श्रेष्‍ठगीत 6:1-13 NNRV2012 - Bible AI

1हे स्‍त्रीहरूमध्‍ये अति सुन्‍दरी, तिम्रा प्रेमी कहाँ गए? उनी बाटोको कुन मोड़तिर लागे, र हामी तिमीसित उनलाई खोजौं?

2मेरा प्रेमी आफ्‍नै बगैँचातिर सुगन्‍धित मसलाका ड्याङमा झर्नुभएको छ, आफ्‍नो मन भुलाउन र लिली फूलहरू बटुल्‍न जानुभएको छ।

3म मेरा प्रेमीको आफ्‍नै हुँ, र मेरा प्रेमी मेरै हुनुहुन्‍छ। उहाँ लिली फूलहरूका बीचमा मन भुलाउँदैहुनुहुन्‍छ।

4हे मेरी प्‍यारी, तिमी तिर्साजस्‍तै सुन्‍दरी र यरूशलेमझैँ राम्री छ्यौ, तिमी झन्‍डा फहराउँदै गरेका सेनाजस्‍तै प्रतापी छ्यौ।

5तिम्रा आँखा मबाट तर्काऊ, तिनले मलाई व्‍याकुल पार्छन्‌। तिम्रा केश गिलाद डाँड़ाबाट ओर्लंदै गरेका बाख्राहरूजस्‍तै छन्‌।

6तिम्रा दाँत भरखरै नुहाएर आएका भेड़ाहरूको बगालजस्‍तै छन्‌। प्रत्‍येकको जुम्‍ल्‍याहा छ, कुनै पनि एकलो छैन।

7घुम्‍टोभित्र तिम्रा गालाहरू दुई फ्‍याक परेका दारिमजस्‍तै छन्‌।

8चाहे साठी वटा रानी होऊन्, चाहे असी वटा भित्रिनीहरू, चाहे अनगन्‍ती कन्‍ये-केटीहरू होऊन्,

9तर मेरी बिलकुलै ठीक ढुकुर, तिनी विशेष छिन्, तिनकी आमाकी एउटै र मन परेकी छोरी। कन्‍याहरूले तिनलाई देखे र भाग्‍यमानी भने, रानीहरू र भित्रिनीहरूले तिनको प्रशंसा गरे।

10प्रभातझैँ उदय भएकी, चन्‍द्रमाझैँ सुन्‍दरी, सूर्यझैँ चहकिलो, ताराहरूले भरिएको आकाशझैँ प्रतापी यिनी को हुन्‌?

11बदामका रूख भएका बगैँचातिर म त्‍यहाँका उब्‍जनी हेर्न गएँ, बोटहरूमा कोपिला लागेछन्‌ कि, अथवा अनारमा फूल फुलेका छन्‌ भनी म हेर्न गएँ।

12मैले थाहा पाउन अघि नै मेरो चाहनाले मलाई मेरा मानिसहरूका राजकीय रथहरूतिर लगे।

13हे शूलम्‍मी, फर्केर आऊ, फर्केर आऊ, फर्केर आऊ र हामी तिमीलाई एक टक लाएर हेर्न सकौं। महानोमको नाचमा झैँ शूलम्‍मीलाई तिमीहरू किन एक टक लाएर हेर्न चाहन्‍छौ?

e>