१ इतिहास 25:1-31 NNRV2012 - Bible AI

1दाऊद र तिनका सेनापतिहरूले आसापका छोराहरू, हेमानका छोराहरू र यदूतूनका छोराहरूमध्‍ये कसैलाई वीणा, सारङ्गी र झ्‍यालीहरूका साथमा अगमवाणी कहने काममा खटाइदिए। यिनीहरूको सूची यस प्रकार थियो:

2आसापका छोराहरूबाट: जक्‍कूर, योसेफ, नतन्‍याह र असरेला। राजाका अधीनमा अगमवाणी बोल्‍ने आसापको अधीनमा यिनीहरू थिए।

3यदूतूनका छोराहरूबाट: गदल्‍याह, सेरी, यशयाह, शिमी, हशब्‍याह र मत्तित्‍याह। यी छ जना आफ्‍ना पिता यदूतूनका अधीनमा थिए, जसले वीणाको साथमा परमप्रभुलाई धन्‍यवाद र स्‍तुति गर्दै अगमवाणी बोल्‍थे।

4हेमानका छोराहरूबाट: बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत।

5यी सबै राजाका दर्शी हेमानका छोराहरू थिए। यिनीहरू तिनलाई उच्‍च पार्नका निम्‍ति परमेश्‍वरको प्रतिज्ञाहरूद्वारा दिइएका थिए। परमेश्‍वरले हेमानलाई चौध छोरा र तीन छोरी दिनुभयो।

6तिनीहरू सबै परमप्रभुको मन्‍दिरमा आफ्‍ना पिताहरूको अधीनमा सेवा गर्थे। तिनीहरू झ्‍याली, सारङ्गी र वीणाद्वारा परमप्रभुका भवनको सेवामा भाग लिन्‍थे। आसाप, यदूतून र हेमानचाहिँ राजाको अधीनमा थिए।

7तिनीहरूका कुटुम्‍बहरूका साथमा सङ्गीतकारहरूको संख्‍या २८८ थियो।

8जवान र बूढ़ा, गाउनमा निपुण र सिकारु दुवैले तिनीहरूका कामको निम्‍ति चिट्ठा हाल्‍थे।

9पहिलो चिट्ठा, जो आसापको निम्‍ति थियो, योसेफ र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा पर्‍यो— १२ जना। दोस्रो चिट्ठा गदल्‍याह र तिनका छोराहरू र दाजुभाइहरूको नाउँमा— १२ जना।

10तेस्रो चिट्ठा जक्‍कूर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

11चौथो यिस्री [1] र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

12पाँचौँ नतन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

13छैटौँ बुक्‍कियाहको र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

14सातौँ यसरेला [2] र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

15आठौँ यशयाह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

16नवौँ मत्तन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

17दशौँ शिमी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

18एघारौँ अज्रेल [3] र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

19बाह्रौँ हशब्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

20तेह्रौँ शूबाएल र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

21चौधौँ मत्तित्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

22पन्‍ध्रौँ यरीमोत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

23सोह्रौँ हनन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

24सत्रौँ योश्‍बाकाशा र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

25अठारौँ हनानी र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

26उन्‍नाईसौँ मल्‍लोती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

27बीसौँ एलीआता र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

28एक्‍काईसौँ होतीर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

29बाईसौँ गिद्दलती र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

30तेईसौँ महजीओत र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

31चौबीसौँ रोममती-एजेर र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।