१ इतिहास 1:1-54 NNRV2012 - Bible AI

1आदम, शेत, एनोश,

2केनान, महलालेल, येरेद,

3हनोक, मतूशेलह, लेमेक, नोआ।

4नोआका छोराहरू: शेम, हाम र येपेत।

5येपेतका छोराहरू: गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास।

6गोमेरका छोराहरू: अशकनज, रीपत र तोगर्मा।

7यावानका छोराहरू: एलीशाह, तर्शीश, कित्तीम र रोदानीम।

8हामका छोराहरू: कूश, मिश्रइम, [1] पूत र कनान।

9कूशका छोराहरू: सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका। रामाका छोराहरू: शेबा र ददान।

10कूशचाहिँ निम्रोदका पिता थिए, जो पृथ्‍वीमा एक शक्तिशाली योद्धा थिए।

11मिश्रइमचाहिँ लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,

12पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पिता थिए।

13कनानचाहिँ तिनका जेठा छोरा सीदोन, र हित्तीहरू,

14यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,

15हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,

16अर्वादीहरू, समारीहरू र हमातीहरूका पिता थिए।

17शेमका छोराहरू: एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम। अरामका छोराहरू: ऊज, हुल, गेतेर र मेशेक।

18अर्पक्षद शेलहका पिता थिए, र शेलह एबेरका पिता थिए।

19एबेरका दुई छोराहरू थिए: एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वी विभक्त गरिएको थियो। तिनका भाइको नाउँ योक्तान थियो।

20योक्तानचाहिँ अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

21हदोरम, ऊजाल, दिक्‍ला,

22ओबाल, अबमाएल, शेबा,

23ओपीर, हवीला र योबाबका पिता थिए। यी सबै योक्तानका छोराहरू थिए।

24शेम, अर्पक्षद, शेलह,

25एबेर, पेलेग, रऊ,

26सरूग, नाहोर, तेरह,

27र अब्राम (जसलाई अब्राहाम पनि भनिन्‍छ)।

28अब्राहामका छोराहरू: इसहाक र इश्‍माएल।

29तिनीहरूका सन्‍तान यी नै हुन्‌: जेठा नबायोत, केदार, अदबेल, मिब्‍साम,

30मिश्‍मा, दुमा, मस्‍सा, हदद, तेमा,

31यतूर, नापीश र केदमा। यिनीहरू इश्‍माएलका छोराहरू थिए।

32अब्राहामकी उपपत्‍नी कतूराका छोराहरू: जिम्रान, योक्षान, मदान, मिद्यान, यिशबाक र शूह योक्षानका छोराहरू: शेबा र ददान।

33मिद्यानका छोराहरू: एपा, एपेर, हानोक, अबीदा र एल्‍दा। कतूराका सन्‍तान यी नै थिए।

34अब्राहाम इसहाकका पिता थिए। इसहाकका छोराहरू: एसाव र इस्राएल।

35एसावका छोराहरू: एलीपज, रूएल, येऊश, यालाम र कोरह।

36एलीपजका छोराहरू: तेमान, ओमार, सपो, गालाम र कनज। तीम्‍नबाट: अमालेक।

37रूएलका छोराहरू: नहत, जेरह, शम्‍मा र मिज्‍जा।

38सेइरका छोराहरू: लोतान, शोबाल, सिबोन, अना, दीशोन, एसेर, र दीशान।

39लोतानका छोराहरू: होरी र हेमाम। तीम्‍न नाउँ भएकी लोतानकी बहिनी थिइन्‌।

40शोबालका छोराहरू: अल्‍बान, मानहत, एबाल, शपो र ओनाम। सिबोनका छोराहरू: अय्‍या र अना।

41अनाका छोरा: दीशोन। दीशोनका छोराहरू: हेमदान, एश्‍बान, यित्रान र करान।

42एसेरका छोराहरू: बिल्‍हान, जावान र अकान। दीशानका छोराहरू: ऊज र आरान।

43इस्राएलमा राजा हुनुभन्‍दा पहिले एदोममा राज्‍य गर्ने राजाहरू यी नै हुन्‌: बओरका छोरा बेला, जसको सहर दिन्‍हावा थियो।

44बेला मरेपछि बोज्राका जेरहका छोरा योबाब राजा भए।

45योबाब मरेपछि तेमानीहरूको देशका हूशाम राजा भए।

46हूशाम मरेपछि बददका छोरा हदद राजा भए। तिनले मोआब देशमा मिद्यानीहरूलाई परास्‍त गरे। तिनको सहरको नाउँ अवीत थियो।

47हदद मरेपछि मास्रेकाका सम्‍ला राजा भए।

48सम्‍ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए।

49शौल मरेपछि अक्‍बोरका छोरा बाल-हानान राजा भए।

50बाल-हानान मरेपछि हदद राजा भए। तिनको सहरको नाउँ पाऊ थियो। तिनकी पत्‍नीको नाउँ मत्रेदकी छोरी महेतबेल थियो, जो मे-जाहाबकी नातिनी थिइन्‌।

51हदद पनि मरे। तीम्‍न, अल्‍वा, यतेत,

51एदोमका मुख्‍य मानिसहरू यी नै थिए:

52ओहोलीबामा, एलाह, पीनोन,

53कनज, तेमान, मिब्‍सार,

54मग्‍दीएल र ईराम। एदोमका मुख्‍य मानिसहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>