1एक दिन मन्दिरमा उहाँले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो, र तिनीहरूलाई सुसमाचार प्रचार गरिरहनुभएको थियो। धर्म-गुरुहरूका साथमा मुख्य पूजाहारीहरू र शास्त्रीहरू उहाँकहाँ आए,
2र उहाँलाई सोधे, “हामीलाई भन, कुन अधिकारले तिमी यी काम गर्दछौ, अथवा तिमीलाई यो अधिकार दिने को हो?”
3उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “म पनि तिमीहरूलाई एउटा कुरा सोध्छु, मलाई उत्तर देओ।
4यूहन्नाले दिएको बप्तिस्मा स्वर्गबाट थियो, कि मानिसबाट?”
5तिनीहरू आपसमा बहस गर्न लागे, “‘स्वर्गबाट’ भनौं भने, ‘तिमीहरूले उनलाई किन विश्वास गरेनौ?’ भनेर तिनले भन्नेछन्।
6‘मानिसबाट’ भनौं भने, सबै मानिसहरूले हामीलाई ढुङ्गाले हान्नेछन्, किनकि यूहन्ना अगमवक्ता हुन् भन्ने तिनीहरूको पक्का विश्वास छ।”
7यसकारण तिनीहरूले जवाफ दिए, “हामी जान्दैनौं, कहाँबाट आएको हो।”
8तब येशूले तिनीहरूलाई भन्नुभयो, “उसो भए म कुन अधिकारले यी काम गर्दछु, म पनि तिमीहरूलाई भन्दिनँ।”
9उहाँले मानिसहरूलाई यो दृष्टान्त भन्नुभयो: “एक जना मानिसले दाखबारी लगाए, र मोहीहरूलाई दिएर धेरै दिनका निम्ति परदेश गए।ⓥ
10फल पाकिसकेपछि दाखबारीबाट केही फल लिन दाखबारीका मालिकले आफ्नो एउटा नोकरलाई मोहीहरूकहाँ पठाए। तर मोहीहरूले त्यसलाई पिटेर रित्तै पठाइदिए।
11तिनले अझै अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्यसलाई पनि पिटी बेइज्जत गरेर रित्तै पठाइदिए।
12तिनले तेस्रालाई पनि पठाए। तर तिनीहरूले त्यसलाई पनि घाइते बनाएर निकालिदिए।
13“अनि दाखबारीका मालिकले भने, ‘अब म के गरूँ? म आफ्नो प्यारो छोरो पठाउनेछु। शायद उसलाई त तिनीहरूले आदर गर्लान्।’
14“तर मोहीहरूले उसलाई देखेर आपसमा कुरा गरे, ‘यो त हकवाला हो। हामी यसलाई मारौं, र सम्पत्तिको हक हाम्रो हुनेछ।’
15अनि तिनीहरूले उसलाई दाखबारीको बाहिर लगेर मारे।
15“अब दाखबारीका मालिकले तिनीहरूलाई के गर्लान्?
16तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्।”
16मानिसहरूले यो सुनेर भने, “यस्तो कहिले नहोस्।”
17तर उहाँले तिनीहरूलाई हेरेर भन्नुभयो, “यो लेखिएको के हो त?ⓦ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे,त्यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्यो।’
18त्यस ढुङ्गामाथि खस्ने हरेक चकनाचूर हुनेछ, तर जसमाथि त्यो खस्छ त्यसले त्यसलाई धूलोपीठो पार्नेछ।”
19तब शास्त्रीहरू र मुख्य पूजाहारीहरूले त्यसै बेला उहाँलाई पक्रन खोजे। तिनीहरूलाई थाहा थियो कि यो दृष्टान्त तिनीहरूकै विरुद्धमा भनिएको थियो तर तिनीहरू मानिसहरूसँग डराउँथे।
20तिनीहरू मौका हेर्न लागे, र धर्मी भई टोपल्ने जासूसहरूलाई तिनीहरूले उहाँकहाँ पठाए। येशूले भन्नुभएको कुरामा उहाँलाई फसाएर अधिकारीहरू र हाकिमका हातमा उहाँलाई सुम्पिदिने दाउमा तिनीहरू थिए।
21तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, हामी जान्दछौं, तपाईं ठीक बोल्नुहुन्छ र ठीक सिकाउनुहुन्छ, र कसैको पक्षपात गर्नुहुन्न, तर सत्यतासाथ परमेश्वरको मार्ग सिकाउनुहुन्छ।
22हामीले कैसरलाई कर तिर्नु उचित छ, कि छैन?”
