1यसै बीच जब हजारौँको भीड जम्मा भयो, यहाँसम्म कि एउटाले अर्कालाई कुल्चन लाग्यो, उहाँले पहिले आफ्ना चेलाहरूलाई भन्न लाग्नुभयो, “तिमीहरू फरिसीहरूको खमिरदेखि होशियार बस। त्यो खमिर तिनीहरूको कपट आचरण हो।ⓘ
2छोपिएको यस्तो कुनै कुरा छैन, जो प्रकट हुनेछैन, र छिपेको कुनै कुरा छैन, जो थाहा लाग्नेछैन।ⓙ
3यसकारण जे तिमीहरूले अँध्यारोमा भनेका छौ, त्यो उज्यालोमा सुनिनेछ। गुप्त कोठामा भनेका कुरा घरको धुरीबाट प्रचार हुनेछ।
4“मेरा मित्र हो, म तिमीहरूलाई भन्दछु, तिनीहरूदेखि नडराओ जसले शरीरलाई मार्दछन्, तर त्यसपछि अरू केही गर्न सक्दैनन्।
5तर कोदेखि डराउनुपर्छ, म तिमीहरूलाई चेताउनी दिनेछु: तिनैसँग डराउनुपर्दछ जससँग शरीरलाई मारेपछि नरकमा फालिदिने शक्ति छ। म तिमीहरूलाई भन्दछु, तिनीदेखि नै डराओ।
6के दुई पैसामा पाँच वटा भँगेरा बिक्दैनन्? तीमध्ये एउटालाई पनि परमेश्वरले बिर्सनुहुन्न।
7तर तिमीहरूका त शिरका केशसमेत गनिएका छन्। यसकारण नडराओ, तिमीहरू धेरै भँगेराभन्दा बढ़ी मोलका छौ।
8“म तिमीहरूलाई भन्दछु, हरेक जसले मलाई मानिसहरूका सामुन्ने स्वीकार गर्दछ, त्यसलाई मानिसको पुत्रले पनि परमेश्वरका दूतहरूका सामुन्ने स्वीकार गर्नेछ।
9तर जसले मलाई मानिसहरूका सामुन्ने अस्वीकार गर्दछ, परमेश्वरका दूतहरूका सामुन्ने त्यो पनि अस्वीकृत हुनेछ।
10हरेक जसले मानिसको पुत्रको विरुद्धमा बोल्छ, त्यसलाई क्षमा हुनेछ, तर जसले पवित्र आत्माको विरुद्धमा निन्दा गर्दछ, त्यसलाई क्षमा हुनेछैन।ⓚ
11“जब तिनीहरूले तिमीहरूलाई सभाघरहरू, शासकहरू र अधिकारीहरूका सामु ल्याउँछन्, तब तिमीहरूले कसरी र के जवाफ दिने, अथवा के भन्नुपर्ने, सो फिक्री नगर,ⓛ
12किनभने त्यसै बेला तिमीहरूले के भन्नुपर्ने हो पवित्र आत्माले तिमीहरूलाई सिकाउनुहुनेछ।”
13भीड़बाट एक जनाले उहाँलाई भन्यो, “गुरु, मेरा दाज्यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्डा गरिदेऊन्।”
14तर उहाँले त्यसलाई भन्नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँड़िदिने तुल्यायो?”
15उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”
16उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो।
17त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’
18तब त्यसले भन्यो, ‘म यसो गर्नेछु— आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु।
19अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्’।”
20“तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’
22उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ।
23किनकि प्राण भोजनभन्दा र शरीर वस्त्रभन्दा ठूलो हो।
24कागहरूलाई विचार गर: तिनीहरू न त छर्दछन्, न कटनी गर्दछन्, तिनीहरूको न त भण्डार न ढुकुटी नै छ, तर पनि परमेश्वरले तिनलाई खुवाउनुहुन्छ। तिमीहरू चराचुरुङ्गीभन्दा ज्यादै बढ़ी मोलका छौ!
25तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घड़ीसम्म पनि थप्न सक्छ?
26यसकारण तिमीहरू त्यतिको सानो काम पनि गर्न सक्दैनौ भने, अरू कुराको चिन्ता किन गर्दछौ?
