा भूतहरू पनि हाम्रा वशमा आउँछन्।”
19मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।ⓡ
20तापनि दुष्टात्माहरू तिमीहरूको वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ।”
21त्यही बेला येशू पवित्र आत्मामा उल्लसित हुनुभयो, र भन्नुभयो, “हे पिता, स्वर्ग र पृथ्वीका परमप्रभु, म तपाईंमा धन्यवाद चढ़ाउँछु, किनकि तपाईंले यी कुरा बुद्धिमान् र समझदारबाट गुप्त राखेर बालकहरूलाई प्रकट गर्नुभयो। किनकि, पिता, तपाईंलाई यही असल लाग्यो।
22“मेरा पिताले सबै थोक मलाई सुम्पिदिनुभएको छ। पुत्र को हो भनी पिताबाहेक कसैले जान्दैन। पिता को हुनुहुन्छ भनी पुत्रले बाहेक, र पुत्रले उहाँलाई जसकहाँ प्रकट गर्ने इच्छा गर्दछ, त्यसले बाहेक अरू कसैले जान्दैन।”ⓢ
23चेलाहरूतिर फर्केर उहाँले तिनीहरूलाई गुप्तमा भन्नुभयो, “धन्य हुन् ती आँखा, जसले तिमीहरूले देखेका यी कुराहरू देख्तछन्।
24किनकि म तिमीहरूलाई भन्दछु, धेरै अगमवक्ताहरू र राजाहरूले तिमीहरूले जे देख्तछौ, ती देख्ने इच्छा गरेका थिए, तर देखेनन्, र जे तिमीहरूले सुन्दछौ ती सुन्ने इच्छा गरेका थिए, तर सुनेनन्।”
25व्यवस्थाका एक जना पण्डित उहाँको परीक्षा गर्न खड़ा भए, र यो प्रश्न गरे, “गुरुज्यू, अनन्त जीवन प्राप्त गर्न मैले के गर्नुपर्छ?” ⓣ
26उहाँले तिनलाई भन्नुभयो, “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढ़्यौ?”
27तिनले भने, “तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।” ⓤ
28उहाँले तिनलाई भन्नुभयो, “तिमीले ठीक जवाफ दियौ। त्यसै गर, र तिमी जिउनेछौ।”ⓥ
29तर तिनले आफूलाई धार्मिक देखाउने इच्छा गरेर येशूलाई भने, “मेरो छिमेकीचाहिँ को हो त?”
30येशूले जवाफ दिनुभयो, “एक जना मानिस यरूशलेमबाट यरीहोतिर जाँदैथियो। त्यो डाँकूहरूको फेला पर्यो। तिनीहरूले त्यसलाई नाङ्गै पारेर पिटे, र अधमरो पारी छोड़ेर गए।
31संयोगले एक जना पूजाहारी त्यही बाटो भएर जाँदैथियो, र त्यो अधमरो मान्छेलाई देखेर त्यो अर्कोपट्टि तर्केर गयो।
32त्यसै गरी एक जना लेवी पनि त्यस ठाउँमा आएर त्यसलाई देखेपछि अर्कोपट्टि तर्केर गयो।
33तर एक जना सामरी उसको यात्रामा जाँदैगर्दा त्यो मान्छे भएको ठाउँमा आइपुग्यो, र त्यसलाई देखेर उसको मन दयाले भरियो। ⓦ
34र त्यसकहाँ गएर तेल र दाखमद्य लगाएर त्यसका घाउहरूमा पट्टी बाँधिदियो, र आफ्नै गधामाथि चढ़ाएर त्यसलाई एउटा पौवामा ल्याई त्यसको हेरचाह गर्यो।
35भोलिपल्ट उसले चाँदीका दुई सिक्का पौवाको मालिकलाई दिएर भन्यो, ‘यिनको हेरचाह गर, र अरू बढ़ी खर्च लागे म फर्केर आउँदा तिमीलाई तिरिदिनेछु’।”
36येशूले सोध्नुभयो, “तिम्रो विचारमा यी तीन जनामध्ये डाँकूहरूका हातमा पर्ने मानिसको छिमेकी कुनचाहिँ ठहरियो?”
37तिनले भने, “त्यस मानिसमाथि दया देखाउनेचाहिँ।” तब येशूले तिनलाई भन्नुभयो, “जाऊ, तिमी पनि त्यसै गर।”
38उहाँहरू जाँदैगर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो, र मार्था नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। ⓧ