१ इतिहास 3:1-24 NNRV2012 - Bible AI

1हेब्रोनमा जन्‍मेका दाऊदका छोराहरू यी नै हुन्‌: जेठा छोरा अमनोन, जसकी आमा यिजरेलकी अहीनोम थिइन्, माहिला दानिएल, जसकी आमा कर्मेलकी अबीगेल थिइन्,

2साहिँला अब्‍शालोम, जसकी आमा गशूरका राजा तल्‍मैकी छोरी माका थिइन्, काहिँला अदोनियाह, जसकी आमा हग्‍गीत थिइन्,

3अन्‍तरे शपत्‍याह, जसकी आमा अबीतल थिइन्, अनि कान्‍छा यित्राम, जसकी आमा दाऊदकी पत्‍नी एग्‍ला थिइन्‌।

4यी छ जनाचाहिँ दाऊदको लागि हेब्रोनमा जन्‍मेका थिए। त्‍यहाँ दाऊदले सात वर्ष छ महिना राज्‍य गरे।

4यरूशलेममा दाऊदले तेत्तीस वर्ष राज्‍य गरे।

5त्‍यहाँ यी छोराछोरीहरू जन्‍मे:

5शम्‍मूअ, शोबाब, नातान र सोलोमन। यी चार जना अम्‍मीएलकी छोरी बतशेबाबाट जन्‍मेका थिए।

6अरू नौ जनाचाहिँ यिभार, एलीशूअ, एलीपेलेत,

7नोगह, नेपेग, यापी,

8एलीशामा, एल्‍यादा र एलीपेलेत थिए।

9उपपत्‍नीहरूका छोराहरूबाहेक यी सबै दाऊदका छोराहरू थिए। र तामार तिनीहरूकी बहिनी थिइन्‌।

10सोलोमनका छोरा रहबाम थिए, जसका छोरा अबिया, जसका छोरा आसा, जसका छोरा यहोशापात,

11जसका छोरा यहोराम, जसका छोरा योआश,

11जसका छोरा अहज्‍याह,

12जसका छोरा अमस्‍याह, जसका छोरा अजर्याह, जसका छोरा योताम,

13जसका छोरा आहाज, जसका छोरा हिजकिया, जसका छोरा मनश्‍शे,

14जसका छोरा अमोन, जसका छोरा योशियाह थिए।

15योशियाहका छोराहरू: जेठा छोरा योहानान, माहिला यहोयाकीम, साहिँला सिदकियाह, र कान्‍छा शल्‍लूम थिए।

16यहोयाकीमका छोराहरू यहोयाकीन र सिदकियाह थिए।

17कैदमा लगिएका यहोयाकीनका छोराहरू: आफ्‍ना छोरा शालतिएल,

18मल्‍कीराम, पदायाह, शेनस्‍सर, यकम्‍याह, होशामा र नदब्‍याह।

19पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्‍लाम र हनन्‍याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्‌।

20अरू पाँच जना पनि थिए: हशूबा, ओहेल, बेरेक्‍याह, हसदयाह र यूशप-हेसेद।

21हनन्‍याहका सन्‍तान: पलत्‍याह र यशयाह, अनि रपायाह, अर्नान, ओबदिया र शकन्‍याहका छोराहरू।

22शकन्‍याहका सन्‍तान: शमायाह र तिनका छोराहरू:

22हत्तूश, यिगाल, बारीह, नार्याह र शाफात— जम्‍मा छ जना।

23नार्याहका छोराहरू: एल्‍योएनै, हिस्‍कियाह र अज्रीकाम— जम्‍मा तीन जना।

24एल्‍यहोएनैका छोराहरू: होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी— जम्‍मा सात जना।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>