1हारूनका छोराहरूका विभाजन: हारूनका छोराहरू नादाब, अबीहू, एलाजार र ईतामार थिए।
2तर नादाब र अबीहूचाहिँ तिनीहरूका पिताको मृत्युअघि नै कोही छोराहरू नजन्मीकनै मरे। यसैकारण एलाजार र ईतामारले पूजाहारीहरूको काम गर्थे।
3दाऊदले एलाजारका सन्तान सादोक र ईतामारका सन्तान अहीमेलेकको परामर्श लिएर तिनीहरूका पूजाहारीहरूका आ-आफ्नो जिम्मेवारीअनुसार काम गर्नलाई दल बनाइदिए।
4तिनीहरूका घरानाका मुख्य पुरुषहरू ईतामारको भन्दा एलाजारको ज्यादा भेट्टाइए। त्यसकारण एलाजारका सन्तानबाट परिवारका सोह्र जना मुखिया र ईतामारका सन्तानबाट परिवारका आठ जना मुखियाहरू आ-आफ्नो दलमा बाँधिए।
5तिनले तिनीहरूका बीचमा चिट्ठा हालेर विनापक्षपात दलहरू बनाए, किनकि एलाजार र ईतामार दुवैका सन्तानमध्ये पवित्रस्थानका अधिकारीहरू र परमेश्वरका अधिकारीहरू थिए।
6नतनेलका छोरा शमायाह, जो एक लेवी र शास्त्री पनि थिए, तिनले राजा र अधिकारीहरूका सामुन्ने पूजाहारीहरूका नाउँ लेखे: सादोक पूजाहारी र अबियाथारका छोरा अहीमेलेक र पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू, अर्थात् एलाजारका सन्तानबाट र ईतामारका सन्तानबाट पालोपालो एकएक परिवारको नाउँ तिनले लेखे।
7
8
9
10
11
12
13
14
15
16
17
18
19तिनीहरूका पुर्खा हारूनले यो आदेश परमप्रभु इस्राएलका परमेश्वरबाट पाएका थिए। तिनले तोकेको यो विधिअनुसार जब तिनीहरू परमप्रभुको मन्दिरमा आफ्नो सेवाको काम गर्न जान्थे, तब तिनीहरूको सिलसिला यही थियो।
20
21
22
23
24
25
26
27
28
29
30
31राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्थितिमा आफ्ना कुटुम्ब हारूनका सन्तानहरूले गरेझैँ यिनीहरूले पनि चिट्ठा हाले।