1आफ्नो महलमा बसेपछि दाऊदले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको घरमा बस्दैछु, तर परमप्रभुका करारको सन्दूकचाहिँ पालमा राखिएको छ।”
2नातानले दाऊदलाई जवाफ दिए, “तपाईंको मनमा जे छ त्यो गर्नुहोस्, किनकि परमेश्वर तपाईंसँग हुनुहुन्छ।”
3त्यही रात परमेश्वरको यो वचन नातानकहाँ आयो:
4“गएर मेरो दास दाऊदलाई यसो भन्, ‘परमप्रभु यसो भन्नुहुन्छ: तैंले मेरो लागि घर बनाउनेछैनस्।
5इस्राएललाई मिश्रदेशबाट ल्याएको दिनदेखि यसो आजको दिनसम्म म कहिल्यै घरमा बसेको छैनँ। म एउटा पालदेखि अर्को पालसम्म सर्दैबस्दैआएँ।
6जहाँ-जहाँ म इस्राएलसँग यात्रा गरें, के मैले मेरो निम्ति देवदारुको घर किन नबनाएको भनी तिनीहरूका अगुवासँग
7“यसैकारण मेरो दास दाऊदलाई भन्, “सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: मैले तँलाई खर्कहरूबाट र भेड़ाबाख्रा चराउनदेखि मेरो प्रजा इस्राएलको राजा हुनलाई चुनें।
8तँ जहाँ-जहाँ गइस् म तेरो साथमा भएँ, र तेरो बाटोदेखि तेरा शत्रुहरूलाई नष्ट पारें। अब म तँलाई पृथ्वीका महान् व्यक्तिहरूझैँ प्रसिद्ध तुल्याउनेछु।
9म मेरो प्रजा इस्राएलको निम्ति एउटा ठाउँ तोक्नेछु। त्यहीँ म तिनीहरूलाई बसाल्नेछु र तिनीहरू आफ्नै देशमा बस्नेछन्। तिनीहरूलाई अब उप्रान्त दु:ख दिइनेछैन।
10मैले पहिले-पहिले मेरो प्रजा इस्राएलमाथि न्यायकर्ताहरूलाई नियुक्त गरेको समयदेखि यसो उनीहरूले अघि सताएझैँ दुष्ट मानिसहरूले तिनीहरूलाई फेरि कहिल्यै सताउनेछैनन्। म तेरा सबै शत्रुहरूलाई तेरो वशमा तुल्याइदिनेछु।
11जब तेरो जीवन खतम हुनेछ, र तँ तेरा पित्रहरूसित मिल्न जानेछस्, तब तेरै घरानाको एक जनालाई तेरो पछि राज्य गर्न म नियुक्त गर्नेछु, र म त्यसको राज्य स्थिर गर्नेछु।
12त्यसैले मेरो लागि एउटा भवन बनाउनेछ, र त्यसको सिंहासन सदाको निम्ति स्थिर गर्नेछु।
13म त्यसका पिता हुनेछु र त्यो मेरो छोरो हुनेछ। मैले तेरो अघिको शासन गर्नेदेखि मेरो प्रेम फिर्ता लिएझैँ म त्यसदेखि चाहिँ मेरो प्रेम कहिल्यै फिर्ता लिनेछैनँ।
14म त्यसलाई मेरो भवन र मेरो राज्यमाथि सधैँको निम्ति राख्नेछु, र त्यसको सिंहासन सदासर्वदाको निम्ति स्थिर रहनेछ’।”
15तिनलाई भनेका र प्रकट गरिएका सबै कुरा नातानले दाऊदलाई वर्णन गरिदिए।
16तब दाऊद राजा परमप्रभुको उपस्थितिमा गए र तिनले भने,
17तापनि हे परमेश्वर, तपाईंको दृष्टिमा यो त अझ यथेष्ट छैन। तपाईंले आफ्नो प्रतिज्ञा आफ्नो दासको घरानामाथि दूर भविष्यसम्मलाई बढ़ाउनुभएको छ।
18“आफ्नो दासलाई दिएको मानको विषयमा दाऊदले तपाईंलाई अरू के भन्न सक्छ र? तपाईंले त आफ्नो दासलाई राम्ररी जान्नुभएकै छ।
19हे परमप्रभु, आफ्नो दासको खातिर र तपाईंको इच्छाअनुसार तपाईंले यी सबै महान् कार्यहरू गर्नुभएको छ, र यी महान् प्रतिज्ञाहरू थाहा दिनुभएको छ।
20“तपाईंजस्तै कोही छैन, हे परमप्रभु, तपाईंबाहेक अरू कोही ईश्वर छैन।
21र तपाईंको प्रजा इस्राएललाई चाहिँ कोसँग तुलना गर्न सकिन्छ र? दासत्वबाट मुक्त गरेर आफ्नो प्रजा बनाउनलाई परमेश्वर स्वयम् आउनुभएको पृथ्वीमा अरू कुनै जाति छ र? तपाईंले महान् र भयानक कार्यहरूद्वारा मिश्रदेशबाट मुक्त गर्नुभएको आफ्नो प्रजाको अगि जाति-जातिहरूलाई धपाएर आफ्नो निम्ति ख्याति राख्नुभएको छ।
22तपाईंले आफ्नो प्रजा इस्राएललाई सदासर्वदाको निम्ति आफ्नो बनाउनुभएको छ। तपाईं, हे परमप्रभु, तिनीहरूका परमेश्वर हुनुभएको छ।
23“अब हे परमप्रभु, आफ्नो दास र त्यसको घरानाको निम्ति तपाईंले जे प्रतिज्ञा गर्नुभएको छ त्यो सब समयको लागि स्थिर रहोस्। तपाईंले जे भन्नुभएको छ, त्यो पूरा गर्नुहोस्,
24ताकि तपाईंको ख्याति सदासर्वदाको निम्ति महान् हुनलाई त्यो स्थिर रहोस्, र मानिसहरूले यसो भनून्, ‘सर्वशक्तिमान् परमप्रभु इस्राएलमाथिका परमेश्वर इस्राएलकै परमेश्वर हुनुहुन्छ!’ अनि तपाईंको दास दाऊदको घराना तपाईंको सामु स्थिर हुनेछ।
25“तपाईं मेरा परमेश्वरले आफ्नो दासको घर बनाउनलाई आफ्नो अभिप्राय मलाई प्रकट गर्नुभएको छ। यसैकारण तपाईंको दासले तपाईंको सामु प्रार्थना चढ़ाउन आँटेको छ।
26हे परमप्रभु, तपाईं नै परमेश्वर हुनुहुन्छ। तपाईंले आफ्नो दाससित यी उच्च प्रतिज्ञाहरू गर्नुभएको छ।
27त्यो सधैँ तपाईंको सामु रहिरहोस् भनी आफ्नो दासको घरानालाई आशिष् दिनु तपाईंलाई इच्छा भयो। किनकि तपाईंले नै त्यसलाई आशिष् दिनुभएको छ, र त्यो सदासर्वदै आशिषित हुनेछ।”