1शबाथ-दिनमा उहाँ अन्नको खेतबाट भएर जाँदैहुनुहुन्थ्यो, र उहाँका चेलाहरूले बाली टिपेर हातमा माड्दै खान लागे। ⓒ
2तर फरिसीहरूमध्ये कुनै-कुनैले तिनीहरूलाई भने, “शबाथ-दिनमा जे गर्नु उचित छैन त्यो तिमीहरू किन गर्दछौ?”
3येशूले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “के तिमीहरूले यो पनि पढ़ेका छैनौ, दाऊदले जब तिनी आफै र तिनको साथमा हुनेहरू भोकाएका थिए, तब के गरे? ⓓ
4कसरी परमेश्वरको घरमा पसेर अर्पण गरिएको रोटी झिकेर तिनले खाए, र तिनीसँग हुनेहरूलाई पनि दिए, जो पूजाहारीहरूलाई बाहेक अरूलाई खान निषेध थियो।”ⓔ
5अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसको पुत्र शबाथको प्रभु हो।”
6अर्को शबाथमा सभाघरभित्र पसेर उहाँले शिक्षा दिनुभयो। त्यहाँ एक जना मानिस थियो जसको दाहिने हात सुकेको थियो।
7उहाँले शबाथमा निको पार्ने काम गरेको खण्डमा उहाँलाई दोष लगाउने नियतले शास्त्री र फरिसीहरू उहाँको चेवामा थिए।
8तर उहाँले तिनीहरूको नियत थाहा पाउनुभयो, र सुकेको हात भएको मानिसलाई भन्नुभयो, “यहाँ आऊ र खड़ा होऊ।” अनि त्यो उठ्यो, र खड़ा भयो।
9तब येशूले तिनीहरूलाई भन्नुभयो, “म तिमीहरूलाई सोध्छु, शबाथमा असल गर्नु वा खराब गर्नु, प्राण बचाउनु वा नाश गर्नु, कुनचाहिँ उचित हो?”
10अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो।
11तर तिनीहरू रीसले चूर भए, र येशूलाई के गरौं भनी आपसमा मतो गर्न लागे।
12ती दिनमा उहाँ पहाड़तिर प्रार्थना गर्न जानुभयो, र परमेश्वरसँग प्रार्थना गर्दै पूरै रात बिताउनुभयो।
13बिहान भएपछि उहाँले आफ्ना चेलाहरूलाई आफूकहाँ बोलाएर तिनीहरूमध्ये बाह्र जनालाई छान्नुभयो, र उहाँले तिनीहरूलाई प्रेरित भन्ने नाउँ दिनुभयो:
14सिमोन, जसलाई उहाँले पत्रुस नाउँ पनि दिनुभयो, र तिनका भाइ अन्द्रियास, याकूब र यूहन्ना, फिलिप र बारथोलोमाइ,
15मत्ती र थोमा, अल्फयसका छोरा याकूब, र सिमोन, जो उग्रपन्थी भनिन्थे,
16याकूबका छोरा यहूदा, र यहूदा इस्करियोत, जो विश्वासघाती भए।
17उहाँ तिनीहरूसँग तल ओर्लेर एउटा समतल जग्गामा खड़ा हुनुभयो। उहाँका शिष्यहरूको एउटा ठूलो भीड, र समस्त यहूदिया र यरूशलेम, र समुद्र तटवर्ती टुरोस र सीदोनका इलाकाबाट ठूलो भीड
18उहाँका वचन सुन्नलाई र आ-आफ्ना रोगबाट निको हुनलाई आएका थिए। अशुद्ध आत्माहरूबाट पीडितहरू पनि निको भए।
19सारा भीड़ले उहाँलाई छुन खोज्दथियो, किनकि शक्ति उहाँबाट निस्किरहेको थियो, र तिनीहरू सबैलाई निको पार्दथियो।
20तब उहाँले आफ्ना चेलाहरूमाथि नजर उचालेर भन्नुभयो: “धन्य तिमी, दीन हुनेहरू, किनभने परमेश्वरको राज्य तिमीहरूकै हो।
21धन्य तिमी, अहिले भोकाउनेहरू,किनभने तिमीहरू तृप्त हुनेछौ। धन्य तिमी, अहिले रुनेहरू,किनभने तिमीहरू हाँस्नेछौ।
22धन्य तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको पुत्रको खातिर घृणा गर्नेछन्, र बहिष्कार गर्नेछन्, र गिल्ला गर्नेछन्, र दुष्ट ठानी तिमीहरूका नाउँलाई अपमान गर्नेछन्।ⓕ
