1बसन्त ऋतु लाग्दा जब राजाहरू लड़ाइँ गर्न जान्थे, तब योआबले सेना लिएर अम्मोनीहरूको देशलाई उजाड़ पारे, र रब्बा सहरमा गएर त्यसलाई घेरा हाले। तर दाऊदचाहिँ यरूशलेममा नै रहे। योआबले त्यस सहरलाई ध्वंस गरेर धूलोपीठो पारे।
2दाऊदले उनीहरूका राजाको शिरबाट शिरपेच लगे। त्यसको तौल सुनको एक तोड़ा
3तिनले त्यहाँका बासिन्दाहरूलाई आरा र फलामका अरू हतियारहरू र बन्चराहरूले काम गर्न लाए। दाऊदले अम्मोनीहरूका सबै सहरमा यसरी नै गरे। त्यसपछि तिनी र तिनका सबै मानिसहरू यरूशलेममा फर्के।
4यसको केही समयपछि गेजेरमा पलिश्तीहरूसँग लड़ाइँ भयो। त्यसै बेला हूशाती सिब्बकैले रपाईहरूका एक सन्तान सिप्पैलाई मारे, र पलिश्तीहरू परास्त भए।
5पलिश्तीहरूसँगको अर्को एउटा युद्धमा याईरका छोरा एल्हानानले गित्तीको गोल्यतको भाइ लहमीलाई मारे, जसको भालाको बीँड़ कपड़ा बुन्ने जुलाहाको डन्डा जत्रो थियो।
6गातमा भएको अर्को युद्धमा दुवै हात र खुट्टामा छ-छ औँला, जम्मा चौबीस औँला भएको एउटा राक्षस देखा पर्यो। त्यो पनि रफाको सन्तान थियो।
7जब त्यसले इस्राएललाई निन्दा गर्यो, तब दाऊदका दाजु शिमेअका छोरा जोनाथनले त्यसलाई मारे।
8यी राक्षसहरू गातमा रफाका सन्तानहरू थिए। तिनीहरू सबै दाऊद र तिनका मानिसहरूका हातबाट मारिए।