१ इतिहास 2:1-55 NNRV2012 - Bible AI

1इस्राएलका छोराहरू: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

2दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर।

3यहूदाका छोराहरू: एर्, ओनान र शेलह। यी तीन जनाकी आमाचाहिँ कनानी स्‍त्री शूआ थिइन्‌। यहूदाका जेठा छोरा एर्‌ले परमप्रभुलाई अप्रसन्‍न गराएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो।

4तब यहूदाकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌। यहूदाका जम्‍मा छोराहरू पाँच जना भए।

5फारेसका छोराहरू: हेस्रोन र हामूल।

6जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा— सबै जम्‍मा पाँच जना थिए।

7कर्मीका छोरा: आकान, जसले अर्पण गरिएको थोक लिने मनाहीलाई नटेरेर इस्राएलमाथि कष्‍ट ल्‍याए।

8एतानका छोरा: अजर्याह।

9हेस्रोनका छोराहरू: यरहमेल, राम र कालेब।

10रामचाहिँ अम्‍मीनादाबका पिता थिए, र अम्‍मीनादाब नहशोनका पिता थिए, जो यहूदाका एक अगुवा थिए।

11नहशोन सल्‍मोनका पिता थिए, र सल्‍मोन बोअजका पिता थिए।

12बोअज ओबेदका पिता थिए, र ओबेद यिशैका पिता थिए।

13यिशैचाहिँ जेठा छोरा एलीआब, माहिला अबीनादाब, साहिँला शिमेअ,

14काहिँला नतनेल, अन्‍तरे राद्दै,

15जन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता थिए।

16तिनका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू अबीशै, योआब र असाहेल थिए।

17अबीगेल अमासाकी आमा थिइन्, जसका पिता इश्‍माएली येतेर थिए।

18हेस्रोनका छोरा कालेबकी आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीहरू भए। तिनका छोराहरू यी नै थिए: येशेर, शोबाब र अर्दोन।

19जब अजूबा मरिन्, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌।

20हूरचाहिँ ऊरीका पिता थिए, र ऊरी बजलेलका पिता थिए।

21पछि जब हेस्रोन साठी वर्ष पुगेका थिए, तब गिलादका पिता माकीरकी छोरीसित तिनले विवाह गरे र तिनीसित तिनको सहवास भयो, र तिनले सगूबलाई जन्‍माइन्‌।

22सगूब याईरका पिता थिए। याईरले गिलादका तेईस वटा सहर कब्‍जा गरे।

23(तर गशूर र अरामले तिनीहरूबाट हब्‍बात-याईर र केनात, त्‍यसका बस्‍तीहरूसमेत जम्‍मा साठी वटा सहर कब्‍जा गरे।) यिनीहरू सबै गिलादका पिता माकीरका सन्‍तान थिए।

24हेस्रोन कालेब-एप्रातामा मरेपछि हेस्रोनकी पत्‍नी अबियाले तिनको निम्‍ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए।

25हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, बूना, ओरेन, ओसेम र अहियाह।

26यरहमेलकी अर्की एउटी पत्‍नी थिइन्, जसको नाउँ अतारा थियो। तिनीचाहिँ ओनामकी आमा थिइन्‌।

27यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर।

28ओनामका छोराहरू: शम्‍मै र यादा। शम्‍मैका छोराहरू: नादाब र अबीशूर।

29अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो: जसले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌।

30नादाबका छोराहरू: सेलेद र अप्‍पेम। सेलेद निस्‍सन्‍तान भएर मरे।

31अप्‍पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए।

32शम्‍मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेर निस्‍सन्‍तान भएर मरे।

33जोनाथनका छोराहरू: पेलेथ र जाजा। यरहमेलका सन्‍तान यी नै थिए।

34शेशानका छोरीहरू मात्र थिए, तर छोराहरू थिएनन्‌। तिनको यरहा नाउँको एउटा मिश्री दास थियो।

35यही दास यरहासित शेशानले आफ्‍नी छोरीलाई विवाह गरिदिए, र तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌।

36अत्तै नातानका पिता, नातान जाबादका पिता,

37जाबाद एपलालका पिता, एपलाल ओबेदका पिता,

38ओबेद येहूका पिता, येहू अजर्याहका पिता,

39अजर्याह हेलेसका पिता,

39हेलेस एलासाका पिता,

40एलासा सिस्‍मैका पिता, सिस्‍मै शल्‍लूमका पिता,

41शल्‍लूम यकम्‍याहका पिता, यकम्‍याह एलीशामाका पिता थिए।

42यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए, र उनका छोरा मारेशा, जो हेब्रोनका पिता थिए।

43हेब्रोनका छोराहरू: कोरह, तप्‍पूह, रेकेम र शेमा।

44शेमाचाहिँ रहमका पिता थिए, र रहम योर्कामका पिता थिए। रेकेम शम्‍मैका पिता थिए।

45शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए।

46कालेबकी उपपत्‍नी एपाचाहिँ हारान, मोस र गाजेजकी आमा थिइन्‌। हारान गाजेजका पिता थिए।

47यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पलेत, एपा र शाप।

48कालेबकी उपपत्‍नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्‌।

49तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌। कालेबकी छोरी अक्‍सा थिइन्‌।

50कालेबका सन्‍तान यी नै थिए: एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल,

51बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप।

52किर्यत-यारीमका पिता शोबालका सन्‍तान: हारोए, मानहतीहरूका आधा, र

53किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू। यिनीहरूबाट सोराती र एश्‍तोलीहरूका सन्‍तान भए।

54सल्‍माका सन्‍तान: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू, अनि

55याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू: तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू। यिनीहरू ती केनीहरू हुन्, जो रेकाबको घरानाका पिता हम्‍मतबाट आए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>