1त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
2कतिपय स्त्रीहरू पनि उहाँको साथमा थिए, जो दुष्टात्मा र रोगहरूबाट निको भएका थिए। यिनीहरू थिए: मग्दलिनी भन्ने मरियम, जसबाट सात वटा भूत निकालिएका थिए,
3हेरोदका कारिन्दा खुजासकी पत्नी योअन्ना, र सुसन्ना। यिनीहरू र अरूहरूले आफ्ना धनले उहाँको सेवा गर्दथे।
4जब ठूलो भीड जम्मा भयो र सहर-सहरबाट मानिसहरू उहाँकहाँ आए, उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो।
5
6
7
8
9उहाँका चेलाहरूले यस दृष्टान्तको अर्थ के हो भनी उहाँलाई सोधे।
10उहाँले भन्नुभयो,
11
12
13
14
15
16
17
18
19उहाँका आमा र भाइहरू उहाँकहाँ आए, तर भीड़ले गर्दा उहाँको नजिक आउन सकेनन्।
20उहाँलाई कसैले भने, “तपाईंका आमा र भाइहरू तपाईंलाई भेट गर्ने इच्छाले बाहिर उभिरहेका छन्।”
21तर उहाँले तिनीहरूलाई भन्नुभयो,
22एक दिन उहाँ आफ्ना चेलाहरूसँग डुङ्गामा चढ्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो,
23डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्न लाग्यो। डुङ्गा पानीले भरिन लाग्यो, र तिनीहरू आपत्मा परे।
24अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्दै ब्यूँझाए, “गुरुज्यू, गुरुज्यू, हामी डुब्न लाग्यौं।”
25उहाँले तिनीहरूलाई भन्नुभयो,
26उहाँहरू गेरासेनसको प्रदेशमा आइपुग्नुभयो, जो गालीलको पारिपट्टि छ।
27जब उहाँ पाखामा उत्रनुभयो तब उहाँले सहरको एक जना मानिस भेट्नुभयो, जसलाई भूत लागेको थियो। त्यसले धेरै समयदेखि लुगा लाउँदैनथियो, र घरमा नबसी त्यो चिहानहरू हुँदो बस्दथ्यो।
28त्यसले येशूलाई देख्यो, र चिच्च्याएर उहाँको सामु घोप्टो परी उच्च सोरले भन्यो, “हे सर्वोच्च परमेश्वरका पुत्र येशू, तपाईंको मसँग के काम? बिन्ती गर्दछु, मलाई नसताउनुहोस्।”
29किनभने उहाँले अशुद्ध आत्मालाई त्यस मानिसबाट निस्केर जाने आज्ञा दिनुभएको थियो। त्यसलाई धेरै पल्ट भूतले पक्रेको थियो। त्यो पहरामा राखिएको थियो। त्यो साङ्ला र नेलले बाँधिन्थ्यो, तर त्यसले ती बन्धन छिनालिहाल्थ्यो। अनि भूतले त्यसलाई मरुभूमि हुँदो लैजान्थ्यो।
30येशूले त्यसलाई सोध्नुभयो,
31तिनीहरूलाई अतल-कुण्डमा नपठाऊन् भनी तिनीहरूले उहाँलाई बिन्ती गरे।
32नजिकको डाँड़ामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। तब तिनीहरूले सुँगुरभित्र पस्न दिनुहोस् भनी उहाँलाई बिन्ती गरे, र उहाँले मन्जूर गर्नुभयो।
33अनि भूतहरू त्यस मानिसबाट निस्केर ती सुँगुरहरूभित्र पसे, र त्यो बगाल भिरालोबाट समुद्रतिर हुर्रिदैं गए र डुबेर मरे।
34अब जे भएको थियो त्यो देखेर सुँगुर चराउनेहरू भागे, र गएर सहर र गाउँ हुँदो यो कुरो बताइदिए।
35अनि जे भएको थियो त्यो हेर्नलाई मानिसहरू येशूकहाँ आए, र जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसलाई लुगा लाएर सद्दे मनको भई येशूका चरणमा बसिरहेको भेट्टाए, र तिनीहरू भयभीत भए।
36देख्नेहरूले भूत लागेको मानिस कसरी निको भयो सो तिनीहरूलाई बताइदिए।
37गेरासेनसको आसपासका सबै गाउँका मानिसहरूले येशूलाई तिनीहरूका गाउँबाट गइहाल्नुहोस् भनी बिन्ती गरे, किनभने तिनीहरू ज्यादै भयभीत भएका थिए। यसकारण उहाँ डुङ्गामा चढ़ेर फर्कनुभयो।
38तर जुन मानिसबाट भूतहरू निस्केका थिए, त्यसले ‘उहाँको साथमा जान पाऊँ’ भनी उहाँलाई बिन्ती गर्न लाग्यो। तर येशूले त्यसलाई यसो भनेर बिदा दिनुभयो,
39
40येशू फर्केर आउनुहुँदा भीड़ले उहाँलाई स्वागत गर्यो, किनकि तिनीहरू सबैले उहाँको प्रतीक्षा गरिरहेका थिए।
41याइरस नाउँका एक जना सभाघरका शासक आएर येशूका पाउमा परे, र तिनको घरमा आउनुहोस् भनी उहाँलाई बिन्ती गरे,
42किनकि बाह्र वर्ष पुगेकी तिनकी एकमात्र छोरी थिई, जो मर्नै लागेकी थिई।
43बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,
44त्यसले पछिल्तिरबाट आएर उहाँको लुगाको एक छेउ छोई, र तुरुन्तै त्यसको रक्तस्राव बन्द भयो।
45येशूले भन्नुभयो,
46तर येशूले भन्नुभयो,
47अब आफू लुकिरहन नसक्ने कुरा थाहा पाएर त्यो स्त्री काम्दै आई र उहाँको सामुन्ने घोप्टो परी, र किन त्यसले उहाँलाई छोई, अनि कसरी तुरुन्तै निको भई, सो सब मानिसहरूका सामु बताइदिई।
48उहाँले त्यसलाई भन्नुभयो,
49उहाँ बोल्दैहुनुहुन्थ्यो, सभाघरका शासकको घरबाट एक जना मानिस आइपुग्यो, र भन्यो, “तपाईंकी छोरी मरी। अब गुरुलाई कष्ट नदिनुहोस्।”
50तर येशूले यो सुनेर याइरसलाई भन्नुभयो,
51जब उहाँ घरमा पुग्नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन।
52सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्नुभयो,
53त्यो मरिसकेकी छे भन्ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे।
54तर उहाँले त्यसको हात समातेर यसो भनेर बोलाउनुभयो,
55अनि त्यसको प्राण फर्केर आयो, र त्यो तुरुन्तै उठी, र उहाँले त्यसलाई केही खान दिनू भन्ने आज्ञा गर्नुभयो।
56त्यसका आमा-बुबा आश्चर्यचकित भए, तर जे भएको थियो त्यो कसैलाई नभन्नू भन्ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।