1हप्ताको पहिलो दिन बिहान सखारै ती स्त्रीहरूले तयार गरेका सुगन्धित द्रव्य लिएर तिनीहरू चिहानमा आए।
2तिनीहरूले ढुङ्गा चिहानबाट हटाएको भेट्टाए।
3तर भित्र पस्दा तिनीहरूले प्रभु येशूको शरीर पाएनन्।
4जब तिनीहरू यस विषयमा अलमल्ल परिरहेका थिए, तब चहकिलो पोशाक पहिरिएका दुई पुरुषहरू तिनीहरूका छेवैमा खड़ा भए।
5तिनीहरू भयभीत भए अनि जमिनतिर शिर झुकाए, तर ती दुई पुरुषले भने, “तिमीहरू जीवित व्यक्तिलाई मृतकहरूका बीचमा किन खोज्छौ?
6उहाँ यहाँ हुनुहुन्न, तर जीवित भई उठ्नुभएको छ। गालीलमा हुनुहुँदा उहाँले तिमीहरूलाई के भन्नुभएको थियो त्यो याद गर,
7कि मानिसको पुत्र पापी मानिसहरूका हातमा सुम्पिनु, र क्रूसमा टाँगिनु, र तेस्रो दिनमा जीवित भई उठ्नु आवश्यक छ’।”
8तिनीहरूले उहाँका वचन सम्झे।
9अनि चिहानबाट फर्केर तिनीहरूले यी सबै कुरा एघार चेलाहरू र अरू सबैलाई बताए।
10ती स्त्रीहरूचाहिँ, मरियम मग्दलिनी, योअन्ना, र याकूबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने।
11तर तिनीहरूले यी कुरा वाहियात हुन् भन्ठाने, र तिनीहरूले विश्वास गरेनन्।
12तर पत्रुस उठेर चिहानमा दौड़ेर गए, र निहुरेर हेर्दा सूती कपड़ाका पट्टीहरू मात्र देखे। त्यो घटना देखेर अचम्म मानी उनी गइहाले।
13त्यही दिन उहाँका चेलाहरूमध्ये दुई जना यरूशलेमबाट प्राय: एघार किलोमिटर टाढ़ाको इम्माउस नाउँको एउटा गाउँतिर गइरहेका थिए।
14घटेका सबै घटनाहरूबारे तिनीहरू आपसमा बातचीत गर्दैथिए।
15तिनीहरू आपसमा बातचीत गर्दै र बहस गरिरहेको बेला येशू आफै नजिक आएर तिनीहरूका साथ लाग्नुभयो,
16तर तिनीहरूका आँखा उहाँलाई चिन्न नसक्ने तुल्याइएका थिए।
17उहाँले तिनीहरूलाई सोध्नुभयो,
18ती दुईमध्ये क्लेओपासले उहाँलाई जवाफ दिए, “यरूशलेम घुमफिर गरी आउने भएर पनि हिजोआज त्यहाँ के घटिरहेछ तपाईंलाई थाहा छैन?”
19उहाँले तिनीहरूलाई सोध्नुभयो,
20तर मुख्य पूजाहारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्युदण्डको निम्ति सुम्पिदिए, र उहाँलाई क्रूसमा टाँगे।
21इस्राएलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोड़ेर, यो घटना घटेको आज तेस्रो दिन हो।
22यसबाहेक हामी मध्येका कोही-कोही स्त्रीहरूले हामीलाई चकित बनाएका छन्। तिनीहरू आज बिहान सखारै चिहानमा गए,
23र येशूको शरीर भेट्टाएनन्। तिनीहरूले आएर हामीहरूलाई सुनाए, ‘हामीले स्वर्गदूतहरूलाई देख्यौं, जसले येशू जीवित हुनुहुन्छ भने।’
24हामीहरूमध्येका कोही-कोही चिहानमा गए, र ती स्त्रीहरूले जे भनेका थिए, त्यस्तै भेट्टाए, तर उहाँलाई चाहिँ देखेनन्।”
25उहाँले तिनीहरूलाई भन्नुभयो,
26
27तब मोशा र सबै अगमवक्ताहरूबाट सुरु गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो।
28तिनीहरू जुन गाउँमा गइरहेका थिए त्यसको नजिकै पुगे। उहाँ अझै पर जान चाहने जस्तो गर्नुभयो।
29तर तिनीहरूले उहाँलाई यसो भनेर कर लाए, “हामीसँगै बस्नुहोस्, किनकि साँझ पर्न लाग्यो, र दिन धेरै ढल्किसकेको छ।” अनि उहाँ तिनीहरूसँग बस्नलाई घरभित्र पस्नुभयो।
30जब येशू तिनीहरूसँग खान बस्नुभयो उहाँले रोटी लिएर आशीर्वाद दिनुभयो, र भाँचेर तिनीहरूलाई दिन लाग्नुभयो।
31तब तिनीहरूका आँखा खुले, र तिनीहरूले उहाँलाई चिने। अनि उहाँचाहिँ तिनीहरूका दृष्टिबाट अल्पिनुभयो।
32तिनीहरूले आपसमा भने, “उहाँ हामीसँग बाटोमा बातचीत गर्नुहुँदा, र हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा के हाम्रो हृदय प्रज्वलित भएको थिएन र?”
33तिनीहरू त्यति नै बेला उठेर यरूशलेममा फर्के, र एघार चेला र तिनीहरूसँग जम्मा भएकाहरूलाई भेटे,
34र तिनीहरूलाई यसो भने, “प्रभु साँच्चै नै जीवित भई उठ्नुभएछ र सिमोनकहाँ देखा पर्नुभएको हो रहेछ।”
35तिनीहरूले बाटोमा भएका कुराहरू र रोटी भाँच्दाखेरि कसरी तिनीहरूले उहाँलाई चिने, सो बताइदिए।
36तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो,
37तिनीहरू तर्से, र डरले आत्तिए, र “हामीले त प्रेत देखिरहेछौं” भन्ने सम्झे।
38तर उहाँले तिनीहरूलाई भन्नुभयो,
39
40यसो भन्नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउ देखाउनुभयो।
41तर खुसीले पत्यार गर्न नसकी तिनीहरू छक्क पर्दा उहाँले तिनीहरूलाई भन्नुभयो,
42तिनीहरूले पकाएको माछाको एक टुक्रा उहाँलाई दिए।
43अनि उहाँले त्यो लिएर तिनीहरूकै सामुन्ने खानुभयो।
44उहाँले तिनीहरूलाई भन्नुभयो,
45तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो।
46उहाँले तिनीहरूलाई भन्नुभयो,
47
48
49
50त्यसपछि उहाँले तिनीहरूलाई बेथानियासम्म लैजानुभयो, र आफ्नो हात उचालेर तिनीहरूलाई आशीर्वाद दिनुभयो।
51उहाँले तिनीहरूलाई आशीर्वाद दिनुहुँदैगर्दा, उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गमा लगिनुभयो।
52तिनीहरूले उहाँको उपासना गरे, र बड़ो आनन्दसाथ यरूशलेम फर्के।
53अनि तिनीहरू परमेश्वरको प्रशंसा गर्दै मन्दिरमा निरन्तर रहन लागे।