1जब दाऊद वृद्ध र धेरै उमेरका भए, तब तिनले आफ्ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए।
2तिनले इस्राएलका सबै कुलनायक, पूजाहारीहरू र लेवीहरूलाई भेला गराए।
3लेवीहरूमध्ये तीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू गनिए। तिनीहरूका पुरुषहरू सबै जम्मा अठतीस हजार थिए।
4तिनीहरूमध्येका चौबीस हजारचाहिँ परमप्रभुका मन्दिरको कामको रेखदेख गर्न, छ हजार अधिकृत र न्यायकर्ताहरू,
5चार हजार द्वारपालहरू, र चार हजारचाहिँ दाऊदले दिएका बाजा बजाएर परमप्रभुको स्तुतिगान गर्न तिनले खटाइदिए।
6दाऊदले तिनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम भाग-भाग गरी विभाजन गरे।
7
8
9
10
11
12
13अम्रामका छोराहरू:
14
15
16
17
18
19
20
21
22
23
24सूचीमा परिवार-परिवारअनुसार लेखिएका लेवीका सन्तान, आ-आफ्ना परिवारका मुखियाहरू, बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरकाहरू जसले परमप्रभुको मन्दिरमा सेवा गर्थे, तिनीहरू यस्तै थिए।
25किनभने दाऊदले भनेका थिए, “परमप्रभु इस्राएलका परमेश्वरले आफ्नो प्रजालाई शान्ति दिनुभएको छ, र यरूशलेममा सदासर्वदा उहाँ वास गर्न आउनुभएको छ।
26यसैकारण लेवीहरूले फेरि कहिल्यै पवित्र वासस्थान अथवा त्यसको सेवामा प्रयोग गरिने भाँड़ाहरू बोक्नुपर्नेछैन।”
27दाऊदका यी नै पछिल्ला वचनद्वारा बीस वर्ष र त्यसभन्दा बढ़ी उमेरका लेवीहरू गनिए।
28लेवीहरूको काम परमप्रभुका मन्दिरको सेवामा हारूनका सन्तानहरूलाई सघाउनु थियो। चोक र कोठाहरूको रेखदेख गर्नु, सबै पवित्र थोकहरू शुद्ध पार्नु, परमेश्वरका भवनको सेवाको अरू काम गर्नु,
29अनि टेबिलमा राखिएको रोटी मिलाउनु, अन्नबलिको पीठो, अखमिरी बाबर, पोलेका र तेलमा पकाएका फुरौला र ढक र तराजू तयार गर्नु— यी सबै कामको जिम्मा तिनीहरूको थियो।
30परमप्रभुलाई सधैँ बिहान र बेलुका, अनि शबाथ, औंसी र ठहराइएका चाड़हरूमा परमप्रभुको निम्ति होमबलि चढ़ाउने बेलामा
31तिनीहरू धन्यवाद दिने र स्तुति गर्ने काममा विधिपूर्वक र निरन्तर लागिरहनुपर्थ्यो।
32यसरी लेवीहरूले भेट हुने पाल र पवित्रस्थानको जिम्मा, अनि तिनीहरूका कुटुम्ब हारूनका सन्तानहरूको अधिकारमुनि परमप्रभुका मन्दिरको सेवाको जिम्मा लिनुपर्थ्यो।