होशे 3:1-5 NNRV2012 - Bible AI

1परमप्रभुले मलाई भन्‍नुभयो, “जा, फेरि गएर तेरी पत्‍नीलाई तेरो माया देखा, हुन त त्‍यसलाई अर्को पुरुषले माया गर्छ र त्‍यो व्‍यभिचारिणी हो। त्‍यसलाई माया गर्, जस्‍तो गरी परमप्रभुले पनि इस्राएलीहरूलाई माया गर्नुहुन्‍छ, यद्यपि तिनीहरू अन्‍य देवताहरूतिर लाग्‍छन्‌ र ती पवित्र दाखका रोटीहरू मन पराउँछन्‌।”

2यसैले मैले त्‍यसलाई पन्‍ध्र शेकेल ओजनको [1] चाँदी र २.५ मुरी जौ दिएर किनें।

3तब मैले त्‍यसलाई भनें, “तिमी धेरै दिनसम्‍म मसँग बस्‍नुपर्छ। तिमीले वेश्‍या काम नगर्नू र कुनै पुरुषसँग घनिष्‍ठ नबन्‍नू, र म तिमीसँगै बस्‍नेछु।”

4किनभने इस्राएलीहरू धेरै दिनसम्‍म राजा र राजकुमारविना, बलिदान र चोखा ढुङ्गाविना तथा एपोद र देवताविना रहनेछन्‌।

5त्‍यसपछि इस्राएलीहरू फर्कनेछन्, परमप्रभु आफ्‍ना परमेश्‍वरलाई र आफ्‍ना राजा दाऊदलाई खोज्‍नेछन्‌। पछिल्‍ला दिनहरूमा तिनीहरू भयसित परमप्रभु र उहाँका आशिष्‌तिर आउनेछन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012