2उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून्, किनभने तपाईंको प्रेम दाखमद्यभन्दा पनि उत्तम छ।
3तपाईंका अत्तरको बास्ना आनन्दप्रद छ, तपाईंको नाउँ खन्याइएको अत्तरझैँ छ। त्यसैकारण कन्येहरूले तपाईंलाई प्रेम गर्नु अचम्मको कुरो होइन!
4मलाई तपाईंसित लैजानुहोस्— हामी चाँड़ै गरौं! महाराजाले मलाई आफ्नो कोठामा ल्याउनुहोस्। हामी तपाईंमा खुशी हुनेछौं र रमाउँछौं। हामी दाखमद्यभन्दा पनि तपाईंको प्रेमको प्रशंसा गर्छौं। उनीहरू तपाईंलाई सुहाउँदो माया गर्छन्।
5म श्यामवर्णकी तर सुन्दरी छु, हे यरूशलेमका छोरी हो, केदारका पालहरूजस्तै कालो, र सोलोमनको पालका पर्दाजस्तै।
6म काली छु भनी छक्क परेर मलाई नहेर, किनकि चर्को घामले मलाई काली बनाएको हो। मेरी आमाका छोराहरू मसित रिसाएकाले मलाई दाखबारीको हेरचाह गर्ने बनाए, तर मेरै आफ्नो दाखबारीको चाहिँ मैले बेवास्ता गरेकी छु।
7हे मेरा प्रेमी, मलाई बताउनुहोस्, आफ्नो भेड़ाबाख्राका बगाललाई कहाँ चराउनुहुन्छ? अनि दिउँसो ती कहाँ बिसाउँछन् तपाईंका साथीहरूका बगालको छेउमा किन म घुम्टो हालेकी महिलाझैँ हुनु?
8हे स्त्रीहरूमा असाध्यै सुन्दरी, तिमी आफै यो कुरा जान्दिनौ भने, बगालका पाइलाहरू पछ्याउँदै आफ्ना ससाना बाख्राहरूलाई गोठालाका छाप्रानेर चराऊ।
9हे मेरी प्यारी, मैले तिमीलाई फारोको रथकी राम्री घोड़ीसित तुलना गरेको छु।
10कानमा लगाउने लुर्कनले तिम्रा गाला र सुनको सिक्रीले सजिएको तिम्रो घाँटी कति राम्रा छन्।
11हामीले तिम्रो लागि चाँदीको जलप लाएका सुनका लुर्कन बनाउनेछौं।
12महाराजा आफ्नो टेबिलमा बस्नुहुँदा, मेरो अत्तरले आफ्नो बास्ना फिँजायो।
13मेरा प्रेमी मेरो छातीमा झुण्डिने मूर्रले भरिएको थैलीजस्तै मलाई लाग्छ।
14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीका फुलेको मेहदीको झुप्पाझैँ लाग्छ।
15हे मेरी प्यारी, तिमी कत्ति सुन्दरी छ्यौ! हो, कत्ति सुन्दरी! तिम्रा आँखाहरू ढुकुरजस्ता छन्।
16हे मेरा प्रेमी, तपाईं असाध्यै सुन्दर हुनुहुन्छ! हो, कत्ति सुन्दर! र हाम्रो ओछ्यान हरियाली छ।
17हाम्रो घरका दलिनहरू देवदारुका छन्, र छाना सल्लाका हुन्।