1येशू पवित्र आत्माले परिपूर्ण भएर यर्दनबाट फर्कनुभयो, र आत्माले उहाँलाई उजाड-स्थानमा लैजानुभयो
2र चालीस दिनसम्म उजाड-स्थानमा दियाबलसबाट
3तब दियाबलसले उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यस ढुङ्गालाई आज्ञा गर्नुहोस्, र त्यो रोटी बनोस्।”
4येशूले त्यसलाई जवाफ दिनुभयो,
5त्यसले उहाँलाई एउटा उच्च स्थानमा लगेर एकै क्षणमा जगत्का सबै राज्यहरू देखायो।
6दियाबलसले उहाँलाई भन्यो, “म यो सारा अधिकार र यिनको गौरव तपाईंलाई दिनेछु, किनभने यी सबै मलाई सुम्पिएका छन्, र म जसलाई इच्छा गर्दछु, त्यसलाई दिँदछु।
7तपाईंले मलाई दण्डवत् गर्नुभयो भने यी सबै तपाईंका हुनेछन्।”
8येशूले त्यसलाई जवाफ दिनुभयो,
9तब त्यसले उहाँलाई यरूशलेममा लगेर मन्दिरको टुप्पामा राख्यो, र उहाँलाई भन्यो, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ भने यहाँबाट हामफाल्नुहोस्।
10किनभने लेखिएको छ,
11
12येशूले त्यसलाई जवाफ दिनुभयो,
13दियाबलसले उहाँलाई सबै परीक्षा गरिसकेपछि अनुकूल समय नभएसम्म उहाँलाई छोड़ेर गयो।
14येशू पवित्र आत्माको शक्तिमा गालीलमा फर्कनुभयो, र उहाँका विषयको कुरा वरिपरिका सबै ठाउँमा फिँजियो।
15उहाँले सभाघरहरूमा शिक्षा दिन लाग्नुभयो, र सबैले उहाँको प्रशंसा गर्थे।
16उहाँ नासरतमा आउनुभयो, जहाँ उहाँ हुर्कनुभएको थियो। उहाँ आफ्नो आदतअनुसार शबाथ-दिनमा
17उहाँलाई यशैया अगमवक्ताको पुस्तक दिइयो। उहाँले त्यो पुस्तक खोल्नुभयो, र यो कुरो लेखिएको खण्ड निकाल्नुभयो:
18
19
20उहाँले पुस्तक बन्द गर्नुभयो, र एक जना सेवकलाई दिएर उहाँ बस्नुभयो। सभाघरमा भएकाहरू सबैको नजर उहाँमाथि पर्यो।
21तब उहाँले तिनीहरूलाई भन्नुभयो,
22सबैले उहाँको सराहना गरे, र उहाँको मुखबाट निस्केका कृपापूर्ण वचनमा छक्क परे, र तिनीहरूले भने, “यिनी योसेफका छोरा होइनन् र?”
23उहाँले तिनीहरूलाई भन्नुभयो,
24अनि उहाँले भन्नुभयो,
25
26
27
28यी कुरा सुनेर सभाघरमा भएका सबै जना रीसले चूर भए।
29तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।
30तर उहाँ तिनीहरूका बीचबाट छिरेर निस्किजानुभयो।
31उहाँ गालीलको एउटा सहर कफर्नहुममा झर्नुभयो। शबाथ-दिनमा उहाँले तिनीहरूलाई शिक्षा दिँदैहुनुहुन्थ्यो।
32तिनीहरू उहाँको शिक्षामा छक्क परे, किनकि उहाँको वचन अधिकारपूर्ण थियो।
33सभाघरमा अशुद्ध भूतात्मा लागेको एक जना मानिस थियो, र त्यो चर्को सोरले चिच्च्यायो,
34“हे येशू नासरी, तपाईंको हामीहरूसँग के काम? के तपाईं हामीहरूलाई नष्ट गर्न आउनुभएको हो? मलाई थाहा छ, तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ।”
35अनि येशूले त्यसलाई हकारेर भन्नुभयो,
36तब तिनीहरू सबै छक्क परे, र आपसमा यसो भने, “यो कस्तो वचन हो? यिनले त अधिकार र शक्तिसित अशुद्ध आत्माहरूलाई आज्ञा गर्दछन्, र ती निस्किजान्छन्।”
37उहाँको चर्चा वरिपरिका मुलुकको हरेक ठाउँमा फिँजियो।
38सभाघरबाट निस्केर उहाँ सिमोनको घरमा पस्नुभयो। सिमोनकी सासू कड़ा जरोले थलिएकी थिइन्, र तिनीहरूले तिनको निम्ति उहाँसँग बिन्ती गरे।
39तिनको नजिकै उभिएर उहाँले जरोलाई हकार्नुभयो, र जरोले तिनलाई छोडिहाल्यो, र तुरुन्तै उठेर तिनले उहाँहरूको सेवा गरिन्।
40अब घाम अस्ताउन लाग्दा अनेक किसिमका रोग भएका बिरामीहरू सबैलाई तिनीहरूले उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्ना हात राखेर तिनीहरूलाई निको पार्नुभयो।
41धेरै मानिसहरूबाट भूतहरू पनि चिच्च्याउँदै र यसो भन्दै निस्के, “तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।” तर उहाँले तिनीहरूलाई हकारेर बोल्न दिनुभएन, किनभने तिनीहरूले उहाँ ख्रीष्ट हुनुहुन्छ भनी चिन्थे।
42बिहान उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँमा जानुभयो। भीड़हरू उहाँलाई खोज्दै उहाँकहाँ आइपुगे, र “हामीहरूलाई छोड़ेर नजानुहोस्” भनी उहाँलाई रोक्ने प्रयत्न गरे।
43तर उहाँले तिनीहरूलाई भन्नुभयो,
44अनि उहाँ यहूदियाका सभाघरहरूमा प्रचार गर्न लाग्नुभयो।