1टुरोसका राजा हीरामले दाऊदकहाँ दूतहरू पठाए। उनले देवदारुका काठहरू र डकर्मी र सिकर्मीहरू तिनको निम्ति एउटा महल बनाउन पठाए।
2अब परमप्रभुले आफूलाई इस्राएलमाथि राजा तुल्याउनुभयो र उहाँको प्रजा इस्राएलको खातिर आफ्नो राजकीय शक्तिलाई उच्च पार्नुभयो भनी दाऊदलाई थाहा भयो।
3दाऊदले यरूशलेममा अझ धेरै विवाह गरे, र तिनका अरू धेरै छोराछोरीहरू भए।
4यरूशलेममा जन्मेका तिनका छोराछोरीहरूका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
5यिभार, एलीशूअ, एल्पेलेत,
6नोगह, नेपेग, यापी,
7एलीशामा, बेलीयादा र एलीपेलेत।
8दाऊद सारा इस्राएलमाथि राजा अभिषेक भए भनी जब पलिश्तीहरूले सुने, तब उनीहरू समस्त फौज लिएर तिनलाई खोज्न निस्के। यो सुनेर दाऊद उनीहरूको सामना गर्न गए।
9अब पलिश्तीहरूले आएर रपाईहरूको बेँसी लुटेका थिए।
10यसैकारण दाऊदले परमेश्वरलाई सोधे, “के म पलिश्तीहरूलाई आक्रमण गरूँ? के तपाईं उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुन्छ?”
11यसैले दाऊद र तिनका मानिसहरू उक्लिगए र उनीहरूलाई बाल-पराजीममा आक्रमण गरेर जिते। दाऊदले भने, “नदीले त्यसको किनार भत्काएझैँ परमेश्वरले मद्वारा मेरा शत्रुहरूको पङ्क्तिलाई भत्काइदिनुभयो।” यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम
12पलिश्तीहरूले त्यहाँ आफ्ना देवताहरू छोड़ेका थिए, र दाऊदले ती जलाइदिन भनी हुकुम दिए।
13पलिश्तीहरूले अर्को एक पल्ट बेँसीमा लूटपीट गरे।
14फेरि दाऊदले परमेश्वरसँग सोधे, र परमेश्वरले तिनलाई भन्नुभयो, “यस पल्ट तँ उनीहरूको पछिल्तिर जानुपर्छ। उनीहरूलाई आक्रमण नगरिकन घुमेर लहरे-पीपलका रूखहरूका सामुन्नेबाट उनीहरूमाथि जाइलाग्।
15त्यसपछि रूखहरूका टुप्पा-टुप्पामा हुरुरुरु आवाज आउने बित्तिकै उनीहरूसँग लड़ाइँ गर्, किनभने परमेश्वर तिमीहरूका अगिअगि पलिश्तीको सेनालाई प्रहार गर्न जानुहुनेछ।”
16परमेश्वरले आज्ञा गर्नुभएझैँ दाऊदले गरे, र तिनीहरूले पलिश्ती सेनालाई गिबोनदेखि गेजेरसम्मै प्रहार गरे।
17यसैले दाऊदको ख्याति हरेक देशमा फैलियो, र परमप्रभुले सबै जाति-जातिहरूमाथि तिनको डर हालिदिनुभयो।