1यसकारण जे सुनेका छौं त्यसमाथि हामीले अझ बढ़ी ध्यान दिनुपर्छ, नत्रता हामी त्यसबाट बहकिएर जानेछौं।
2यदि स्वर्गदूतहरूले घोषणा गरेको सन्देश अटल रह्यो भने, र हरेक अपराध र अनाज्ञाकारिताको निम्ति उचित दण्ड दिइयो भने,
3तब हामीले यति महान् मुक्तिको वास्ता राखेनौं भने हामी कसरी उम्कौंला? यो मुक्ति सर्वप्रथम प्रभुबाटै घोषणा गरिएको थियो, र उहाँको वचन सुन्नेहरूद्वारा हाम्रा निम्ति पक्का साबित गरियो।
4परमेश्वरले पनि चिन्हहरू, अचम्मका कामहरू, विभिन्न आश्चर्यकर्महरू र उहाँको आफ्नो इच्छाबमोजिम बाँड़िएका पवित्र आत्माका वरदानहरूद्वारा यस कुराको गवाही दिनुभयो।
5हामीले कुरा गर्दैआएको त्यो आउँदो संसारलाई परमेश्वरले स्वर्गदूतहरूका अधीनमा राख्नुभएन।
6धर्मशास्त्रको कुनै एक ठाउँमा यसो भनेर गवाही दिइएको छ,
7
8
9तर हामी येशूलाई देख्तछौं। उहाँ अलि बेरको निम्ति स्वर्गदूतहरूभन्दा केही तल होच्याइनुभयो, मृत्युको कष्टको कारण महिमा र आदरको मुकुट उहाँलाई पहिराइयो, यस हेतुले कि परमेश्वरको अनुग्रहद्वारा हरेक मानिसको निम्ति उहाँले मृत्युको स्वाद चाखून्।
10यो उचित थियो, कि परमेश्वर, जसको निम्ति र जसद्वारा सबै थोकको अस्तित्व छ, उहाँले नै धेरै सन्तानलाई महिमामा ल्याउनुहुँदा तिनीहरूका मुक्तिका कर्ता येशूलाई कष्टहरूद्वारा सिद्ध तुल्याउनुभयो।
11किनकि पवित्र तुल्याउनुहुने र पवित्र तुल्याइएकाहरू पनि सबै एउटै परिवारका हुन्। त्यसैकारण तिनीहरूलाई भाइ भन्नमा येशू शर्माउनुहुन्न।
12उहाँ भन्नुहुन्छ,
13र फेरि,
14किनकि छोरा-छोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई, अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्,
15र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्।
16किनकि साँच्चै नै उहाँले स्वर्गदूतहरूको होइन, तर अब्राहामका सन्तानको वास्ता गर्नुहुन्छ।
17यसैकारण हरेक कुरामा उहाँ आफ्नै भाइहरूजस्तै बनाइनुपर्यो, र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पूजाहारी बन्नुभयो।
18किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो, यसैले परीक्षामा पर्नेहरूलाई उहाँले सहायता गर्न सक्नुहुन्छ।