1कीशका छोरा शाऊलको सामुन्ने दाऊदलाई आउन मनाही हुँदा सिक्लगमा यी निम्न लेखिएका मानिसहरू तिनीसँग मिल्न आए। यिनीहरू युद्धमा वीर-वीर लड़ाकू मानिसहरूमध्ये गनिएका थिए।
2यिनीहरू धनुर्धारी थिए, र दाहिने वा देब्रे हातले घुयेँत्रो चलाउन अथवा काँड़ हान्न सक्थे। यिनीहरू बेन्यामीनको कुलका शाऊलका कुटुम्बहरू थिए।
3तिनीहरूका प्रधान अहीएजेर र योआश, जो गिबियाती शेमाहका छोराहरू थिए, अज्मावेतका छोराहरू यजीएल र पलेत, बराकाह, अनातोती येहू,
4गिबोनी यिश्मायाह, जो ती तीसमध्येका एक वीर र तिनीहरूका प्रधान थिए।
5यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद, एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्याह,
6एल्काना, यिश्याह, अज्रेल, कोरहवंशी योएजेर र याशोबाम,
7गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए।
8गादका कुनै-कुनै मानिसहरू पनि उजाड़-स्थानमा भएको गढ़ीमा दाऊदसँग मिल्न आए। तिनीहरू वीर-वीर मानिसहरू र युद्धको निम्ति तयार भएकाहरू थिए, जसले ढाल बोक्न र भाला चलाउन सक्थे। तिनीहरू सिंहझैँ भयानक र पहाड़हरूमा चाहिँ हरिणझैँ तेजिला थिए।
9एसेर तिनीहरूका प्रधान थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
10
11
12
13
14यी गादीहरू सेनाका सेनापतिहरू थिए। तिनीहरूमध्येका सबैभन्दा साना एक सयको दाँजो गर्न सक्ने र सबैभन्दा ठूलाचाहिँ एक हजारको दाँजो गर्न सक्ने थिए।
15यिनीहरू ती नै मानिसहरू थिए, जसले पहिलो महिनामा जब यर्दन नदी त्यसका सबै किनारसम्म बढ़ेर भरिएको थियो तब यर्दन तरेर त्यसका पूर्व र पश्चिमका बेँसीहरूमा बस्ने सबै मानिसहरूलाई भगाएर धपाए।
16बेन्यामीन र यहूदाका कुनै-कुनै मानिसहरू पनि गढ़ीमा दाऊदकहाँ आए।
17दाऊद तिनीहरूलाई भेट्न बाहिर निस्केर भने, “यदि तिमीहरू मलाई सहायता गर्न शान्तिमा आएका हौ भने मतर्फ लाग, र म तिमीहरूलाई स्वागत गर्नेछु। तर यदि म कुनै हत्याको दोषी नहुँदै पनि तिमीहरू धोकाबाजी गरेर मलाई मेरा शत्रुहरूका हातमा दिन आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले यो हेरेर न्याय गरून्।”
18त्यसै बेलामा ती तीस जनामध्येका प्रधान अमासैलाई आत्माले प्रेरणा दिनुभयो, र तिनले यसो भने,
19जब दाऊद शाऊलको विरुद्ध पलिश्तीहरूसँग लागेर लड्नलाई गए, तब मनश्शेका कुनै-कुनै मानिसहरू दाऊदतर्फ लागे। यद्यपि वास्तवमा तिनी पलिश्तीहरूतर्फ लागेर लड़ाइँ त गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले आपसमा यस्तो सल्लाह गरेर तिनलाई फर्काइदिए, “तिनले त आफ्ना मालिक शाऊलको निम्ति हामीलाई त्याग्नेछन्, र यसले गर्दा हामीहरूले आफ्ना प्राण गुमाउनुपर्नेछ।”
20दाऊद सिक्लगमा हुँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू यी नै थिए: अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै। यिनीहरू मनश्शेका हरेक एक-एक हजारका सेनानीहरू थिए।
21यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनभने तिनीहरू सबै असल योद्धा थिए, र तिनीहरू दाऊदको फौजमा सेनापति थिए।
22दाऊदले एउटा ठूलो सेना तयार नगरुञ्जेल मानिसहरू दिनदिनै तिनलाई सहायता गर्न आए।
23परमप्रभुले भन्नुभएबमोजिम शाऊलको राज्याधिकार दाऊदलाई दिन हेब्रोनमा हतियारले सुसज्जित भएर दाऊदसँग मिल्न आएका दलहरूका संख्या यही हुन्:
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38यी सबै योद्धाहरू, लड़ाइँको निम्ति सुसज्जित मानिसहरू सारा इस्राएलमाथि दाऊदलाई राजा तुल्याउन दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए। बाँकी इस्राएलीहरूको पनि तिनलाई राजा तुल्याउने एउटै विचार थियो।
39तिनीहरू त्यहाँ खाँदै र पिउँदै तीन दिनसम्म दाऊदसँग बिताए, किनभने तिनीहरूका कुटुम्बहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेका थिए।
40तिनीहरूका चारैतिरका छिमेकीहरूले इस्साखार, जबूलून र नप्तालीसम्म टाढ़ाबाट गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा ल्याए। पीठो, नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेड़ाहरू धेरै संख्यामा थिए, किनभने इस्राएल आनन्दले भरिएको थियो।