1यहूदाका राजाहरू उज्जियाह, योताम, आहाज र हिजकिया अनि येहोआशका छोरा इस्राएलका राजा यारोबामका शासनकालमा बेरीको छोरो होशेकहाँ आएको परमप्रभुको वचन:
2जब परमप्रभु होशेद्वारा बोल्न लाग्नुभयो, तब परमप्रभुले तिनलाई भन्नुभयो, “जा, गएर एउटी व्यभिचारिणीलाई विवाह गर्, र त्यसको विश्वासघातबाट पैदा भएका सन्तानलाई आफ्ना बना, किनभने यस देशले परमप्रभुलाई त्यागेर अति घोर व्यभिचारको दोषी भएको छ।”
3यसैले तिनी गएर दिब्लैमकी छोरी गोमेरलाई विवाह गरे, र त्यसले गर्भवती भएर तिनीबाट एक जना छोरा जन्माई।
4तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ यिजरेल राख्, किनभने चाँड़ै म येहूको घरानालाई यिजरेलमा भएको रक्तपातबापत दण्ड दिनेछु, र इस्राएलको राज्य अन्त्य गरिदिनेछु।
5त्यस दिन म इस्राएलको धनु यिजरेलको बेँसीमा भाँचिदिनेछु।”
6गोमेरले फेरि गर्भवती भएर एउटी छोरी जन्माई। तब परमप्रभुले होशेलाई भन्नुभयो, “त्यसको नाउँ लो-रूहामा
7तर म यहूदाको घरानालाई टिठ्याउनेछु। धनु, तरवार, लड़ाइँ, घोड़ा र घोड़चढ़ीहरूद्वारा म तिनीहरूलाई उद्धार गर्नेछैनँ, तर परमप्रभु तिनीहरूका परमेश्वरद्वारा नै म तिनीहरूको उद्धार गर्नेछु।”
8जब त्यसले लो-रूहामाको दूध छोड़ाई, तब फेरि गर्भवती भएर गोमेरले अर्को एक जना छोरा जन्माई।
9तब परमप्रभुले भन्नुभयो, “त्यसको नाउँ लो-अम्मी
10“तरै पनि इस्राएलीहरूको संख्या समुद्रको किनारका बालुवाझैँ हुनेछ, जसलाई न त नाप्न न गन्ती गर्न सकिन्छ। जहाँ तिनीहरूलाई ‘तिमीहरू मेरा प्रजा होइनौ’ भनिएको थियो, त्यहाँ तिनीहरू ‘जीवित परमेश्वरका सन्तान’ कहलाइनेछन्।
11तब यहूदावंशी र इस्राएलीहरू दुवै फेरि एकसाथ मिल्नेछन्, र एउटै नेता नियुक्त गरेर देशबाट निस्कनेछन्, किनभने यिजरेलको दिन महान् हुनेछ।”