1तब उहाँले बाह्र चेलाहरूलाई एकसाथ बोलाउनुभयो, र तिनीहरूलाई सबै भूतहरू निकाल्ने र रोगहरू निको पार्ने शक्ति र अधिकार दिनुभयो।
2उहाँले तिनीहरूलाई परमेश्वरका राज्यको प्रचार गर्न र बिरामीहरू निको पार्न पठाउनुभयो।
3उहाँले तिनीहरूलाई भन्नुभयो,
4
5
6तब तिनीहरू बिदा भए, र सुसमाचार प्रचार गर्दै र सबैतिर रोगीहरूलाई निको पार्दै गाउँ-गाउँ गए।
7यी सबै घटनाका बारेमा सुनेर शासक हेरोद अन्योलमा परे, किनकि यूहन्ना मृतकबाट जीवित भई उठेका छन् भनेर कसै-कसैले भन्थे।
8र कोही भन्थे, “एलिया देखा परेका छन्,” अनि अरूहरूले भन्थे, “उहिलेका अगमवक्ताहरूमध्ये एक जना उठेका छन्।”
9तब हेरोदले भने, “यूहन्नाको शिर मैले काट्न लगाएँ, तर यिनी को हुन् जसको विषयमा म यस्ता कुराहरू सुन्दैछु?” अनि तिनले उहाँलाई भेट्ने इच्छा गरे।
10अनि प्रेरितहरू फर्केर तिनीहरूले गरेका सबै काम उहाँलाई बताए। उहाँले तिनीहरूलाई साथमा लिई बेथसेदा भन्ने सहरमा अलग्गै जानुभयो।
11तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो।
12अब दिन ढल्कन लाग्यो, र बाह्रै जनाले आएर उहाँलाई भने, “भीड़लाई बिदा दिनुहोस्, र तिनीहरू गएर आसपासका बस्ती र गाउँ हुँदो वास बसून्, र भोजनको व्यवस्था गरून्, किनकि यहाँ हामी निर्जन ठाउँमा छौं।”
13तर उहाँले तिनीहरूलाई भन्नुभयो,
14तिनीहरू प्राय: पाँच हजार जति पुरुषहरू थिए।
15तिनीहरूले त्यसै गरे, र सबैलाई बसाए।
16तब उहाँले ती पाँच वटा रोटी र दुई वटा माछा लिएर स्वर्गतिर हेरी आशीर्वाद दिनुभयो, र भाँचेर मानिसहरूलाई बाँड़िदिनू भनी चेलाहरूलाई दिनुभयो।
17अनि सबैले खाए, तृप्त भए, र चेलाहरूले उब्रेका टुक्राहरू बाह्र डाला उठाए।
18एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो,
19तिनीहरूले भने, “कसैले बप्तिस्मा-दिने यूहन्ना भन्छन्, कसैले एलिया, र अरूहरूले भन्छन्, पहिलेका कोही अगमवक्ताहरूमध्ये एक जना फेरि उठेका छन्।”
20उहाँले तिनीहरूलाई भन्नुभयो,
21तब उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो, र साथै चेताउनी दिनुभयो, कि तिनीहरूले यो कुरा कसैलाई नभनून्।
22अनि उहाँले भन्नुभयो,
23तब उहाँले सबैलाई भन्नुभयो,
24
25
26
27
28यी कुराको प्राय: आठ दिनपछि पत्रुस, यूहन्ना र याकूबलाई आफूसित लिएर प्रार्थना गर्नलाई उहाँ पहाड़माथि उक्लनुभयो।
29उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको मुहारको रूप बद्लियो, र उहाँको वस्त्र बिजुली चम्केको जस्तो उज्ज्वल भयो।
30अनि उहाँसँग दुई जना मानिस बातचीत गरिरहेका थिए, उनीहरू मोशा र एलिया थिए।
31उनीहरू महिमित रूपमा देखा परी येशूका मृत्युको विषयमा बातचीत गरिरहेका थिए। यो कुरा उहाँले यरूशलेममा पूरा गर्नुपर्नेथियो।
32अब पत्रुस र तिनीसँग हुनेहरू निद्राले लट्ठ भएका थिए। तर ब्यूँझेपछि तिनीहरूले उहाँको महिमा र उहाँसँग उभिएका ती दुई जना मानिसलाई देखे।
33तब ती दुई मानिसहरू उहाँसँग बिदा भएर जान लाग्दा पत्रुसले येशूलाई भने, “गुरुज्यू, हामीलाई यहीँ बस्नु असल रहेछ। हामी तीन वटा वासस्थान बनाऔं— एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति।” आफूले बोलेका कुराको तिनलाई ख्यालै थिएन।
