1सबै सभासद्हरू उठे, र उहाँलाई पिलातसकहाँ ल्याए।
2तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ।”
3पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
4तब पिलातसले मुख्य पूजाहारीहरू र भीड़हरूलाई भने, “म यी मानिसमा केही दोष भेट्टाउँदिनँ।”
5तर तिनीहरूले बड़ो जोड दिएर भने, “यसले सारा यहूदिया, र गालीलदेखि यस ठाउँसम्म शिक्षा दिएर मानिसहरूलाई भड्काउँदैछ।”
6तर पिलातसले यो सुनेर, ‘यो मानिस गालीलको हो कि’ भनेर सोधे।
7अनि उहाँ हेरोदको इलाकाका मानिस रहेछन् भन्ने थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। ती दिनमा हेरोद आफै पनि यरूशलेममा थिए।
8अब येशूलाई देखेर हेरोद अत्यन्त खुसी भए। किनकि तिनले उहाँको विषयमा सुनेका हुनाले धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा गरेका थिए, र उहाँले केही आश्चर्य काम गर्नुभएको हेर्ने आशा गर्थे।
9तिनले उहाँलाई धेरै प्रश्न गरे, तर उहाँले तिनलाई केही जवाफ दिनुभएन।
10मुख्य पूजाहारीहरू र शास्त्रीहरूचाहिँ खड़ा भएर उहाँलाई जोड़तोड़साथ दोष लाउन लागे।
11हेरोदले आफ्ना सिपाहीहरूसँग मिली उहाँलाई तिरस्कारपूर्ण व्यवहार गरे, र उहाँको गिल्ला गरे। त्यसपछि उहाँलाई रवाफिलो पोशाक पहिराएर पिलातसकहाँ फर्काई पठाइदिए।
12त्यही दिन पिलातस र हेरोद दुवै आपसमा मित्र भए। किनकि अघि तिनीहरूका बीचमा वैरभाव थियो।
13तब पिलातसले मुख्य पूजाहारीहरू, शासकहरू, र जनतालाई जम्मा गरे।
14उनले तिनीहरूलाई भने, “तिमीहरूले मानिसहरू भड्काउने भनी यिनलाई मेरो सामुन्ने ल्यायौ। तिमीहरूकै सामुन्ने केरकार गर्दा तिमीहरूले यिनमाथि लाएका अभियोगको दोषी भेट्टाइनँ।
15हेरोदले पनि दोषी भेट्टाएनन्, किनभने तिनले यिनलाई हामीकहाँ नै फर्काइदिए। अब हेर, यिनले मृत्युदण्ड पाउने योग्यको कुनै काम गरेका छैनन्।
16यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”
17चाड़को उपलक्ष्यमा तिनीहरूका निम्ति पिलातसले एउटा कैदी छोडिदिनुपर्थ्यो।]
18तिनीहरू सबै एकसाथ यसो भनेर कराए, “यसलाई हटाउनुहोस्, र हाम्रा निम्ति बारब्बालाई छोडिदिनुहोस्।”
19बारब्बाचाहिँ सहरमा भएको कुनै विद्रोह र हत्याको अभियोगमा कारागारमा थुनिएको थियो।
20येशूलाई छोडिदिने इच्छा गरेर पिलातसले फेरि तिनीहरूलाई सम्झाए।
21तर तिनीहरू यसो भन्दै चिच्च्याइरहे, ‘क्रूसमा टाँग्नुहोस्, त्यसलाई क्रूसमा टाँग्नुहोस्।”
22अनि तिनले तेस्रो पल्ट तिनीहरूलाई भने, “किन? यी मानिसले के खराबी गरेका छन् र? मैले त यिनलाई मृत्युदण्ड दिने कुनै कारण भेट्टाइनँ, यसकारण म यिनलाई सजाय गरेर छोडिदिनेछु।”
23तर तिनीहरूले ठूलो सोरले कराउँदै उहाँलाई क्रूसमा टाँग्नैपर्छ भन्ने माग गर्न लागे। तिनीहरूको चित्कार सफल भयो।
24अनि पिलातसले तिनीहरूको माग पूरा गरिदिने फैसला सुनाए।
25तिनले त्यस मानिसलाई छोडिदिए, जो विद्रोह र हत्याको अभियोगमा कारागारमा परेको थियो। त्यसैलाई छोडिदिनुहोस् भनेर तिनीहरूले माग गरेका थिए। तर येशूलाई चाहिँ तिनले तिनीहरूको इच्छामा सुम्पिदिए।
26तिनीहरूले उहाँलाई त्यहाँबाट लैजाँदा, गाउँबाट आइरहेको सिमोन नाउँको कुरेनी निवासीलाई समाते, र क्रूस बोकेर उहाँको पछिपछि जान लगाए।
27मानिसहरूको ठूलो धुइरो उहाँको पछि लाग्यो। त्यसमा स्त्रीहरू पनि थिए, जो विलाप गर्दै र रुँदैथिए।
28तर तिनीहरूतिर फर्केर येशूले भन्नुभयो,
29
30
31
32अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्युदण्ड दिनलाई लगे।
33जब तिनीहरू खप्परे भन्ने ठाउँमा आए, तब त्यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे।
34अनि येशूले भन्नुभयो,
35मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्वरका ख्रीष्ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्।”
36सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्ला गरे,
37“तँ यहूदीहरूका राजा होस् भने आफूलाई बचा।”
38“यो यहूदीहरूको राजा हो” भन्ने दोष-पत्र पनि उहाँको मास्तिर थियो।
39क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।”
40तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस्?
41हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्।”
42तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्।”
43उहाँले त्यसलाई भन्नुभयो,
44प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्म सारा देशलाई अन्धकारले ढाक्यो।
45सूर्यको तेजै कम भयो, र मन्दिरको पर्दा माझमा च्यातिएर दुई भाग भयो।
46उच्च सोरले कराएर येशूले भन्नुभयो,
47यो सब घटना देखेर कप्तानले यसो भन्दै परमेश्वरको महिमा गरे, “निश्चय नै यिनी धार्मिक मानिस थिए।”
48यो दृश्य हेर्न जम्मा भएका सबै मानिसहरूले यी सब देखे, र आ-आफ्ना छाती पिट्दै घर फर्के।
49तर उहाँका चिनाजानीहरू र गालीलबाट उहाँको पछिपछि आउने स्त्रीहरू टाढ़ा उभिएर यी घटनाहरू हेरिरहे।
50योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए।
51उनले तिनीहरूका सल्लाह र कार्यमा सम्मति दिएका थिएनन्। उनी यहूदीहरूका अरिमाथिया सहरका मानिस थिए। उनी परमेश्वरका राज्यको बाटो हेर्दैथिए।
52उनले पिलातसकहाँ गएर येशूको लाश मागे,
53उहाँको लाश तल झारेर मलमलको कपड़ामा लपेटे, र चट्टानमा कपेर बनाएको एउटा चिहानमा राखे, जहाँ कहिल्यै कोही राखिएको थिएन।
54त्यो तयारीको दिन थियो, अनि शबाथ सुरु हुनै लागेको थियो।
55गालीलबाट उहाँको साथमा आउने स्त्रीहरू पछिपछि गए, र त्यो चिहान हेरे, र उहाँको लाश कसरी राखियो सो देखे।
56तब फर्केर तिनीहरूले सुगन्धित द्रव्य र अत्तरहरू तयार गरे। अनि व्यवस्थाको आज्ञाअनुसार शबाथमा तिनीहरूले विश्राम गरे।