1तिनीहरूले परमेश्वरको सन्दूक ल्याएर त्यसको निम्ति दाऊदले टाँगेको पालभित्र राखे, र तिनीहरूले परमप्रभुलाई होमबलि र मेलबलि चढ़ाए।
2जब दाऊदले यी बलिदानहरू चढ़ाइसके, तब तिनले परमप्रभुको नाउँमा मानिसहरूलाई आशीर्वाद दिए,
3र हरेक इस्राएली, पुरुष र स्त्रीलाई एउटा-एउटा रोटी, एक डल्लो खजूर र एक झुप्पा किशमिश खान दिए।
4परमप्रभुका सन्दूकको सामुन्ने सेवा गर्न, उहाँलाई अन्तर्बिन्ती र धन्यवाद चढ़ाउन र परमप्रभु इस्राएलका परमेश्वरको प्रशंसा र स्तुति गर्न दाऊदले कुनै-कुनै लेवीलाई नियुक्त गरे।
5तिनीहरूका मुखिया आसाप थिए, तिनीपछि दोस्रा जकरिया, र त्यसपछि सारङ्गी र वीणा बजाउने यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए। आसापले चाहिँ झ्याली बजाउँथे।
6अनि परमेश्वरका करारको सन्दूकको अगि निरन्तर तुरही बजाउन बनायाह र यहासेल पूजाहारीहरू नियुक्त भएका थिए।
7त्यस दिन आसाप र तिनका कुटुम्बहरूलाई परमप्रभुको निम्ति धन्यवाद चढ़ाउन दाऊदले पहिलो पल्ट नियुक्त गरे:
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37दाऊदले प्रतिदिनको कामअनुसार निरन्तरको सेवा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका कुटुम्बहरूलाई नियुक्त गरेर राखे।
38तिनले द्वारपालको काम गर्ने यदूतूनका छोरा ओबेद-एदोम र होसालाई र ओबेद-एदोमका अठसट्ठी कुटुम्बहरू आसापसँग सेवा गर्न खटाए।
39इस्राएलीहरूलाई परमप्रभुको सेवा गर्न व्यवस्थामा लेखिएबमोजिम बिहान र बेलुकी परमप्रभुको निम्ति होमबलि वेदीमा चढ़ाउन
40दाऊदले सादोक पूजाहारी र तिनका सङ्गीपूजाहारीहरूलाई गिबोनमा भएको पूजा गर्ने डाँड़ाको थानमा परमप्रभुको पवित्र वासस्थानको सामु रहनलाई खटाए।
41तिनीहरूसँगै हेमान र यदूतून र नाउँ-नाउँ गरी चुनिएका मानिसहरू परमप्रभुलाई धन्यवाद चढ़ाउन खटाइए, “किनभने उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।”
42पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउने जिम्मा हेमान र यदूतूनलाई दिइएको थियो। यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे।
43तब सबै मानिसहरू आ-आफ्नो घर फर्के, र दाऊदचाहिँ आफ्नो परिवारलाई आशीर्वाद दिन गए।