1मोशाले सबै इस्राएलीहरूलाई बोलाएर भने: हे इस्राएली हो, आज मैले तिमीहरूलाई दिएका विधि र विधान सुन, र ती होशियारीसाथ पालन गर।
2परमप्रभु हाम्रा परमेश्वरले हामीसित होरेबमा करार बाँध्नुभयो।
3परमप्रभुले यो करार हाम्रा पिता-पुर्खासँग होइन, तर हामीसँग, जो आजसम्म यहाँ जीवित छौं, यो बाँध्नुभएको हो।
4परमप्रभुले तिमीहरूसँग पर्वतमा अग्निबाट आमनेसामने कुरा गर्नुभयो।
5(त्यस बेला म नै परमप्रभु र तिमीहरूका बीचमा भएर परमप्रभुका वचन तिमीहरूलाई जनाउन खड़ा भएँ, किनकि तिमीहरू अग्निको कारण डराएका थियौ, र पर्वतमा उक्लेनौ।) अनि उहाँले भन्नुभयो:
6“म परमप्रभु तिमीहरूका परमेश्वर हुँ, जसले तिमीहरूलाई मिश्रदेश, अर्थात् दासत्वको देशबाट निकालेर ल्याएँ।
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22यी आज्ञाहरू परमप्रभुले पर्वतमा आगो र बादल र घोर अन्धकारको बीचबाट तिमीहरूका सारा समुदायलाई ठूलो सोरले भन्नुभयो। उहाँले थप केही भन्नुभएन। अनि उहाँले ती आज्ञा दुई वटा ढुङ्गाका पाटीमा लेखेर मलाई दिनुभयो।
23जब तिमीहरूले अन्धकारको बीचबाट सोर सुन्यौ, र जब पर्वत आगोले बलिरहेको थियो, तब तिमीहरूका कुलका सबै नायकहरू र धर्म-गुरुहरू मेरो नजिक आए।
24अनि तिमीहरूले भन्यौ, “परमप्रभु हाम्रा परमेश्वरले आफ्नो महिमा र गौरव हामीलाई प्रकट गर्नुभयो। हामीले उहाँको सोर अग्निबाट सुन्यौ। परमेश्वर मानिससँग बोल्नुभए तापनि मानिस जीवित रहेको हामीले आज देख्यौं।
25अब यति ठूलो अग्निमा भस्म भएर हामी किन मर्ने? यदि परमप्रभु हाम्रा परमेश्वरको सोर हामीले अझै सुन्यौं भनेता हामी मर्नेछौं!
26अग्निबाट जीवित परमेश्वर बोल्नुभएको सुनेर हामीझैँ बाँच्ने कुनचाहिँ मरणशील मानिस होला?
27तपाईं आफै नै नजिक जानुहोस्, र परमप्रभु हाम्रा परमेश्वरले भन्नुभएका सबै कुरा सुनेर हामीलाई बताउनुहोस् र हामी सुनेर पालन गर्नेछौं।”
28तिमीहरू मसित बोलेका परमप्रभुले सुन्नुभयो, र उहाँले मलाई भन्नुभयो, “यी मानिसहरूले तँलाई भनेका कुरा मैले सुनें। तिनीहरूले ठीकै भनेका छन्।
29मेरो डर मान्ने र सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भए त हुनेथियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्।
30“‘तिमीहरू आ-आफ्नो पालमा फर्क’ भनी गएर तिनीहरूलाई भन्।
31तर तँचाहिँ यहाँ मेरो नजिक खड़ा हो। अनि तैंले तिनीहरूलाई सिकाउनुपर्ने सबै आज्ञा, विधि र विधान म तँलाई बताउनेछु, र मैले तिनीहरूको अधिकारमा दिने देशमा तिनीहरूले ती पालन गरून्।”
32यसकारण परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञा मान्न याद राख। तिमीहरू देब्रे-दाहिने कतै नलाग।
33परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई हिँड्न भनी आज्ञा गर्नुभएका सबै मार्गमा हिँड़, ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू जीवित रह, र तिमीहरूको कल्याण होस्, र तिमीहरूको आयु लामो होस्।