1त्यसपछि सारा इस्राएल जम्मा भएर हेब्रोनमा दाऊदकहाँ आए। तिनीहरूले भने, “हामीहरू तपाईंकै हाड़नाता हौं।
2बितेका समयमा जब शाऊल अझै राजा नै थिए, तब तपाईंले नै इस्राएलको सेनालाई युद्धमा अगि बढ़ाउनुभयो। अनि परमप्रभु तपाईंका परमेश्वरले तपाईंलाई यसो भन्नुभयो, “तँ मेरा प्रजा इस्राएलको गोठालो हुनेछस्, तँ तिनीहरूका शासक हुनेछस्।”
3जब इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, तब त्यहीँ नै तिनले परमप्रभुको सामुन्ने तिनीहरूसित करार बाँधे। परमप्रभुले शमूएलको मुखद्वारा भन्नुभएझैँ तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे।
4दाऊद र सारा इस्राएल यरूशलेम, अर्थात् यबूसमा गए। त्यहाँ बस्ने यबूसीहरूले
5दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउन सक्नुहुनेछैन।” तापनि दाऊदले सियोनको किल्ला लिइहाले, जसलाई अहिले दाऊदको सहर भनिन्छ।
6दाऊदले भनेका थिए, “यबूसीहरूलाई आक्रमण गर्ने पहिलो मानिस एक सेनापति हुनेछ।” त्यहाँ उक्लने पहिलो मानिस सरूयाहका छोरा योआब भए। यसैले तिनी सेनापति भए।
7दाऊदले त्यस किल्लालाई नै आफ्नो निवासस्थान बनाए। यसैकारण मानिसहरूले त्यसलाई दाऊदको सहर भने।
8तिनले टेवा दिने गाराहरूबाट चारैतिरको पर्खालसम्म किल्लाको वरिपरि सहर बनाए, र योआबले चाहिँ बाँकी सहरको पुनर्निर्माण गरे।
9अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु तिनीसित हुनुहुन्थ्यो।
10दाऊदको सरकार गठन गर्नमा पूर्ण सहायता दिने, र जम्मै इस्राएलका साथ परमप्रभुले प्रतिज्ञा गर्नुभएझैँ तिनलाई राजा तुल्याउनमा मदत गर्ने दाऊदका वीर-वीर मानिसहरूमा प्रधानहरू यी नै हुन्:
11हक्मोनी याशोबाम अधिकृतहरूमाथि प्रमुख थिए। तिनले एक पल्ट तीन सय जनामाथि भाला चलाएर मारेका थिए।
12तिनीपछि अहोही दोदैका छोरा एलाजार, जो तीन वीरहरूमध्ये एक जना थिए।
13तिनी दाऊदसँग पास-दम्मीममा थिए, जहाँ जौको एउटा खेतमा पलिश्तीहरू युद्धको निम्ति भेला भएका थिए।
14मानिसहरू पलिश्तीहरूका सामुन्नेबाट भागे, तर तिनी र दाऊद मात्र त्यस खेतको बीचमा लड्दैरहे, र त्यस खेतलाई बचाएर तिनीहरूले पलिश्तीहरूलाई परास्त गरे। यसरी परमप्रभुले एक ठूलो विजय ल्याउनुभयो।
15ती तीस जना मुख्य मानिसहरूमध्ये तीन जना अदुल्लामको ओड़ारमा भएको पहरामा दाऊदसँग मिल्नलाई गएका थिए।
16त्यस बेला पलिश्तीहरू रपाईहरूको बेँसीमा छाउनी बनाएर बसेका थिए। दाऊदचाहिँ गढ़ीमा थिए, र पलिश्तीको फौज बेथलेहेममा थियो।
17दाऊद साह्रै तिर्खाए, र तिनले कराएर भने, “बेथलेहेमको मूल ढोकाको छेउमा भएको कूवाबाट पानी पिउन पाए त हुन्थ्यो!”
18यसैले ती तीन जना वीरहरू पलिश्तीहरूका पङ्क्तिबाट छिरिगएर बेथलेहेमको मूल ढोकाका छेउको कूवाबाट पानी उघाएर दाऊदकहाँ ल्याए। तर दाऊदले त्यो पिउन इन्कार गरे। बरु तिनले त्यो पानी परमप्रभुको अगि खन्याएर भने,
19“के मैले यी मानिसहरूको रगत पिउने? परमेश्वरले मलाई यस्तो काम गर्नबाट रोकून्! तिनीहरूले त यो पानी आफ्नो ज्यानको खतरामा ल्याएका हुन्! यसैले तिनले त्यो पिउन चाहेनन्।
20योआबका भाइ अबीशै ती तीन जनामाथिका प्रमुख थिए। एक पल्ट तिनले तीन सय जनामाथि भाला चलाएर तिनीहरूलाई मारे, र यसरी ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
21ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरेर तिनीहरूका कप्तान भए, तर तिनी ती तीन जनामध्ये गनिएनन्।
22यहोयादाका छोरा कब्सेलका बनायाह धेरै वीरताका काम गर्ने एक वीर योद्धा थिए। मोआबका दुई वीर लड़ाकू मानिसहरूलाई मार्ने तिनी नै थिए। हिउँ परेको दिन एउटा खाड़लभित्र पसेर तिनले एउटा सिंहलाई मारेका थिए।
23तिनले पाँच हात अल्गो एक मिश्री राक्षसलाई मारे, जसको भाला कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो। यिनी एउटा लाठो लिएर लड्न गए, र त्यस मिश्रीको हातबाट त्यसकै भाला खोसेर त्यही हतियारले तिनले त्यसलाई मारेका थिए।
24यहोयादाका छोरा बनायाहका वीरताका काम यस्तै थिए। ती तीन जनाजस्तै तिनी प्रसिद्ध भए।
25ती तीन जनाले भन्दा तिनले बढ़ी सम्मान प्राप्त गरे, तर तिनी ती तीन जनामध्ये गनिएनन्। दाऊदले तिनलाई आफ्ना अङ्गरक्षकहरूका मुखिया तुल्याए।
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47