27“लिली फूललाई विचार गर, कसरी तिनीहरू न त परिश्रम गर्छन् न कात्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्नो सारा गौरवमा यीमध्ये एउटा जतिको पनि विभूषित थिएनन्।ⓜ
28तर आज हुने र भोलि आगोमा फालिने मैदानको घाँसलाई परमेश्वरले यसरी आभूषित गर्नुहुन्छ भने, ए अल्पविश्वासी हो, उहाँले तिमीहरूलाई झन् कति बढ़ी आभूषित गर्नुहुनेछ।
29के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्तित पनि नहोओ।
30किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।
31तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्।
32“सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ।
34किनकि जहाँ तिम्रो धन छ, त्यहीँ तिम्रो मन पनि हुनेछ।
35“तिमीहरूका आफ्ना कम्मर कस र तिमीहरूका बत्ती बालिराख।ⓝ
36तिमीहरू ती मानिसहरू जस्ता होओ, जसले आफ्ना मालिक विवाहको भोजबाट फर्किआएर ढकढक्याउँदा तिनको निम्ति झट्टै ढोका खोलिदिन्छन्।
37ती नोकरहरू धन्यका हुन्, जसका मालिक घर आउँदा तिनीहरूलाई जागिरहेका भेट्टाउनेछन्। साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले आफ्नो पटुका कसेर तिनीहरूलाई खान बसाउनेछन्, र आएर तिनीहरूको सेवा गर्नेछन्।
38यदि तिनी मध्यरात वा त्यसभन्दा अझ ढिलो आउँदा पनि नोकरहरूलाई जागै भेट्टाए भने, तिनीहरू धन्यका हुन्।
39तर यो जान, कि चोर कुन बेला आउँछ भनेर घरका मालिकले जानेका भए तिनी जागा बस्नेथिए, र चोरलाई घर फोरेर पस्न दिनेथिएनन्।
40तिमीहरू पनि तयार रहो, किनकि तिमीहरूले नचिताएको बेलामा मानिसको पुत्र आउनेछ।”
41तब पत्रुसले भने, “हे प्रभु, के यो दृष्टान्त हाम्रै निम्ति मात्र बताउनुभएको हो, कि अरू सबैका निम्ति?”
42प्रभुले भन्नुभयो, “त्यो विश्वासी र बुद्धिमानी भण्डारे को हो, जसलाई त्यसका मालिकले आफ्ना परिवारलाई निश्चित समयमा तिनीहरूका भागमा पर्ने भोजन दिनलाई खटाउनेछन्?
43त्यो दास धन्यको हो, जसलाई त्यसका मालिक आउँदा त्यसै गरिरहेको भेट्टाउनेछन्।
44साँच्चै म तिमीहरूलाई भन्दछु, तिनले त्यसलाई आफ्ना सारा सम्पत्तिमाथि अधिकार दिनेछन्।
45तर त्यस दासले आफ्नो मनमा “मेरा मालिक आउन ढिलाउनुहुनेछ” भनेर कमारा र कमारीहरूलाई पिट्न लाग्यो, र त्यो खान, पिउन र मात्न लाग्यो भने,
46त्यसले आशा नगरेको दिन र नचिताएको घड़ीमा त्यसका मालिक आउनेछन्, र त्यसलाई दण्ड दिनेछन्, र त्यसको दशा अविश्वासीहरूको जस्तो हुनेछ।
47“आफ्नो मालिकको इच्छा जानेर तयार नरहने र तिनको इच्छाबमोजिम नगर्ने दासले चाहिँ ज्यादै पिटाइ खानेछ।
48तर मालिकको इच्छा नजानेर पिटाइ खाने योग्यको काम गर्नेले थोरै पिटाइ खानेछ। प्रत्येक जसलाई धेरै दिइएको छ, त्यसबाट धेरै मागिनेछ, र हरेक जसलाई धेरै सुम्पिएको छ, त्यसबाट अझ बढ़ी लिइनेछ।
49“म पृथ्वीमाथि आगो खन्याउन आएको हुँ, त्यो त बरु अघिबाटै सल्किसकेको भए हुनेथियो!
50एउटा बप्तिस्मा छ, जो मैले लिनुपर्नेछ। त्यो पूरा नहोउञ्जेल म अति व्याकुल छु!ⓞ
51के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ।
52किनभने अब उसो एक परिवारमा पाँच जना एक-अर्कामा विभाजित हुनेछन्, तीन जनाका विरुद्धमा दुई, र दुई जनाका विरुद्धमा तीन।
53तिनीहरूमा विभाजन हुनेछ— बाबुको विरुद्धमा छोरा, र छोराको विरुद्धमा बुबा, आमा छोरीको विरुद्धमा र छोरी आमाको विरुद्धमा, सासू आफ्नी बुहारीको विरुद्धमा, र बुहारी त्यसकी सासूको विरुद्धमा।”ⓟ
54उहाँले भीड़लाई पनि भन्नुभयो, “तिमीहरू पश्चिमतिर बादल उठ्दैगरेको देखेर झट्टै भन्दछौ, ‘पानी पर्ने रहेछ,’ र त्यसै हुन्छ।
55जब दक्षिणी बतास चल्छ तब तिमीहरू भन्छौ, ‘गर्मी हुनेछ, र त्यसै हुन्छ।
56ए कपटी हो! तिमीहरू आकाश र पृथ्वीका लक्षणहरू बताइदिन सक्छौ, तर वर्तमान समयको अर्थ लाउन किन जान्दैनौ?
57“कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ?
58तिमीहरूको उजूरवालासँग हाकिमकहाँ जाँदा, बाटैमा त्यससँग मिलाप गर, नत्रता त्यसले तिमीलाई न्यायाधीशकहाँ तानेर लैजानेछ, र न्यायाधीशले तिमीलाई अफिसरको हातमा जिम्मा दिनेछ, र अफिसरले तिमीलाई झ्यालखानमा हालिदिनेछ।