1भातृ-प्रेम बनिरहोस्।
2परदेशीहरूको अतिथि-सत्कार गर्न नबिर्स, किनकि यसरी नै कसै-कसैले थाहै नपाई स्वर्गदूतहरूको सत्कार गरेका छन्।
3आफै पनि तिनीहरूसँग कैदमा परेझैँ झ्यालखानमा हुनेहरूको ख्याल राख, र आफैले दुःख-भोग गरेझैँ अत्याचारमा परेकाहरूलाई पनि सम्झ। किनकि तिमीहरू आफै पनि शरीरमा छौ।
4सबैका बीचमा विवाहचाहिँ आदरणीय होस्, वैवाहिक सम्बन्ध नबिटुलिओस्, किनकि दुराचारी र व्यभिचारीहरूको इन्साफ परमेश्वरले गर्नुहुन्छ।
5तिमीहरूका जीवन रुपियाँपैसाको मोहबाट अलग्ग राख। तिमीहरूसँग भएका कुरामा सन्तुष्ट बस, किनकि उहाँले भन्नुभएको छ,
6यसकारण निर्धक्क भएर हामी भन्दछौं,
7आफ्ना अगुवाहरूको सम्झना राख, जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्यान देओ, र तिनीहरूका विश्वासको अनुकरण गर।
8येशू ख्रीष्ट हिजो, आज र सदासर्वदा एकसमान हुनुहुन्छ।
9विभिन्न र अनौठा शिक्षाको भ्रममा नपर। किनकि खाने-पिउने कुरा सम्बन्धित विधिद्वारा होइन, तर अनुग्रहद्वारा हृदय सुदृढ़ भएको असल हो। त्यस्ता विधि पालन गर्नेहरूको उपकार भएको छैन।
10हाम्रो एउटा वेदी छ, जसबाट पवित्र वासस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन।
11प्रधान पूजाहारीले पापबलिको निम्ति जनावरको रगत महापवित्र स्थानमा ल्याउँछन्, तर तिनका शरीरचाहिँ छाउनीबाहिर लगेर जलाइन्छन्।
12यसकारण येशूले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोकाबाहिर कष्ट भोग्नुभयो।
13यसैकारण हामी पनि छाउनीबाहिर उहाँकहाँ जाऔं, र उहाँले सहनुभएको बेइज्जत हामी पनि सहौं।
14किनकि हाम्रो यहाँ रहिरहने सहर छैन, तर आउनेचाहिँ सहरको हामी प्रतीक्षा गर्दछौं।
15यसकारण परमेश्वरलाई येशूद्वारा प्रशंसाको बलि निरन्तर चढ़ाऔं। यो प्रशंसा उहाँको नाउँ स्वीकार गर्ने ओठको फल हो।
16भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्तै बलिहरूमा परमेश्वर प्रसन्न हुनुहुन्छ।
17तिमीहरूका अगुवाहरूको आज्ञापालन गर, र तिनीहरूका अधीनमा बस। किनकि लेखा दिनुपर्छ भन्ने कुरा जानेर नै तिनीहरूले तिमीहरूका प्राणको हेरचाह गर्छन्। यो काम तिनीहरूले आनन्दसाथ गरून्। दुःख मानेर होइन, नत्रता त्यसबाट तिमीहरूलाई कुनै लाभ हुँदैन।
18हाम्रो निम्ति प्रार्थना गर। हामीलाई निश्चय छ कि हाम्रो विवेक स्वच्छ छ, र सबै कुरा ईमानदारीसाथ गर्ने हाम्रो अभिलाषा छ।
19तिमीहरूलाई मेरो विशेष आग्रह यो छ, कि मेरो निम्ति प्रार्थना गरिदेओ, र म फेरि तिमीहरूकहाँ चाँड़ै आउन सकूँ।
20अब भेड़ाका महान् गोठाला हाम्रा प्रभु येशूलाई अनन्त करारको रगतद्वारा मृत्युबाट जीवित पार्नुहुने शान्तिका परमेश्वरले
21तिमीहरूलाई हरेक असल गुणले सिद्ध पारून्, र तिमीहरूले उहाँको इच्छा पूरा गर्न सक। जे परमेश्वरलाई मनपर्दो छ येशू ख्रीष्टद्वारा उहाँले तिमीहरूमा गरून्। उहाँको महिमा युगानयुग भइरहोस्। आमेन।
22भाइ हो, म तिमीहरूलाई निवेदन गर्दछु, कि मेरो अर्तीका कुरालाई मान, किनकि तिमीहरूलाई मैले छोटकरीमा लेखेको छु।
23तिमीहरूलाई यो थाहा दिन चाहन्छु,
24तिमीहरूका सबै अगुवाहरू र सबै सन्तहरूलाई अभिवादन देओ। इटालियाबाट आएकाहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्।
25तिमीहरू सबैसँग अनुग्रह रहोस्। आमेन।