23“त्यस दिन रमाओ, र खुसीले उफ्र, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनकि तिनीहरूका पुर्खाहरूले अगमवक्ताहरूलाई त्यसै गरेथे।ⓖ
32“तिमीहरूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूसँग प्रेम गर्दछन्।
33तिमीहरूको भलाइ गर्नेहरूलाई भलाइ गर्दछौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि पापीहरूले पनि त्यसै गर्दछन्।
34यदि फिर्ता पाउने आशा राखेर कसैलाई ऋण दिन्छौ भने, तिमीहरूलाई के लाभ भयो र? किनकि फेरि उत्ति नै पाउने आशा राखेर पापीहरूले पापीहरूलाई ऋण दिन्छन्।
35तर आफ्ना शत्रुहरूलाई प्रेम गर, र तिनीहरूको भलाइ गर। फेरि पाउने आशा नराखी ऋण देओ, र तिमीहरूको इनाम ठूलो हुनेछ, अनि तिमी सर्वोच्चका सन्तान ठहरिनेछौ, किनकि उहाँ बैगुनी र स्वार्थीमाथि कृपालु हुनुहुन्छ।
36तिमीहरूका पिता कृपालु हुनुभएझैँ, तिमीहरू पनि कृपालु होओ।
37“अरूको न्याय नगर र तिमीहरूको पनि न्याय गरिनेछैन। अरूलाई दोषी नठहराओ, र तिमीहरू दोषी ठहराइनेछैनौ। क्षमा गर, र तिमीहरूलाई पनि क्षमा गरिनेछ।
38देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।”ⓘ
39अनि उहाँले तिनीहरूलाई एउटा दृष्टान्त पनि भन्नुभयो: “के अन्धाले अन्धालाई डोर्याउन सक्छ? के तिनीहरू दुवै खाड़लमा पर्दैनन् र?ⓙ
40चेला आफ्ना गुरुभन्दा श्रेष्ठ हुँदैन, तर पूरा शिक्षा पाएपछि ऊ आफ्ना गुरुजस्तै हुनेछ।ⓚ
41“आफ्नो भाइको आँखामा भएको छेस्को तिमी किन देख्तछौ, तर आफ्नै आँखामा भएको मूढ़ाचाहिँ थाहा पाउँदैनौ?
42तिमी आफ्नो आँखामा भएको मूढ़ा देख्दैनौ भने, आफ्नो भाइलाई ‘ए भाइ, तिम्रो आँखामा भएको छेस्को मलाई निकाल्न देऊ’ भनी तिमी कसरी भन्न सक्छौ? ए कपटी, पहिला आफ्नै आँखाबाट मूढ़ा निकाल, र तब तिमीले भाइको आँखामा भएको छेस्को निकाल्नलाई छर्लङ्गै देख्न सक्छौ।
43“कुनै असल रूखले खराब फल फलाउँदैन, न त खराब रूखले असल फल फलाउँछ।
44हरेक रूख त्यसको फलैबाट चिनिन्छ। किनभने काँढ़ाका झाँगबाट कसैले अञ्जीर बटुल्दैन, न त पोथ्राबाट अंगूर बटुल्दछ।ⓛ
45असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्दछ, र दुष्ट मानिसले आफ्नो हृदयको दुष्ट भण्डारबाट दुष्ट थोक नै निकाल्दछ। किनकि जुन कुराले हृदय भरिएको हुन्छ, मानिसको मुखबाट त्यही निस्कन्छ। ⓜ
46“मैले भनेका कुरा गर्दैनौ भने किन मलाई ‘प्रभु, प्रभु,’ भन्दछौ?
47जो मकहाँ आउँछ, मेरा वचन सुन्छ र तीअनुसार गर्छ, त्यो कस्तो मानिस हो, म तिमीहरूलाई बताउनेछु।
48त्यो एक जना घर बनाउने मानिसजस्तो हो, जसले गहिरो खनेर चट्टानमाथि जग बसाल्यो। अनि जब भल चल्यो, र जलप्रवाह उर्लिआएर त्यस घरमा ठोकियो, तब त्यस घरलाई हल्लाउन सकेन, किनकि त्यो पक्का बनाइएको थियो।
49तर जसले सुन्छ र पनि त्यसअनुसार गर्दैन, त्यो एक जना यस्तो मानिस हो, जसले जमिनमाथि जगविनाको घर बनायो। जब त्यस घरमाथि भल आएर ठोकियो, तब त्यो घर तुरुन्तै ढल्यो, र त्यस घरको ठूलो सर्वनाश भयो।”