23तर उहाँले तिनीहरूको कपट बुझेर तिनीहरूलाई भन्नुभयो,
24“मलाई एउटा सिक्का देखाओ। यसमा कसको चित्र र कसको नाउँ खोपिएको छ?”
24तिनीहरूले भने, “कैसरको।”
25उहाँले तिनीहरूलाई भन्नुभयो, “यसकारण जे कैसरका हुन् कैसरलाई देओ, र जे परमेश्वरका हुन् परमेश्वरलाई देओ।”
26मानिसहरूका सामुन्ने तिनीहरूले उहाँलाई कुरामा फसाउन सकेनन्, र उहाँको जवाफमा तिनीहरू चकित भएर चूप रहे।
27त्यसपछि उहाँकहाँ केही सदुकीहरू आए। मृतकबाट पुनरुत्थान हुँदैन भन्ने तिनीहरूको धारणा थियो। तिनीहरूले उहाँलाई सोधे, ⓧ
28“गुरुज्यू, मोशाले हामीलाई लेखिदिएका थिए, कि कुनै मानिसको विवाहित दाजु निस्सन्तान मर्यो भने, भाइचाहिँले त्यसकी पत्नीलाई विवाह गरी दाज्यूको सन्तान खड़ा गरिदिनुपर्छ। ⓨ
29सात भाइ थिए। जेठोले एउटी पत्नी ल्याएर निस्सन्तान मर्यो,
30र माहिलोले
31र साहिँलोले त्यसलाई विवाह गरे र त्यसै गरी ती सातै जना निस्सन्तान मरे।
34येशूले तिनीहरूलाई भन्नुभयो, “यस युगका मानिसहरू विवाह गर्छन्, र विवाह गरिदिन्छन्।
35तर त्यस युगसम्म पुग्न योग्य ठहरिनेहरूले, र मृतकबाट जीवित भई उठ्न योग्य हुनेहरूले न विवाह गर्छन्, न विवाह गरिदिन्छन्।
36तिनीहरू फेरि मर्दैनन्, किनभने तिनीहरू स्वर्गदूतहरूसमान हुन्, र पुनरुत्थानका सन्तान भएका हुनाले परमेश्वरका सन्तान हुन्।
37तर मृतकहरू जीवित भई उठ्नेछन् भन्ने कुरा मोशाले पनि पोथ्राको विवरणमा परमप्रभुलाई अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वर भनेर पुकार्दा देखाइदिए। ⓩ
38उहाँ मृतकहरूका परमेश्वर हुनुहुन्न, तर जीवितहरूका परमेश्वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जीवित छन्।”
39अनि शास्त्रीहरूमध्ये कुनै-कुनैले भने, “गुरुज्यू, तपाईंले असलै भन्नुभयो।”
40त्यसपछि फेरि कसैले उहाँलाई कुनै प्रश्न सोध्ने आँट गरेन।
41तर उहाँले तिनीहरूलाई भन्नुभयो, “ख्रीष्ट दाऊदका पुत्र हुन् भनी तिनीहरू कसरी भन्दछन्?
42किनकि भजनको पुस्तकमा दाऊद आफै भन्दछन्,ⓐ
42‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो,“तिमी मेरो दाहिने हातपट्टि बस,
43जबसम्म म तिम्रा शत्रुहरूलाईतिम्रा खुट्टाको पाउदान तुल्याउँदिनँ’।”
44यसरी दाऊदले उनलाई ‘प्रभु’ भन्दछन् भने, फेरि उनी कसरी दाऊदका पुत्र भए?”
45अनि सबै मानिसहरूले सुन्दैगर्दा उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो,
46“लामो पोशाक पहिरेर यताउति हिँड्ने, र बजारमा अभिवादन खोज्ने, र सभाघरहरूमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउने शास्त्रीहरूदेखि होशियार रहो।
47तिनीहरूले विधवाहरूका घर हड़प गर्छन्, र लामो देखावटी प्रार्थना गर्छन्। यिनीहरूले नै बढ़ी दण्ड पाउनेछन्।”