2हे परमप्रभु, मैले तपाईंको कीर्ति सुनेको छु। हे परमप्रभु, तपाईंका कार्यहरू देखेर म छक्कै पर्छु। हाम्रो दिनमा ती नयाँ गरी देखाउनुहोस्, हाम्रो समयमा ती जान्न दिनुहोस्। क्रोधमा कृपा गर्नुहोस्।
3परमेश्वर तेमानबाट आउनुभयो, परमपवित्र पारान डाँड़ाबाट। उहाँको महिमाले स्वर्ग ढाक्यो, र पृथ्वी उहाँको प्रशंसाले भरियो।
3सेला
4उहाँको गौरव सूर्योदयझैँ थियो, उहाँको हातबाट किरणहरू चम्किनिस्के, जहाँ उहाँको शक्ति लुकेको थियो।
5उहाँको अगि रूढ़ी फैलिँदैगयो, महामारी उहाँका पाइला पछिपछि लाग्यो।
6खड़ा भएर उहाँले पृथ्वीलाई हल्लाउनुभयो। उहाँले हेर्नुभयो, र जाति-जातिहरू थरथर कामे। सनातनका पर्वतहरू टुक्रा-टुक्रा भए, ती पुराना डाँड़ाहरू मूर्च्छा खाएर लड़े। उहाँका चाल अनन्त हुन्छन्।
7मैले कूशनका पालहरूलाई दु:खमा, र मिद्यानका वासस्थानहरू शोकमा परेका देखें।
8के तपाईंको क्रोध नदीहरूका विरुद्धमा थियो, हे परमप्रभु? के तपाईंको रीस खोलाहरूका विरुद्धमा थियो? जब तपाईं आफ्ना घोड़ाहरूमाथि र आफ्ना विजयका रथहरूमाथि सवार हुनुभयो, के तपाईं क्रोधित हुनुभएको थियो?
9तपाईंले आफ्नो धनु निकाल्नुभयो, तपाईंले धेरै काँड़हरू ल्याउनु भनी भन्नुभयो। तपाईंले नदीहरूद्वारा पृथ्वीलाई चिर्नुभयो।
9सेला
10पर्वतहरू तपाईंलाई देखेर मड़ारिए। मुसलधारे पानी छेउबाट बगेर गयो। समुद्र गर्ज्यो र आफ्ना छाल उठायो।
11तपाईंका उड़िरहेका काँड़हरूको चमकले, र तपाईंको चम्कने भालाको चमकले गर्दा, सूर्य र चन्द्र आकाशमा टक्क अड़िए।
12क्रोधमा तपाईं पृथ्वीमा हिँड्नुभयो, रीसमा तपाईंले जाति-जातिहरूलाई दाइँ गर्नुभयो।
15तपाईंले ठूला पानीहरूलाई मन्थन गर्दै समुद्रलाई आफ्ना घोड़ाहरूले कुल्चनुभयो।
16मैले सुनें र मेरो मुटु काम्न लाग्यो, त्यो सोर सुन्दा मेरा ओठ थरथर कामे, मेरा हड्डीहरू भित्र-भित्रै मकिए, र मेरा खुट्टाहरू कामे। तापनि हामीलाई आक्रमण गर्ने जातिमाथि आउने विपत्तिका दिनको निम्ति म धैर्यसाथ पर्खिरहनेछु।
17चाहे अञ्जीरका रूखमा मुना नलागोस्, र दाखका बोटमा फल नफलोस्, चाहे जैतून रूखमा फल नलागोस्, र खेतले अन्न नउब्जाओस्, खोरमा भेड़ाबाख्रा नभए पनि र गोठमा गाईबस्तुहरू रहेनन् भने पनि,
18म परमप्रभुमा रमाहट गर्नेछु, म मेरो उद्धार गर्नुहुने परमेश्वरमा रमाउनेछु।
19परमप्रभु परमेश्वर मेरो बल हुनुहुन्छ, ⓚ उहाँले मेरा खुट्टा हरिणका खुट्टाझैँ पार्नुहुन्छ, उहाँले मलाई अग्ला-अग्ला स्थानहरूमा जाने योग्यको तुल्याउनुहुन्छ। सङ्गीत-निर्देशकको निम्ति— मेरा तार-वाद्यहरूमा बजाइने राग।