1यसकारण स्वर्गीय बोलावटमा सहभागी भएका पवित्र भाइ हो, हामीले दृढ़ स्वीकार गरेका प्रेरित तथा प्रधान पूजाहारी येशूलाई विचार गर।
2उहाँलाई नियुक्त गर्नुहुनेप्रति येशू विश्वस्त हुनुहुन्थ्यो, जसरी मोशा पनि परमेश्वरको परिवारमा विश्वस्त थिए।
3मोशाभन्दा येशू अझ बढ़ी गौरवशाली ठहरिनुभयो, जसरी घरभन्दा घर बनाउनेको बढ़ी आदर हुन्छ।
4किनभने हरेक घर कुनै न कुनै मानिसबाट बनाइएको हुन्छ, तर सब थोक बनाउने त परमेश्वर नै हुनुहुन्छ।
5अब भविष्यमा बोलिने कुराका गवाहीको निम्ति मोशा परमेश्वरका सारा घरानामा दासको रूपमा विश्वस्त थिए।
6तर ख्रीष्टचाहिँ परमेश्वरका घरानामा पुत्रको रूपमा विश्वस्त हुनुहुन्थ्यो। यदि हाम्रो आशामा हामीले आफ्नो भरोसा र गौरव अन्त्यसम्मै थामिराख्यौं भने हामी उहाँका परिवार हौं।
7यसकारण पवित्र आत्मा भन्नुहुन्छ,
8
9
10
11
12भाइ हो, होश गर, तिमीहरूमध्ये कसैमा भएको दुष्ट र अविश्वासी हृदयले तिमीहरूलाई जीवित परमेश्वरबाट टाढ़ा नलैजाओस्।
13जबसम्म “आजको दिन” भन्ने कुरा छ, तबसम्म एउटाले अर्कालाई अर्ती देओ, र पापको छलछामले तिमीहरू कसैको हृदय कठोर नहोस्।
14यदि हामीले हाम्रो सुरुको भरोसालाई अन्त्यसम्मै दृढ़तासाथ थामिराख्यौं भने, हामी ख्रीष्टका सहभागी भएका छौं।
15धर्मशास्त्रले भन्दछ,
16सुन्नेहरू को थिए, जसले सुनेर पनि विद्रोह गरे? के ती सब तिनीहरू नै होइनन् र, जो मोशाको नेतृत्वमा मिश्रदेशबाट निस्किआएका थिए?
17कोसँग उहाँ चालीस वर्षसम्म क्रोधित हुनुभयो? के ती पाप गर्नेहरूसँग होइन, जुनहरू उजाड-स्थानमा मरेर गएका थिए?
18आज्ञा नमान्नेहरू नै उहाँको विश्राममा कहिल्यै पस्न पाउनेछैनन् भनी उहाँले शपथ खानुभएको होइन र?
19यसैले हामी देख्तछौं, अविश्वासको कारणले नै तिनीहरू पस्न सकेनन्।