34तिनी यी कुरा बोल्दाबोल्दै एउटा बादल आएर उहाँहरूलाई छोप्यो, र उहाँहरू बादलभित्र पस्न लाग्दा तिनीहरू भयभीत भए।
35अनि बादलबाट यसो भन्ने एउटा आवाज निस्क्यो, “यिनी मेरा पुत्र हुन्, जसलाई मैले छानेको हुँ। यिनको वचन सुन।”
36यो शब्द भएपछि येशू त्यहाँ एकलै हुनुभयो। तिनीहरू चूपचाप रहे, र तिनीहरूले देखेका कुराहरू ती दिनमा कसैलाई भनेनन्।
37भोलिपल्ट जब येशू र ती चेलाहरू पहाड़बाट ओर्लनुभयो, एउटा ठूलो भीड उहाँलाई भेट्न आयो।
38भीड़बाट एक जना मानिसले कराएर भन्यो, “गुरुज्यू, म तपाईंसँग बिन्ती गर्दछु, मेरो छोरामाथि कृपा-दृष्टि गर्नुहोस्। किनकि त्यो मेरो एकमात्र छोरा हो।
39हेर्नुहोस्, एउटा दुष्टात्माले त्यसलाई पक्रन्छ, र त्यो अचानक चिच्च्याउँछ, र त्यसलाई ऐँठाउँछ र त्यसले फीँज काढ्न लाग्छ। त्यसलाई लछारपछार पारेर बल्लबल्ल छोड्छ।
40त्यस दुष्टात्मालाई निकालिदेऊन् भनेर मैले तपाईंका चेलाहरूसँग बिन्ती गरें, तर तिनीहरूले सकेनन्।”
41तब येशूले जवाफ दिनुभयो,
42तर त्यो आउँदाआउँदै भूतात्माले त्यसलाई पछारिहाल्यो, र ऐँठ्न लाग्यो। तर येशूले त्यस अशुद्ध आत्मालाई हकार्नुभयो, र त्यस बालकलाई निको पारेर त्यसका बाबुलाई सुम्पिदिनुभयो।
43परमेश्वरको महानता देखेर तिनीहरू सबै छक्क परे।
44
45तर तिनीहरूले यो कुरा बुझेनन्। किनकि यो तिनीहरूले नबुझून् भनेर तिनीहरूबाट गुप्त राखिएको थियो। तिनीहरू यस विषयमा उहाँलाई सोध्न डराउँथे।
46त्यस बेला तिनीहरूमध्ये ठूलो को हो भन्ने विषयमा आपसमा बहस चल्यो।
47तर येशूले तिनीहरूका मनको विचार थाहा पाएर एउटा बालकलाई लिई आफ्नो छेउमा राख्नुभयो,
48र तिनीहरूलाई भन्नुभयो,
49तब यूहन्नाले भने, “गुरुज्यू, एक जनाले तपाईंको नाउँमा भूतहरू निकालिरहेको हामीले देख्यौं, र हामीले त्यसलाई मनाही गर्यौं। किनकि त्यसले हामीहरूसँग तपाईंको अनुसरण गर्दैन।”
50तर येशूले तिनलाई भन्नुभयो,
51उहाँको स्वर्गारोहणको दिन नजिकै आइपुग्दा उहाँले यरूशलेमतिरै जाने अठोट गर्नुभयो।
52अनि उहाँले समाचार लाने मानिसहरूलाई पहिलेबाटै पठाउनुभयो। तिनीहरू गए, र उहाँको निम्ति सबै कुरा तयार पार्नलाई सामरीहरूको एउटा गाउँमा पसे।
53तर यरूशलेमतिर जाने उहाँको दृढ़ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्।
54तब यो देखेर उहाँका चेलाहरू याकूब र यूहन्नाले भने, “प्रभुज्यू, के तपाईं चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरू भस्म होऊन् भनी हामी आज्ञा गरौं?”
55तर फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो।
56अनि उहाँहरू अर्को गाउँतिर जानुभयो।
57उहाँहरू बाटोमा जाँदैगर्नुहुँदा, एक जना मानिसले उहाँलाई भन्यो, “हे प्रभु, तपाईं जता जानुहुन्छ म तपाईंको पछि लाग्नेछु।”
58तब येशूले त्यसलाई भन्नुभयो,
59उहाँले अर्कोलाई भन्नुभयो,
60उहाँले त्यसलाई भन्नुभयो,
61अर्काले पनि भन्यो, “प्रभु, म तपाईंको पछि लाग्नेछु, तर पहिले आफ्नो घरमा हुनेहरूबाट मलाई बिदा लिन दिनुहोस्।”
62तर येशूले त्यसलाई भन्नुभयो,